|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 06 May 2007
HOME -> NEWS -> NEWS FROM NEPALI DIASPORA AROUND THE WORLD
|
यू.ए.इमा २५५१ औं बुद्ध जयन्ति सम्पन्न |
| यूएईबटा नेकका लागि खेमनाथ पौडेल - 06/05/2007 |
|
यूएई मे ५, यू.ए.इको अलकोज स्थित जुमेरा नेपाली समाज ओशिस भिलेज अलकोजले यहि ४ मेका दिनमा २५५१औं बुद्ध जयन्ति बिभिन्न कार्यक्रम का साथ सम्पन्न गर्यो ।
समाजका अध्यक्ष पाशाङ्ग शेर्पाको सभपतित्वमा भएको कार्यक्रममा प्रमुख आथित्य यू.ए.इका लागि का. वा. राजदुत मोहन कृष्ण श्रेष्ठ साथै अथितिहरुमा नेपाली समाजका अध्यक्ष रामेश्वर शाह, खोटङ्ग समाजका अध्यक्ष मणी कुमार राई, नेपाली समाज भु पु अध्यक्ष कृष्ण ढकाल, नेपाली समाजका सदस्य लक्ष्मण सापकोटा, दामोदर नेपाल, शंकर ज्ञावाली, नेपाल दुवईडटमा का निर्देशक वालचन्द्र पोख्रेल, पत्रकार खेमनाथ पौडेल, पत्रकार धर्मेन्द्र यादब, लुम्बिनी वेल्फेयर सोसायटी का अध्यक्ष डि एल शर्मा, सदस्य सुरेश बस्याल तथा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु महिला, बुद्धिजिवी तथा जुमेरा ग्रुफ अप कम्पनीमा कार्यरत प्रवासी नेपालीहरुको बृहत उपस्थित रहेको थियो ।
कार्यक्रम संचालन संस्थापक अध्यक्ष लक्ष्मी आचार्य र संस्थापक महासचिव प्रेम गौतम्ले गरेका थिए ।
प्रमुख अथितिबाट मैन बत्ति बाली विधिवत रुपमा कार्यक्रमको उद्घाटन गरीएको थियो । उक्त कार्यक्रममा नेपालका ज्ञातअज्ञात शहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरीएको थियो । संस्थापक उपाध्यक्ष काशिराम ढुङ्गानाले उपस्थित सम्पूर्ण अथिति तथा प्रवासी नेपालीहरुलाई स्वागत मन्तब्य दिनु भएको थियो ।
संस्थापक अध्यक्ष लक्ष्मी आचार्याले कार्यक्रममा आमन्त्रित सबै अथितिहरुको उपस्थितिले आफु साथै जुमेरामा कार्यरत सबै नेपालीहरु गौरवान्वित हुँदै करिब ५५० जना नेपालीहरुको तर्फबाट आभार प्रकट गरेका थिए । जुमेरा नेपाली समाज कसरी कहिले र कुन उद्देश्यले स्थापना भयो भन्ने कुराको प्रष्ट पार्दै, जुमेरा नेपाली समाजले जुझारु एकता सबैसँग हुने, तल्लो तहका मजदुरहरुको हितमा काम गर्नेसँग सहकार्य गर्दै दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै जाने बताए ।
बुद्धको देशमा क्रान्ति फैलिएको अवस्थामा जनआन्दोलन २ मा आफ्नो ज्यानको बाजी लगाई लडिरहेका विर नेपालीहरुलाई विदेशमा बस्ने नेपालीहरुले केहि मात्रामा सहयोग पुगोस भन्ने हेतूले गत बर्ष २०६३ सालमा संगठनको आवश्यकता महसुस गरी समाज गठन भएको, जनआन्दोलन २ मा ऐक्यवद्धता प्रकट गर्दै ३३,५०० रुपैया नेपालमा पठाएको बताए । हामी बुद्ध धर्मावली नभएतापनि गौतम बुद्ध हाम्रो देश नेपालका प्रतिक, चिनारी हुन् । अवश्य हामी नेपाली भएर त्यस्ता ब्यक्तिको जन्मदिनलाई भुल्नु हुँदैन त्यसैले हामीले गत सालपनि विभिन्न कार्यक्रम सहित बुद्ध जयन्ति मनाएका थियौ र अहिले पनि हामीले यो अवसर पायौ भन्दै प्राय गरेर नेपालीहरु विदेशमा पनि आफुले पनी राम्रो काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रवृति अझै नहटेको बताए । १ लाख बिस हजार नेपालीले महिनाको १ दिर्हाम्स मात्र जम्मा गरेपनि ठुलो रकम सहयोगको क्षेत्रमा जम्मा हुने वताउदै यसकोलागि असल नेतृत्वको आवश्यकता रहेको बताए ।
सबै संघ, संस्था र मजदुरहरुलाई एकशुत्रमा बाँड्ने काम दूतावासले गर्नु पर्छ र सबैलाई समान ब्यवहार दिनु पर्छ, दूतावास हरेक नेपालीको आफ्नो घर समान बन्नु पर्छ, ठुलालाई काखा सानालाई पाखा गर्नु हुँदैन, हामी सदैव दूतावासको साथमा छौं । हरेक नेपालीले हरेक नेपालीलाई सहयोग गरेर सगरमाथा चढाउन सकुन् भनेका थिए ।
खोटाङ्ग समाजका मणिकुमार राईले यो समाजको स्थापनाले आफु अत्यन्तै खुशी भएको र संघसंस्था धेरै खुले भनेर नराम्रो होईन राम्रो मान्नु पर्दछ । सबै संघसंस्थाको उपस्थितिले समाज दरिलो हुन्छ । हामी सबैको साझा संस्था नेपाली समाज यू.ए.इ सरकारसँग दर्ताकोलागि पहल गरिनु पर्दछ भनेका थिए ।
नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण ढकालले नयाँ नेपालको निर्माणमा जुट्दै जुमेरा नेपाली समाजलाई नेपाली समाजको अङ्ग बनाउन, पहल गर्नु पर्दछ । समाजमा पद दिलाई देउ भनेर दूतावासलाई पुकार्न छाड्न अनुरोध गरेका थिए । साथै समाजसेवी कहाँ कहाँ छन् भनेर विचार पुर्याउन दूतावासका कर्मचारीलाई आग्रह गरेका थिए ।
लुम्विनी वेलफेयर सोसाईटिका अध्यक्ष डि.एल. शर्माले नेपाली रीतिरिवाजको प्रचार प्रसार गरेकोमा खुशी प्रकट गरेका थिए । उक्त मञ्चबाट दुवै मृगौला फेल भएका गोपि बस्नेतलाई सहयोगस्वरुप ५ सय दिर्हाम्स दिने घोषणा गरेका थिए ।
कार्यक्रममा दुवै मृगौला फेल भएका गोपी बस्नेतलाई उपस्थित सम्पूर्ण प्रवासी नेपालीहरुबाट करिब ८५० साथै लुम्बिनी वेलफेयर सोर्साईटीबाट ५ सय गरी १३५० उठेको थियो ।
नेपाली समाज केन्द्रीय समितिका अध्यक्ष रामेश्वर शाहले आयोजकलाई धन्यवाद दिदै सेवा गर्छु भनेर मात्र नहुने सेवा गर्नको लागि मन चाहिन्छ । आजको दिवसले नेपालमा शान्ति स्थापना हुनेछ भन्ने कामना गर्नु भएको थियो । समाज कार्यमा दूतावासले पनि सहयोग गरेको छ । अझै हामी सहकार्य गरेर जाने छौ । अहिले कल्याणकारी कोषको स्थाना पनि भएको छ । हामी अहिले समाज दर्ताको क्रममा लागेका छौं आशा छ हामी सफल हुनेछौ । केहि समय यता नेपाली समाज ब्यक्तिवादी संस्थाको रुपमा विकास भएको र अहिले नेपाली समाजलाई सिंगो यू.ए.इ वासी नेपालीहरुको साझा संस्थाको रुपमा विकास गरेर लैजाने प्रण गरीरहेको बताएका थिए ।
अनेसास यू.ए.इका सभापति तथा पत्रकार बालचन्द्र पोख्रेलले यू.ए.इमा कार्यरत नेपालीहरुले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्ति मनाउन पाएकोमा आयोजकलाई धन्यवाद दिदै मरुभूमिबाट भर्खरै उम्रेको बिरुवा प्रवासी देउराली र नेपालदुवई डट् कम्ले सम्पूर्ण प्रवासी नेपालीहरुको दुःख सुखलाई साथ दिने बताए ।
प्रमुख अथिति का.वा राजदूत मोहनकृष्ण श्रेष्ठले २५५१ औं वुद्धजयन्ति कार्यक्रमको लागि आजयोजकलाई धन्यवाद सहित शुभकामना साथै यो पुनित अवसरमा नेपालमा शान्ति, समृद्धि र सहिष्गुणता कायम होस, देशमा मात्र होईन शान्ति यहाँ पनि चाहिएको छ, दूतावासलाई गाली गर्नेहरुमा पनि शान्ति र सहिष्गुणता पलाओस् । दूतावासलाई गाली, घेरा हाल्ने होईन, नराम्रा काम भएमा सुझाव र सल्लाह दिन र दूतावासको बारेमा चित्त नबुझेमा दूतावासमा उजुरी दिन आग्रह गदै दूतावास कसैलाई पनि भेदभाव नगरी काम गर्न तयार रहेको, विरामीले अस्पताल खोज्ने हो अस्पतालले होईन, समस्या परेका नेपालीहरुको बारेमा जानकारी आएसम्म दूतावासले सहयोग गरेको, आवश्यकता परे आफु रातीमा पनि आएर काम गर्न तयार रहेको वताउनु भयो । आफु सेप्टेम्वर १३ मा मात्र यू.ए.इमा आएको र यस अवधिमा दूतावासबाट भएका कार्यहरुमा चित्त नबुझेको भएमा आफु जिम्मेवारी रहेको भन्दै |