 |
|
यूएईमा सम्पन्न
लोकतन्त्र दिवस कार्यक्रमको एक झलक |
बैशाख
११
का
दिन
नेपाल
लगायत
विश्वका अन्य
देशहरुमा
पनि
नेपालीहरुले
लोकतन्त्र
दिवस
मनाए
।
यू.ए.ई
स्थित
नेपाली दूतावासले
पनि
यू.ए.ईको
अबुधावी
स्थित
एक
रेष्टुरेण्टमा
लोकतन्त्र
दिवसको
उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली
समाज
केन्द्रीय
समिति
यू.ए.ई,
तमू
समाज,
नेपाली
मगर
समाज,
नेपाली ख्रीष्टीयन
एसोशियशन
लुम्बिनी
वेलफेर
सोसाईटी,
खोटाङ्ग
समाज,
अन्तर्राष्ट्रिय नेपाली
साहित्य
समाज,
तमू
समाज,
किरात
यायोख्खा,
किरात
याक्थुम
चुम्लुङ्ग,
प्रवासी लिम्बू
समुदाय,
नेपाली
समाज
क्षेत्रीय
समितिहरु
आदिका
प्रमुख
व्यक्तिहरु
लगायत महिला,
बुद्धिजिवी,
ब्यवसायी,
पत्रकार
साथ
साथै
अन्य
प्रवासी
नेपालीहरुको
वृहत उपस्थिति
रहेको
उक्त
कार्यक्रमा
दूतावासका
प्रथम
सचिव
प्रकाशमणी
पौडेलले
जनआन्दोलन भाग
२
सम्मका
ज्ञात
अज्ञात
शहीदहरु
प्रति
एक
मिनेट
मौन
धारण
गराएर
कार्यक्रम
शुरु
गर्नु
भएको
थियो
।
का.वा
राजदूत मोहनकृष्ण
श्रेष्ठले आफ्नो
मन्तब्य
दिने
क्रममा
जनआन्दोलनमा
ज्यान
गुमाएका
ज्ञात
अज्ञात
शहीदहरुप्रति श्रद्धान्जली
तथा
परिवारमा समवेदना
प्रकट
गर्नु
भएको
थियो
।
१९
दिने
जनक्रान्तिको स्वरुप
प्रत्यक्ष
देखेको
र
जनवलको
अगाडि
कसैको
केही
नलाग्ने
कुरा
ब्यक्त
गर्नु
भएको थियो
।
लोकतन्त्र
स्थापना
भएको
एक
बर्षमा
केही
भए
पनि
परिवर्तन
भएको
छ
।
११
बर्षको सशस्त्र
द्वन्द्व
समाप्त
भएर
आन्तरिक
समस्या
आफैले
समाधान
गरी
नेपाल
विश्वमा
नै उदाहरणीय
वनेको
छ
।
लोकतन्त्र
भनेको
जनताको
तन्त्र
हो
कुनै
पनि
देशमा
जनता
सर्वोपरी हुन्छन्
।
स्वदेश
तथा
विदेशमा
हुने
हामी
सबै
मिलेर
देशको
विकाशमा
लाग्न
आह्वान गर्नु
हुंदै
उहांले
दूतावासलाई
सहयोग
गर्न
आहृवान
गर्नु
भएको
थियो ।
नेपाली
समाज
केन्द्रीय
समिति
यू.ए.ईका
अध्यक्ष
रामेश्वर
शाहले नेपाली
समाज केन्द्रीय
समितिको
तर्फबाट
तथा
आफ्नो
तर्फबाट शहीदहरुप्रति
श्रद्धान्जली
ब्यक्त
गर्नु
हुंदै
लोकतन्त्र
पाउनु
भन्दा
पनि
यसलाई जोगाउनु
ठुलो
कुरा
हो
भन्नु
भयो
।
हामी
सबै
नेपालीहरु
सचेत
हुनुपर्दछ,
लोकतन्त्र
आए पनि
अझै
पनि
खिचातानी
कम
भएको
छैन
।
१९
दिने
जनआन्दोलनमा
नेपाली
समाजका
साथीहरु प्रत्यक्ष
तथा
अप्रत्यक्षरुपमा
सभागी
भएका
थिए
।
भर्खरै
नेपाली
समाजले
आयोजना
गरेको नयां
बर्षको
कार्यक्रममा
विभिन्न
जातीय
संघसंस्थाहरुलाई
एकै
ठाउमा
मिलाएर कार्यक्रम
गर्नु
नै
लोकतन्त्रको
जोलन्त
उदाहरण
हो
भन्नु
भएको
थियो ।
तामाङ्ग
समाजका अध्यक्ष
छत्र
लामाले देशमा
स्थायी
शान्तिको
कामना
गर्दै देशमा
संविधान
सभाको
चुनाव
ढिला
हुनुमा
राजनीतिक
पार्टीहरुलाई
दोषी
ठहर्याउनु
भएको थियो
।
आज
लोकतन्त्र
आएको
१
बर्ष
भए
तापनि
देशमा
अझै
लोकतान्त्रिक
गणतन्त्रको स्थापना
भएको
छैन
।
लोकतान्त्रिक
संघीय
गणराज्य
स्थापनाको
लागि
प्रबासबाट
पनि हामीले
पहल
गरौ
उहांको
भनाइ
थियो
प्रवासी
लिम्बू समुदायका
अध्यक्ष
पि.एस.
