|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 23 April 2007
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
यू.ए.इको अबुधावीमा एक नेपालीको मृत्यू |
||
| नेकका लागि खेमनाथ पौडेल, यूएई - 23/04/2007 | ||
गत अप्रिल १२, २००७ मा यू.ए.इको अबुधावी मुसफाह क्षेत्र नजिकै सडक दुर्घटनामा परी एक नेपालीको मृत्यू भएको छ ।
गत ३ बर्ष पहिला परिवारको सुनौलो भविश्यको लागि यू.ए.इ छिरेका सर्लाही घर भएका सिंग बहादुर गोले परिवारको सपनालाई अपुरो बनाउदै यस संसारबाट विदा भए । अप्रिल १२ २००७ का दिन राती ८ बजे आफ्नो बस्ने स्थान मुसफाहबाट साईकल लिई साथीहरुलाई भेट्न जाने सिलसिलामा बाटो क्रस गर्ने क्रममा गाडीको ठक्करबाट घटना स्थलमानै निज गोलेको मृत्यू भएको थियो तर कोठामा बस्ने साथीहरु र अन्य साथीहरुले अबेर सम्म पनि कोठामा नफर्किए पछि खोज तलास गर्ने क्रममा अबुधावी नेपाली ख्रीष्टीएन मण्डलीका अगुवा युवराज राईलाई सम्पर्क गरे । तिन दिन सम्म कुनै पत्तो लागेन र बाध्य भई राईको सक्रृयतामा अप्रिल १५ का दिन पुलिसमा फोटो सहित रिपोर्ट हाली गोलेको खोजीकार्य गर्न अनुरोध गर्दा पुलीसले यो ब्यक्ति त सडक दुर्घटनामा परी मृत्यू भएको र अहिले उक्त ब्यक्तिको शव मफ्रक हस्पिटलमा छ भनि बताएको थियो ।
त्यसपछि निज गोलेले काम गर्ने अल्फा इन्जिनियरिङ्ग कन्ट्रक्सन कम्पनीमा सम्वन्धित ब्यक्तिलाई नेपाली समाज केन्द्रिय समितिका सदस्य जनकराज शर्माको सक्रियतामा नेपाली दूतावासमा बोलाई मृत्य शरिरलाई नेपाल पठाउने र मृतकले पाउनु पर्ने रकमको हिसाव किताव गर्ने कार्यको पहल भएको थियो तर हाल सम्म कम्पनीले निजलाई पाउनु पर्ने रकमको कुनै टुङ्गो लागेको छैन । साथै इमिरेट्स नेपाली ख्रीष्टीयन एसोसियसनका अध्यक्ष युवराज राई र अबुधावी इभान्जलिक चर्चका पाष्टर दानियल ग्रिमर उक्त कम्पनीमा गई निज गोलेले पाउनु पर्ने रकम र मृत्य शरिरलाई नेपाल सम्म पुराउनको लागि कम्पनीका म्यानेजरहरुसँग विषेश पहल गर्नु भएको थियो । अहिले मृत शरिर अबुधावीको सेन्ट्रल अस्पतालमा राखिएको छ । मृत शरिरलाई नेपाल पठाउन आवश्यक पहल भईरहेको छ । |
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |