nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 April 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


जापानमा भब्यतको साथ बुद्ध जयन्ती मनाउने तैयारी

छिरिङ्ग तेन्जिङ् शेर्पा, जापान - 28/04/2007

नेपाली आदिबाशी जनाजती संघ जापानको पहलमा २५५१ औ बुद्ध जयन्ती भब्यतको साथ मनाउने तैयारी भई रहेको समाचार छ।

 

प्राप्त जानकारी अनुसार नेपाली आदिबाशी जनजाती संघ जापानको अध्यक्ष गजेन्द्र छन्त्यालको संयोजकत्वमा २५५१ औं बुद्ध जयन्ती मुल समारोह समिति गठन गरिएको छ।  विगत केही वर्ष देखि प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृतिलाई जोगाई राख्न दत्त चित्त भएर लागेको दर्जनौ जनाजातीहरुको साझा संस्था आदिबाशी समाज जापानले अघिल्लो बर्षहरुमा भन्दा यो बर्ष अझ भब्यरुपमा मनाउने निर्णय गरेको छ

 

उक्त समारोहाको लागि शेर्पा संघ जापानले पुजा तथा स्थानिय लामाहरुको ब्यवास्था गर्ने, तमु धिं नागोया जापानले सम्पूर्ण फलफुल र प्रसादहरुको ब्यवस्था,  लाली गुरांस लोक सांस्कृतिक क्लब जापानले संगीत तथा मनोरन्जन, हिमालयन क्लब जापानले तूल तथा ब्याच को ब्यवस्था र यसै गरी अन्य जातिय संस्थाहरुले टिकट बिक्री बितरण, स्वायमसेवा, स्वास्था तथा उद्दार को  जिम्मेवारी लिने भएको छ।

 

वास्तविक बैशाख पुर्णिमा बुद्ध जयन्ती मे ३ तारिक बिहीवारको दिन परेको  तर यहाँ कार्यरत सबैजनाको बिदाको दिनलाई मध्यनजार गर्दै मे ५ तारिक शनिबारको दिन टोयोटा शि शहर को स्टेसनमा अवस्थित मचुजकाया बिल्डिङको आठ तलाको हलमा मनाउने भएको छ। प्रमुख अतिथीको लागि नागोया शहरको प्रसिद्द गोम्पा नारोमी गोम्पाको प्रमुख लामा  श्रीमान नाकओकाज्युलाई आमान्त्रण गरिएको छ भने सम्पूर्ण संघ संस्थाको प्रतिनिधीहरुलाई अतिथ्यको लागि पत्र काटि सकेको छ।

 

तीन चराणमा सम्पन्न गर्ने लक्ष राखेको  उक्त कार्यक्रम प्रथम लामाहरुद्वारा धार्मिक बिधी अनुसार पूजापाठ, दोस्रो अतिथी आसन ग्रहण तथा मन्तब्य तथा तेस्रो मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम हुनेछ।

 

बैशाख पुर्णिमाको दिन कुनै जात जातीहरुले आफ्नो स्वार्थ को लागि देवताको नउमा बिबिध मन्दिरहरुमा लाखौं अबोध पशुहरुको बली दीई रगतको खोलो नै बग्ने  हुँदा त्यस दिन बिहानै देखि सान्सरिक शान्तिको कामना गर्दै बली को सिकार भएको अबोध पशुहरुको बुद्ध लोकमा जन्म होस भन्ने भावना गर्दै "ॐ मनी पद्मे हुङ्ग ह्री" मन्त्र जप्न आग्रह गर्दै संयोजक श्री गजेन्द्र छन्त्याल ले सबैलाई सचेत गराउदै बिगतका दिनहरुमा तिब्बती भाषामा मात्र भएको बुद्धको सन्देशहरु हाल नेपाली भाषामा पनि बढ्दो रुपमा प्रकाशन हुँदै गरेकाले सबैले खोजी खोजी अध्ययन गरी शान्तिको सन्देश फैलाउनु पर्ने कुराको सचेत समेत गराउनु भयो।

 

यसैगरी टोक्योबाट प्राप्त समाचारअनुसार नेवा: अन्तराष्ट्रिय फोरुम जापानले बिगत बर्षहरुमा झै यो बर्ष पनि सायौ नेपाली तथा जापानिजहरुको उपास्थितिमा जोएन्जी बुद्ध बिहार शिन्जोकु टोक्यो मा मे ३ तारिक को दिन भब्य रुपमा बुद्ध जयन्ती मनाउने समाचार प्राप्त भएको छ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com