|
रमाईलो साँझ २०६४
कार्यक्रममा भाग लिन यूएइ आएका गायक सविन
राइ
केही
दिनको कठिन यूएइ
बसाइ
पछि नेपाल
फर्कन
सफल भएका
छन् । गत मार्च १९ तारिक नेपाल फर्कन बेलामा शारजाह
एयरपोर्टमा पुलिसको फन्दामा परेका र्राई कार्यक्रम आयोजकहरु,
नेपाली
राजदूतावास र
अन्य
नेपालीहरुको सहयोगमा नेपाल फर्केका छन् । पाठकवृन्दहरु दोविधामा नपरुन् भन्ने
हेतुले
नेपाल फर्किसकेपछि सविन आफूले भोगेका तिता मिठा कुराहरुलाई लेखी खुलस्त
पारिदिएका
छन् । सविनले लेखेका शब्दहरुलाई हामीले जस्ताको तस्तै यहाँ उतारेका छौं
।
र्सवप्रथम
म मेरो कार्यक्रम आयोजक निशा गुरुङ्ग,
सैलेन्द्र
दाइ,
सुमन दाइ,
जित दाइ
अनि मञ्जील दाइहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । सायद यो पनि कम हुन्छ
कि
।.....अनि नेपाली राजदूतावासलाई पनि मुरी मुरी धन्यवाद मेरो समस्यालाई
प्राथमिकता दिनुभएकोमा । मेरा शुभचिन्तकहरुसँग त म अति नै आभारी छु ।
मेरो
दुवई जाने
पक्का भयो १३ तारिखको काठमाण्डौबाट उडान थियो । १५ र १६ तारिखमा यूएइमा
कार्यक्रम
थियो । कार्यक्रम अति सफलताका साथ सकियो । अनि केही दिन घुम्ने समय
मिल्यो ।
वास्तवमा त्यसदिन दूतावासले हामी सबै कलाकारलाई लञ्चको लागि निम्तो गरेको
थियो तर म
र एडि्रन दाइ चाहिँ घुम्ने मोडमा थियौँ । फेरि मलाई आफूले ६ बर्षअगाडि
झण्डै ३
बर्षकाम गरी सकेको ठाउँ र सहकर्मीहरुसँग भेट्ने ठूलो इच्छा पनि थियो तर
त्यही
इच्छा गर्नु मैले भुल गरेछु जस्तो लाग्यो । त्यो कम्पनिमा साथीहरुलाई भेट्न
गएँ र
सबैलाई भेटेँ विश्वास नै नलाग्ने त्यो बेला मेरो लागि साँच्चिकै महत्वपूर्ण
थियो ।
धेरै अर्थले र नभेटेका म्यानेजरहरुलाई मैले धेरै धेरै सम्झेको र भेट्नर्
इच्छा
गरेको भनि सुनाइदिनु है .......... भनेर सहकर्मीहरुलाई भनिदिएँ,
त्यही आदर
गरी
सम्मान गर्नु मेरो दोश्रो भुल रहेछ मलाई पत्तो नै भएन ।
१९
मार्चको
बिहान ११।
१५ को उडान थियो । शारजाह एयरपोर्टबाट उडान भएको हुनाले हामी शारजाहमा
गयौं । म
चाहिँ भित्र टिकट काउन्टर बन्द नगर्नु अरु पनि आउँदै छन् भन्नलाई पसिहालेँ
। टिकट
चेक गरिसकेपछि म बिस्तारर्ैर् इमिग्रेशन चेक गर्ने स्थानमा पुगेँ । म अगाडि
थिएँ,
मेरो
पछाडि राजेश दाई अनि एडि्रन दाई क्रमश यसरी नै उभिएका थियौँ । पासपोर्ट
दिएँ तर
निकै बेर अलमल गर्योर् इमिग्रेशन अफिसरले । मेरा पछाडि साथीहरुको क्लियर
भईसक्यो म
पछाडि छुट्दै गएँ । एकछिन पछि एयरपोर्ट पुलिसले मेरो पासपोर्ट लिएर आएर
मलाई
एकैचोटी तिमी जान सक्दैनौ,
तिमी जेल
जानु पर्दछ भनेर भन्यो । एक छिन त
जिस्केको
जस्तो पनि लाग्यो । निधारमा चिट्ट चिट्ट पसिना आउँन थाल्यो । मैले मेरो
भुल के छ
भनि सोधें । पहिलाको कम्पनिसँग तेरो के भएको,
तेरो नाम
ब्ल्याक लिस्टमा छ
भन्यो ।
त्यहाँदेखि त मलाई बोल्नै दिएन । थाहा पाईहालें
,
त्यहीँ म्यानेजर
कसैले
हेड
अफिसमा खवर गरिदिएछ भनेर,
किन कि
ब्ल्याक लिस्ट भएको भए भिषा नपाउनु पर्ने,
एयरपोर्टर् इन हुँदा रोक्नु पर्ने,
किन
निस्किँदा समात्यो - त्यसपछि मलाई यएरपोर्ट
भित्रकै
एउटा कोठामा लक गरिदियो । त्यहीँबाट शूरु भयो चिन्ता अब के हुन्छ भन्ने ।
यसै बीच
मैले कार्यक्रम आयोजक र नेपाली राजदूतावासमा खवर दिएँ । एयरपोर्टभित्रै काम
गर्ने एक
जना नेपाली साथीले धेरै सहयोग गरे त्यस बर्साई क्रममा ।
भोलिपल्ट
मलाई
शारजाह सुधार केन्द्रमा लग्यो । इमिग्रेशन को समस्या भएकाहरु थुप्रै थिए,
त्यस
भिडमा दुइ
जना नेपाली पनि थिए । मलाई नियमहरु बेला बेलामा सम्झाईन्थ्यो,
त्यहाँका
साथीहरु
प्नि मिलनसार रहेछन् । उनीहरु २ महिना भईसक्यो त्यहाँ बसेको भन्थे,
मनोबल
अझै उच्च
थियो,
हैरान लाग्यो ।
दोश्रो दिन दूतावासका मान्छेहरुसँग मेरो कार्यक्रम
आयोजक
मलाई भेट्न आउनु भयो । मलाई एकछिन चाहिँ धेरै आनन्द लाग्यो,
भरोसा
लाग्यो
केही
छिट्टै हुन्छ भनेर । मलाई अब अल ऐन भन्ने ठाउँमा लाने नै भए
,
कारण मेरो
पुरानो
भिषा त्यहीँको थियो । तेश्रो दिन अल ऐन लाने क्रममा अबुधावी सुधार गृहमा
लग्यो ।
पहिलो अनुभव,
थाहा छैन केही,
त्यहाँ
अबुधावी पुलीसमा नेपाली दाजुभाइहरु
हुनुहुँदो
रहेछ । उहाँहरुबाट धेरै सहयोग पाएँ । त्यहाँ पनि एक जना नेपाली भेटाएँ
सयौँको
भिडमा । तेश्रो दिन फेरि त्यहाँबाट अल ऐन सुधार केन्द्रमा पुर्यायो । अल
ऐनको
पुरानो भिषा थियो,
क्यान्सिल
गर्न त्यहीँ जानु पर्दो रहेछ । कार्यक्रम
आयोजकलाई
सर्म्पर्क गर्ने मेरो कुनै ठाउँ नै थिएन । तर भाग्यवस कसो कसो फोन गर्ने
मौका पाएँ
। लगत्तै कार्यक्रम आयोजक र दूतावासका मान्छेहरु म भएको ठाउँमा आईपुगे ।
अनि
इमिग्रेशन अफिसरसँग अनुरोध गरेर बल्ल बल्ल एकदिनको लागि मलाई छोड्ने भयो,
तर
भोलि
बिहान उपस्थित हुने र्सतमा ।
भोलिपल्ट
बिहान हामीसँगै गयौँ र अफिसरलाई
अनुरोध
गर्न थाल्यौं छाड्नलाई । अनुरोध खेर चाहिँ गएन तर सबै खुल्ला पनि गरी दिएन ।
कमसेकम
अलिकति सजिलो चाहिँ बनाईदियो । अफिसरले अल ऐनको नियम पन्छाएर मलाई दुवई
एयरपोर्टबाट यूएइ छाड्न सल्लाह दिनु भयो नत्र नियम अनुसार अझै केही दिन राखेर
अल ऐन
पुलिसले
नै एयरपोर्टसम्म पुर्याउँदो रहेछ । भाग्यले नै मलाई त्यो अफिसरले त्यती छुट
दिनु भयो
। तर पनि ५०/५० चान्स मा छिर्नु पर्ने बताउनु भयो किनकी ब्ल्याक लिस्ट
हटाएको
थिएन । म यूएइ छाडेपछि मात्र ब्ल्याक लिस्ट हटाइदिने भएको थियो । खुशी
लाग्यो तर
डर पनि अझै थियो । उडान २८ मार्चको थियो । कार्यक्रम आयोजकहरु सबै मलाई
एयरपोर्टसम्म छोड्न आएका थिए । विदा वारी गर्न थाले तर ध्यान चाहि
इमिग्रेशनमा नै थियो के होला भनेर ।
मलाई
निशाजीले इमिग्रेशनमा डिक्स सम्म छाड्न आउनु भयो डर लाग्दै पासपोर्ट दिएँ तर
अचम्म
केही नसोधी भित्र जान दियो । खुशीको सीमा थिएन तर आफैँलाई सम्हालेँ
।
कार्यक्रम
आयोजक टिमलाई,
नेपाली
दूतावासलाई जति पनि अरुले मलाई सहयोग
गर्नु
भएको छ र जस जसले मेरो कारणले दुःख पाउनु भयो उहाँहरुलाई फेरि पनि धन्यवाद
दिदै म
मेरो तर्फाट क्षमा माग्न चाहन्छु ।
मेरो
गल्ति भनेको १९९९ मा पिजा हट
मा काम
गर्थें । २००१ मा छुट्टीमा घर आएँ तर फर्केर गईन । भिषा क्यान्सिल नगरी आएको
थिएँ,
नियम
अनुसार नफर्किने हो भने क्यान्सिल गरेर फर्किनु पर्ने रहेछ मलाई थाहा
भएन ।
अन्य यूएइमा रहने नेपाली
दाजुभाइहरुलाई पनि यो सुझाव दिन चाहन्छु कि यदि
तपाईँहरु
यूएइ नर्फकने तरिकाले नेपाल आउँदै हुनुहुन्छ भने कृपया यूएइको भिषा
क्यान्सिल
गरेर मात्र आउनु होला नत्र मैले भोगेको दुःख तपाईहरु पनि भोग्नु पर्ला ।
पप गायक
सविन
राइ
नेपाल
|