|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 30 April 2007
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
साउदीको प्रवासी नेपाली सेवा समितिमा नयाँ कार्यसमिति |
| नेक सम्वाददाता - 30/04/2007 |
|
दमाम ३० अप्रिल, साउदी अरेवियामा कार्यरत नेपालीहरुको सामाजिक संस्था प्रवासी नेपाली सेवा समितिको नवौ महाधिवेशन गत शुक्रकार सम्पन्न भएको छ ।
हेम कुमार खड्का र बलराम गिरीद्वारा संचालित सो कार्यक्रमको सभापतित्व समितिका निवर्तमान अध्यक्ष कुल प्रसाद कार्कीले गर्नुभएको थियो भने डा. वाई बि. क्षेत्रीले प्रमुख अतिथिको आसनबाट कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
वृहत सदस्यहरुको उपस्थितिमा दमाम स्थित अलजोल कम्पनिको ट्रेनिङ्ग हलमा सम्पन्न सो महाधिवेशले ४१ जनाको केन्द्रीय समिति र ९ सदस्यीय कार्य समितिको सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिमा कुल प्रसाद कार्की अध्यक्ष, टिकाराज रिजाल उपाध्यक्ष, हेम कुमार खड्का महासचिव तथा अञ्जन पोखरेल कोषाध्यक्ष रहनुभएको छ भने सदस्यहरुमा लक्ष्मण दास, याम बहादुर लिम्बु, गया प्रसाद बिश्वकर्मा तथा राज कुमार चालिसे रहनुभएको छ । त्यस्तै प्रमुख सल्लाहकारमा तारानाथ भण्डारी रहनुभएको छ । खाली रहेको उप-महासचिवको पद भने कार्यसमिति पछि पदपूर्ति गर्ने छ ।
सो कार्यक्रममा इ.धर्म केसी, हरी प्रसाद घिमिरे, जिल्ला सम्पर्क समिति अध्यक्षहरु क्रमशः टेक ब. क्षेत्री (कास्की), भरत लामा (सिन्धुली), चन्द्र गुरुङ (धादिङ्ग) र गया प्रसाद बिश्वकर्मा (सप्तरी) अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै विभिन्न बक्ताहरुले यस समितिले साउदी अरब जस्तो देशमा पनि दशौ बर्षदेखि पिडित नेपालीहरुलाई पुर्याएको सहयोगको प्रशंसा गर्नु भएको थियो ।
प्रवासी नेपाली सेवा समिति विगत दश वर्षदेखि विभिन्न उतारचडावलाई पार गर्दै आईरहेकोछ । यस समितिले नेपाली कामदारहरुले भोग्नु परेका यावत समस्यको तत्कालिन र दीर्घकालिन निराकरणको लागि नेपाल सरकार, नेपाली दूतावास, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र मेनपावर कम्पनिहरुसँग छलफल बार्ता र सहकार्य गर्दै प्रत्यक्ष अनुभव गरेका सदस्यहरुबाट समय समयमा प्राप्त सुझाव तथा सल्लाह प्राप्त गरेको छ । आफ्नो ड्यूटीबाट बचेको समयलाई सदुपयोग गरी सेवा गर्ने उद्देश्य बोकेको यस समितिले महिला कामदारहरुले भोग्नु परेका नारकीय जीवनलाई पनि मुक्त गर्नुको साथै अन्य थुप्रै उद्धार कार्य गरेको छ । पुरुष कामदारले उँट र भेडासँग मरुभूमिमा भोग्नु परेका अमानविय जीवन, बिना तलव र सेवा सुबिधा, ५०/५२ डिग्रीको गर्मीमा काम गर्नुपर्ने बाध्यताका बारेमा पनि यो समितिले विभिन्न संञ्चार माध्यामद्वारा अवगत गराउँदै आएको छ । नेपाली मेनपावर कम्पनिहरुले वास्तविक करारको जानकारी नगराई ४ घण्टा ओभरटाईम समेत थप गरेर तलव सेवा सुबिधा बताउने गरिएकोले नेपाली कामदारले दुःख भोग्नुपरेको छ । गैरकानूनी काम र कुलतमा नलाग्न सचेत तथा निरुत्साहित गर्ने काम सेवा समितिले गर्दै आएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |