nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 April 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


नेपाली लोकतान्त्रिक मञ्च युकेको क्षेत्रिय सम्मेलन सम्पन्न

नेक सम्वाददाता - 28/04/2007

२४ अप्रिल, लण्डन नेपाली लोकतान्त्रिक मञ्च युकेको नर्थवेष्ट क्षेत्रको क्षेत्रिय सम्मेलन नर्थवेष्ट कलेज अल्पटनमा सम्पन्न भयो उक्त सम्मेलनमा तदर्थ समितिका संयोजक कमल खनालले तदर्थ समिति विघटन गर्दै तदर्थ कमिटिको तर्फबाट एनडिएफ युकेका अध्यक्ष आंकलजंग लामा, महासचिव एस थपलिया, सदस्य दिनेश घिमिरे रहनुभएको अध्यक्ष मण्डलको प्रस्ताव गर्दै सम्मेलन औपचारिक रुपमा शुरु गर्नुभएको थियो अध्यक्ष मण्डलको तर्फबाट महासचिव एस थपलियाले कार्यक्रम सञ्चालन अध्यक्ष कलजंग लामाले अध्यक्ष मण्डलको अध्यक्षता गर्नुभएको थियो

 

सम्मेलनले संयोजक कमलराज खनालले पेश गर्नुभएको प्रस्ताव पारित गरेको थियो उक्त सम्मेलनले एनडिएफ युकेको केन्द्रिय सदस्य तुंगभद्र भुसालको अध्यक्षतामा नयाँ क्षेत्रिय कमिटिको निर्माण गर्यो कमिटिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कैलाश नेपाल, सचिव कृष्ण तिवारी, उपसचिव राम वगाले, कोषाध्यक्ष मोती खनाल सदस्यहरुमा वसन्त नेपाल, मिन राई, कुल प्रसाद सिग्देल रहनुभएको

 

सम्मेलनमा नवनिर्वाचित कमिटिलाई एनडिएफ युकेका सल्लाहकार कृष्ण उपाध्यायले वधाई दिदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष तुंगभद्र भुसालले सम्मेलन सफल पार्न सहयोग पुर्याउने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै नयाँ कमिटिको तर्फबाट एनडिएफ युकेको नीति तथा कार्यक्रमलाई यस क्षेत्रमा व्यवस्थित रुपले अगाडि बढाउदै धेरै भन्दा धेरै साथीहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com