लिम्बूले लोकतन्त्र
प्राप्ति
पछि
देशमा केही
उपलब्धी
भएको
र
केही
बांकी
नै
रहेको
बताउनु
भयो
।
संविधान
सभाको
चुनाव
सफल बनाउनु
हामी
प्रवासीहरुको
पनि
दायित्व
हो
।
संघीय
राज्यको
रुपमा
जनजातिहरुको
भूमिका पनि
महत्वपूर्ण
रहने
छ
यो
कुरा
सरकारले
पनि
सुन्नु
पर्छ
।
राजनीतिक
पार्टीहरु सरकारमा
आउनु
मात्र
ठूलो
होइन
लोकतन्त्रलाई
सुदृढ
र
संस्थागत
गराएर
लैजानु
प्रमुख कुरा
हो
भन्नु
भएको
थियो
।
नेपाली
मगर
संघका
अध्यक्ष तेज
कुमार
आले
मगरले हुदैन
विहानी
मिरमिरेमा
तारा
झरेर
नगए,
बन्दैन देश
दुईचार
सपुत
मरेर
नगए
..।
भन्ने
कविताको
टुक्रा
वाचन
गर्दै
आंखा
नभएको
अन्धो
र आंखा
भएको
अन्धोको
अवस्था
हाल
देशमा
विद्यमान रहिरहेको
छ
भन्ने
उदाहरण
दिनु
भएको थियो
।
साथै
देशमा
अहिले
तत्काल
संघिय
लोकतान्त्रिक
गणतन्त्रको
आवश्यकता
रहेको
पनि बताउनु
भएको
थियो
।
ईमिरेट्स
नेपाली
ख्रीष्टीयन एसोसिएसनका
अध्यक्ष
युवराज
राईले देशमा
अझै
लोकतन्त्र
आउन
बाकी
छ
। लोकतन्त्र
आयो
भनेर
मुखले
भनेर मात्र
हुदैन
ब्यवहारमा
पनि
लागू
गर्न
जान्नु
पर्दछ,
विचार
र
भावनामा
परिवर्तन
आउनु
जरुरी
छ,
प्रवासमा
रहने
नेपालीहरुले
पनि
संविधान सभाको
चुनावमा
मतदान
गर्ने
अधिकार
पाउनु
पर्ने
कुरा
दर्शाउंदै
नेपाली
दूतावासलाई लोकतन्त्र
दिवस
आयोजना
गरेकोमा
धन्यवाद
दिनु
भएको
थियो
।
लुम्विनी
वेलफेयर
सोसाईटिका
अध्यक्ष
डि.एल
शर्माले १९
दिने लामो
संघर्ष
पछि
प्राप्त
लोकतन्त्रले
पुर्णता
पाओस
भन्दै
शहीदहरु
प्रति
समवेदना ब्यक्त
गर्नु
भएको
थियो
।
नेपाली
मुस्लिम
सोसाईटीका आसिफ
अली
सिद्धिकीले हामीले
नेपाललाई
कसरी
स्वर्ग
बनाउन
सकिन्छ भनेर सोच्नु
पर्छ,
यो
प्रत्येकको
दायित्व
हो,
हामी
देश
बाहिर
भए
पनि
देशको
लागि केही
राम्रो
गर्न
गइरहेका
छौं
।
नेपालको
इज्जयत
कायम
राख्दै
देश
विकासमा
अझ
उच्च सकारात्मक
सोचका
साथ
लाग्न
सबैलाई
आग्रह
गर्नु
भएको
थियो
।
किरात
याक्थुम
चुम्लुङ्गका
अध्यक्ष
चन्द्र
चेम्जोङ्गले नेपालको
अहिलेको
अवस्था
एउटा
नाटक
जस्तो
मात्र
भएको
र
लोकतन्त्र
अझै
नआइसकेको बताउनु
भएको
थियो
।
किरात
राई
यायोख्खाका
आशिश राईले लोकतन्त्र
जनताको
शासन
हो
लोकतन्त्रमा
जसले
जे
गरे
पनि
हुन्छ भन्ने
होइन
तर
शासन
जनताको
हुनुपर्दछ
भन्नु
भएको
थियो
।
खोटाङ्ग
समाजका
लक्ष्मी
आचार्यले आज
भन्दा
एक
बर्ष
पहिला नेपालमा
जनक्रान्तिको
भेल
वगेको
थियो
।
उक्त
जनक्रान्तिको
भेलले
नै
बैषाख
११
गते जनताले
लोकतन्त्र
प्राप्त
गरे
।
लोकतान्त्रिक
आन्दोलमा
घाईते
भएकाहरुलाई
सही
ढंगले सहयोग
नभएको
र
त्यो
बेला
आन्दोलनको
विरोधमा
लाग्नेहरु
नै
संस्था
खोलेर
बसेका
छन्
। देशभक्त
हामी नेपालीले
आमा
भन्ने
शब्द
कहिल्यै
विर्सनु
हुन्न
।
देशमा
लोकतन्त्र आएपछि
दूतावास
पनि
लोकतान्त्रिक
हुनु
पर्यो,
सर्वसाधारणले
दूतावासबाट
राहत
पाउनु पर्यो,
देशको
आधा
अर्थतन्त्र
ओगट्ने
प्रवासीले
संविधान
सभाको
चुनावमा
भाग
लिन पाउनु
पर्दछ,
यसको
लागि
दूतावासले
पहल
गर्नु
पर्दछ
।
नत्र
हामी
प्रवासी
नेपालीहरु दूतावासमा
धर्ना
गर्न
पनि
पछि
हट्दैनौ
भन्नु
भयो
।
यदि
संविधान
सभाको
चुनाव
नभए जनमतसंग्रहद्वारा
जंगे
ज्ञानेन्द्रको
अन्त्य
हुनु
पर्ने
तर्क
राख्नु
भएको
थियो ।
ई.
राधेश्याम
भगतले देशमा
लोकत्रन्त आएको
पनि
१
बर्ष
पूरा
भएको
र
लोकतन्त्र
दिवस
विदेशमा
पनि
मनाउन
पाउंदा
खुशी
प्रकट गर्नु
भएको
थियो
।
ब्यवसायी
ज्ञानबहादुर सुनुवारले शहीदहरु
प्रति
श्रद्धान्जली
अर्पण
गर्दै
प्रवासमा
पनि लोकतन्त्र
दिवस
मनाउन
पाएकोमा
खुशी
प्रकट
गर्दै
नेपाली
दूतावासले
लोकतन्त्र
दिवस आयोजना
गरेकोमा
धन्यवाद
दिनु
भएको
थियो
।
नेपाली
पत्रकार
महासंघ यू.ए.ई
सम्पर्क
समितिका
संयोजक
तथा
नेपाल
दुवई
डट
कम
र
प्रवासी
देउराली
पाक्षिक
खवर पत्रिकाका
सम्पादक दामोदर
नेपालले आज
देश
यो
अवस्थामा आईपुग्न
करिव
१५
हजार
नेपालीहरुले
ज्यान
गुमाएर
आफ्नो
वलिदानी
दिंदा
पनि
अझैसम्म नेपालमा
लोकतन्त्र
आएको
छैन
भन्नु
हुंदै
जवसम्म
नेपालमा
पूर्णरुपले
राजतन्त्र
सखाफ भएर
जनताको
शासन
स्थापित
हुंदैन
तवसम्म
लोकतन्त्र
आएको
मानिदैन
।
नेपाली
जनताको चाहाना
भनेको
राजतन्त्र
अन्त्य
गर्नु
र
गणतन्त्र
स्थापना
गर्नु
हो
।
आजै
देशका विभिन्न
ठाउंहरुमा
लोकतन्त्र
दिवस
भनेर
कोही
कराईरहेका
छन्
भने
राजा
ज्ञानेन्द्र दलबल
सहित
दक्षिणकालीमा
तीन
हजार
सैनिकहरुको
घेरामा
कूल
पूजा
गरेर
श्रीमान्
गम्भिर नेपालीको
सलामी
खांदैछन्
।
यदि
देशमा
साच्चै
नै
लोकतन्त्र
आएकै
हो
भने
आजको
त्यो कार्यको
लागि
सरकारले
क्षमा
माग्नु
पर्दछ
।
लोकतन्त्रपछि
पनि
पत्रकारहरुले
कुनै सहायता
पाएका
छैनन्
।
कुनै
ठाउंमा
पत्रकारहरु
कुटिएका
छन्
भने
कुनै
ठाउंमा
लुटिएका छन्
त
कुनै
ठाउंमा
अपहरणमा
परेका
छन्
।
उनीहरुको
पेशागत
सुरक्षा
गर्नु
सरकारको कर्तव्य
हो
भन्दै
पत्रकारको
धर्म
भनेको
कसैको
पक्ष
वा
विपक्षमा
लाग्नु
होइन
समाजलाई सुसुचित
गर्दै
अग्रगमनका
लागि
पहल
गर्नु
हो
उहांले
भन्नु
भयो
।
अन्त्यमा का.वा
राजदूत
मोहनकृष्ण
श्रेष्ठले जनआन्दोलन भाग
२
मा
ज्यान
गुमाएका
परिवारहरुको
सहायताको
लागि
चन्दा
संकलन
गर्नको
लागि
आग्रह गर्नु
भएपछि
तत्काल
करिब
१५
सय
५३
दिर्हाम्स्
चन्दा
स्वरुप
उठेको
थियो
।
उक्त
रकम सम्वन्धित
ठाउंमा
पुर्याउने
जानकारीका
साथ
दूतावासका
द्वितीय
सचिव
विक्रम
गिरीले उपस्थित
सबैलाई
धन्यवाद
दिंदै
कार्यक्रम
समापन भएको
जानकारी
दिनु
भएको
थियो
।
अन्त्यमा
रात्रि
भोज
सहित कार्यक्रम
विसर्जन
भएको थियो
।
|