|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 02 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
खोटाङ्ग जागृति सेवा समाजको दोस्रो अधिवेसन संपन्न |
| नेकका लागि सरोज वास्तोला / राई रमेश "गाउँले" - 02/01/2007 |
|
खोटाङ्ग जागृति सेवा समाज शाखा दोहा कतारले आफ्नो दोस्रो साधारण सभा दोहा कतारको ढाका रेष्टुरेण्ट नेशनलमा २९ डिसेम्वर २००६ का दिन भव्यताका साथ संपन्न गर्यो । खुल्ला सत्रको संचालन संस्थाका सचिव हरिकुमार वस्नेत, सभापतित्व संस्थाका अध्यक्ष सुरेश राई, स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नारायण पराजुली र आर्थिक प्रतिवेदन संस्थाको कोषाध्यक्ष राई रमेश "गाउँले" ले र संस्थाकको निति तथा कार्यक्रम सचिव हरिकुमार वस्नेतले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रमुख आतिथ्य एनआरएनए आईसिसिका सदस्य भीम शर्मा पौडेल, आतिथिहरुमा एनआरंएनए एनसिसिका सदस्य टेक व. कार्की, मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजका सचिव कुमार कार्की, पाथीभरा युवा सेवा समाजका ताप्लेजुङ्गका दूर्गा प्याकुरेल, नेपाल कतार पत्रकार संघका सदस्य उत्तम श्रेष्ठ, चितवन युवा सेवा समाजका अध्यक्ष रामहरी गैह्रे, प्रवासका किरणका सह संपादक सरोज वास्तोला, किरात राई यायोख्खा दोहा कतारका सचिव जगत किनारा नायक तथा गायक अमृत थापा, नेपाल प्रवासी आदीवासी जनजाती महासंघ दोहा कतारका प्रेम लामा, गायक तथा नायक अमृत थापा लगायतका महानुभावहरुको समुस्पस्थिती रहेको थियो ।
उक्त अवसरमा सभामा वोल्दै मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजका सचिव कुमार कार्कीले खोटाङ्गेहरुको विशाल जमात देख्दा गौरव लागेको वताउँदै नयाँ वन्ने कार्य समिति सवल वनोस भन्ने अग्रिम शुभकामना ब्यक्त गर्नुभयो । त्यस्तै अर्का बक्ता चितवन युवा समुहका रामहरी गैह्रेले बोल्दै बैदेशीक भुमीमा रोजी रोटीका लागी प्रदेशीन बाध्य नेपालीहरुको सहयोगका लागी अगाडी लडी रहेको खोटाङेहरु एक उदाहरणीय भएको जनाउदै समाज सेवाको लागी अगुवाईमा जानेहरुको लागी तपाई हामी सबैको साथ अपरिहार्य रहेको बताउनु भयो । जिल्ला स्तरिय कार्यक्रममा यत्रो हल पनि अपुग हुनुमा खोटाङेहरु समाज सेवा कार्यमा अग्रपंत्तिमा रहेको बताउनु भयो । उपस्थिति जनसमुदायलाई अंकित गर्दै मुलुकमा लोकतान्त्रीक गणतन्त्रको लागी विदेशमा बस्ने १५ लाख नेपालीले एक मत जाहेर गरि आवाज उठाउनु पर्ने कुरामा जोडदिनु भयो । त्यस्तै अर्का वक्ता नेपाल कतार पत्रकार संघका सदस्य उत्तम श्रेष्ठले नयाँ साल २००७ को शुभकामना व्यक्त गर्दै अन्तरीम संविधानमा प्रवासी नेपालीहरुलेको लागी मताधिकार प्रयोग गर्न पाउने कुराको निर्णय नभएता पनि आफूले सक्दो सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी गैहृ आवसिय नेपाली समाज दोहा च्याप्टरका सदस्य टेक बहादुर कार्कीले बोल्दै जिल्ला संस्थाहरु मध्ये यो खोटाङ जागृती सेवा समाज यो अधिवेसनमा खोटाङेहरुको उपस्थिती जनसागर भएको बताउनु भयो । नेपालमा लोकतान्त्र आएको छ हामी सुखको दिनको कल्पना गर्दैछौ । आज आएर गैहृ आवासिय नेपालीहरुले उठाएको संविधान सभाको चुनावमा गैर आवसीय नेपालीले मतदान गर्ने नपाउने सरकारको निर्णय प्रति खेद प्रकट गदै गैहृ आवासिय नेपाली कै रेमिटेन्सबाट राज्य संचालन भएको स्वीकार गरि सकेको सरकारले आज प्रवासीहरुलाई बेवास्था गरिनुलाई आपति जनाउनु भयो भने १८३ दिन पुगेका नेपालीहरु स्वत गैहृ आवासिय हुन्छन आज गैहृ आवासिय नेपाली १५ लाख पुगी सकेका छन तर्सथ सम्पुर्ण गैहृ आवासियहरु को हस्तक्षर संकलन गरि संविधानका पानाहरुलाई उल्टाउनु पर्ने मा जोड दिनुभयो ।
त्यसै गरि प्रमुख अतिथी गैहृ आवासिय नेपाली संघ र अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य भिम शर्मा पौडेलले बोल्दै खोटाङेहरुको यो दोस्रो अधिवेशनको उपस्थितीलाई अंकित गदै खोटाङ जागृती सेवा समाज शाखा कतारको जागृती शब्दले नै खोटाङेहरु जागरुक छन भन्ने प्रमाणित गरेको बताउदै कतारमा मात्र नभएर खोटाङका विद्यालय, सडक निमार्ण एयर पोर्ट बनाउने जस्ता चुनौती पुर्ण कामहरुमा ठुलो धनरासी लगानी गरेकोमा खुशी व्यक्त गर्नु भयो । पौडेलले बोल्दै आगामी दिनमा हुने संविधान सभाको चुनावमा गैहृ आवासियहरुले प्रत्यक्ष रुपमा मतदान गर्न सरकारले रोक लगाए पनि आफ्ना परिवार एवं अप्रत्यक्ष रुपमा भए पनि लोकतान्त्रीक गणतन्त्रको पक्षमा तथा नयाँ नेपाल निमार्णको लागी आ-आफ्नो क्षेत्र बाट अभियान चलाउनु पर्ने कुरालाई जोड दिदै आज विदेशमा बस्ने नेपालीको श्रमको ज्याला तोकिएको छैन त्यसैले गैहृ आवासियले छुट्टै ऐन बनाएकोछ । त्यो मान्यता प्राप्त भएमा सहुलीयत हने बताउदै रोजगार एवं संसदमा दर्ता भएकोछ । यसलाई कानुनी मान्यताका लागी गैहृ आवासिय तथा नेपाल एम्वेसीले सुझाव दिएको कुरा पनि जनाउनु भयो ।
त्यस्तै गरी सभामा जगत किनारा ,प्रेम लामा, दूर्गा प्याकुरेलले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा खोटाङ्ग जागृति सेवा समाज शाखा दोहा कतारका सास्कृतिक टोलीका जीवन राई "ज्वाला", उदय चाम्ङ्गिमन राईको समुहले स्वागत गीत, रेडियो नेपालका पूर्व पत्रकार लक्ष्मी ढकालले प्यारोडी गीत, राज राईको गीत र बेखर्चि ज्ञानको गजलले दर्शक दीर्घालाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
अन्तमा सभाका सभापति सुरेस राईद्धारा आमन्त्रीत सबैलाई धन्यवाद ज्ञापन गर्दैं खुल्ला सत्रको समापन गर्नु भएको थियो । खुल्ला सत्रको समापन सँगै वन्दसत्रको संचालनको लागी निर्वाचन अधिकृत दिनेश चाम्लिङ्ग राई, सदस्यहरु लक्ष्मी प्र. ढकाल र ललित निरौलाज्यूलाई कार्यभार सुम्पने काम भएको थियो । वन्द सत्रमा सचिव र सहसचिव वाहेक सबैमा एक भन्दा वढी उम्मेदारी दर्ता भएता पनि अध्यक्ष वाहेक सवै पदमा सर्बसम्मत भएको थियो । अध्यक्ष पदमा प्रतिस्पर्धात्मक निर्वाचन प्रणालीवाट जम्मा खसेको मत २३५ मा १२० मत प्राप्त गरी राई रमेश"गाउँले" अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो भने उहाँका निकटतम् प्रतिद्धन्दी नारायण प्रसाद पराजुलीले ९३ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी संस्थाका उपाध्यक्षमा जीवन र्राई "ज्वाला", सचिव हरीकुमार वस्नेत, सहसचिव उदय खाती, कोषाध्यक्ष दुर्वासा गेलाल, सदस्यहरुमा सुरेश राई, टंक लुइटेल, टंक खत्रि, इन्द्र तामाङ्ग, छक्कराज राई र नरमणि वन्जाडे गरी ११ सदस्यीय समिति चयन गरेको छ भने दुइ सदस्य कार्य समितिले चयन गर्नेछ ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |