nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 02 May 2007

HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD


मलेसियामा विश्व मजदुर दिवस भव्य रुपमा सम्पन्न

नेक सम्वाददाता - 02/05/2007

मलेसियाको इपो शहर स्थित सामूहिक टाउन हलमा "मेची माहाकाली जन सर्म्पक मञ्च २००७ इपो, मलेसिया" को आयोजनामा भएको विश्व मजदुर दिवसको अवसरमा तयार गरिएको साहित्यिक, साङ्गीतिक तथा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

 

कार्यक्रमो प्रमुख आतिथ्य ग्रहण गरी कार्यक्रम उद्‌घाटन गरीदिन मलेसिया स्थित नेपाली दूतावासका प्रतिनिधिलाई निमन्त्रणा गरिएको भएता पनि दूतावासको प्रतिनिधिको उपस्थिति नभएपछि उक्त कार्यक्रमको समुदघाटन "नेपाल व्यल्फर एसोसियन आफ मलेसिया" का अध्यक्ष चुडाकुमार गुरुङ्गबाट भएको थियो कार्यक्रको शुरुवात जोड दियो बालेर गरिएको थियो कार्यक्रममा स्वागत मन्तव्य फूलबारी कल्बका अध्यक्ष रेशमलाल भुषालबाट भएको थियो भने मेची माहाकाली जन सर्म्पक मञ्चका अध्यक्षले मञ्चका आगामी कार्यक्रम तथा एजेण्डा पढेर सुनाउनुभएको थियो । कार्यक्रमको संयोजन तथा ब्यवस्थापन सर्म्पक मञ्चका सचिव जीत बहादुर बलंपाकीबाट भएको थियो भने कार्यकक्रको संचालन रुसाहाङ्ग चेम्जोङ ले गर्नु भएको थियो

 

कार्यक्रममा सामूहिक नारा "विश्वका मजदुर एक हौ, हाम्रो हक अधिकारको संरक्षण गरौं" भन्दै अगाडि बाढाईएको थियो कार्यक्रमको बीच बीचमा अतिथि मन्तव्य, साहित्यिक तथा साङ्गीतिक कार्यक्रमहरु प्रस्तुत गर्दै मनोरञ्जननात्मक शैलीबाट अगाडि बढेको थियो

 

नेपाली सास्कृतीक कार्यक्रमलाई सफल बनाउनको लागि मलेसियन नागरीक "लिया" ले सबै भन्दा ठूलो भूमिका खेलेकी थिइन । उनी आफ्नो वास्तविक नामलाई "मुना" उपना बनाएर कार्यक्रममा उपस्थित प्रवासी नेपालीहरु माझ प्रस्तुत भएकी थिईन   दुइवटा नेपाली गीत गाएर उपस्थित प्रवासी नेपालीहरुलाई मनोरञ्जन दिलाएकी थिईन

 

कार्यक्रम बिहान १० बजे बाट बेलुका बजे सम्म चलेको थियो । कार्यक्रमको अन्तमा प्रमुख अतिथिबाट कार्यक्रमका सहभागी तथा सहयोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com