|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 02 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
मृगौला रोगीको सहयोगार्थ पाँच लाख भन्दा वढि संकलित |
| कुमार कार्की - 02/01/2007 |
|
मोरगं शनिश्चरे वडा नं ५ घर भई कतारमा कार्यरत राजेन्द्र कुमार कार्कीलाई उपचारका लागि सहयोग संकलन भई हाल नेपालमा निज राजेन्द्र कुमार कार्कीकै नाममा हिमालय वैंक लि. विराटनगरमा रहेको वैंक खातामा पैसा पठाउने तयारी भईरहेको कुरा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारले जनाएको छ।
कतारको एक कम्पनिमा कार्यरत कार्कीले मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहालाई दिएको निवेदनको आधारमा दोहामा प्रकाशित हुने राजधानी साप्ताहिकमा प्रकाशित समाचार तथा विभिन्न वेवर्साईटहरुमा प्रकाशित समाचारको आधारमा स्वतस्फुर्त सहयोग संकलन भएको जनाईएको छ । पिडित कार्की उपचारका लागि नेपाल फर्किई सकेको जानकारी पनि दिईएको छ । निज कार्कीले मित्र राष्ट्र भारतमा आफ्नो उपचार गराउने छन् ।
हालसम्म संकलित रकम मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज तथा निजका आफन्तहरुको सहयोगमा संकलन गरिएको थियो संकलन तथा निज कार्कीको उपचारका लागि उपचार सहयोगका लागि नेपाली राजदुतावास दोहा तथा कतारमा कार्यरत नेपालीहरुले देखाएको सदासयताको सदैव सराहना गर्ने कुरा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहाले जनाएको छ । सहयोग संकलन तथा निजको उपचारका लागि नेपाली राजदुतावास कतारवाट गरिएको सहयोग तथा पहल पनि सकारात्मक तथा सराहनिय नै रहेको जानकारी मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारले जनाएको छ ।
मोरङ्ग सुनसरी प्रवासी यवा सेवा समाज तथा निजका आफन्तहरु कृष्ण सिटौला र निजका वहिनी ज्वाई को रोहवरमा निज राजेन्द्र कुमार कार्कीको नाममा हिमालय वैंक विराटनगरमा रहेको वैंक खाता नं ००९७५०जे मा पठाउने तयारी भइरहेको कुरा जानकारी गाएका छन् । नेपाली राजदुतावास दोहा कतारको स्विकृति लिएर गरिएको सहयोग संकलनमा विभिन्न पेशामा आवद्ध व्यक्तिहरुको तर्फबाट पनि सहयोग जुटाईएको थियो ।
सहयोग संकलनका क्रममा संकलन गरिएको कुल रकम २६४५८ (छव्विस हजार चार सय अन्ठाउन्न) कतारी रियाल रहेको छ । यसरी सहयोग संकलन गरिएको रकममा राजेन्द्र प्रसाद पाण्डेवाट कतारी रियाल १०१ कतारी रियाल, वद्रि प्रसाद पाण्डेवाट ५०० कतारी रियाल, भुपति भट्टर्राईवाट ५०१ कतारी रियाल, सागर नेपालवाट १०० युएइ दिराम, टेक वहादुर कार्की ५० कतारी रियाल, कमलमणि गुरागाई ५० कतारी रियाल, के. वि. हृमाल ५० कतारी रियाल, जीत वहादुर लिम्वु, सुरेन्द्र अधिकारी, कुमार कार्कीको सकृयतामा २७५ कतारी रियाल, भुकलर सुनार मेडगल्फवाट ३४० कतारी रियाल, गणेश थापाको सकृयतामा २९३ कतारी रियाल, जिवन श्रेष्ठ मार्फ कतारी रियाल १२०, उत्तम श्रेष्ठको सकृयतामा १४२, सुवास गौतम मार्फ १५१ कतारी रियाल, मनोज वस्नेत र राजु भट्टर्राई सकृयतामा ५३४ कतारी रियाल, निज कार्यरत कम्पनि टाडमुर मा स्थापित प्रवासि नेपाली मजदुर एकता समाज वाट ४५१७ -चार हजार सत्र) कतारी रियाल, निजकै कम्पनि मा कार्यरत नेत्र खड्काको सकृयतामा १२६० कतारी रियाल, निजको कम्पनि स्टाफहरु मार्फत १५५५ (पन्ध्र सय पचपन्न) कतारी रियाल, गल्फ होर्राईजनमा कार्यरत नेपाली साथीहरु श्री दुर्गा कार्की, ओम केसि, जिवन र्राई, खेम खड्का, नगेन्द्र भण्डारी टंक कडेल, रविन्द्र थापा, प्रेम प्रर्साई, विष्णु सापकोटा र कृष्ण सिटौलाको सकृयतामा ५२४० (पाँच हजार दर्ुइ सय चालिस) कतारी रियाल, नेपाली भान्साघरमा राखिएको सुनिल महर्जनको सकृयतामा १०६० कतारी रियाल, मोहन वस्नेतको सकृयतामा ११० कतार रियाल, गेष्ट प्यालेस होटलवाट नवराज श्रेष्ठ र मनिराज अर्यालको सकृयतामा ११३५ कतारी रियाल, हमाद हस्पिटल र्डाईग्लोसिस सिस्टर माविलको सकृयतामा ७९० कतारी रियाल, हमाद हसिपटल की डाक्टर माहा वाट कतारी रियाल ३००, भुपालको सकृयतामा ७६३ कतारी रियाल रिच कार्टन होटलमा कार्यरत प्रकाश न्यौपानेको सकृयतामा ७२० कतारी रियाल, उमेश श्रेष्ट मार्फत ६१० कतारी रियाल, ओयसिस होटल मार्फत बतारी रियाल १६०, राजु मार्फत कतारी रियाल १७२, समिर श्रेष्ठ मार्फत, ६५० कतारी रियाल, अनिल सिटौला मार्फत ४६१ कतारी रियाल, भिम सारुको सकृयतामा ३२१ कतारी रियाल, सुमित खत्रिको सकृयतामा ४८४ कतारी रियाल, दिपक कटुवालको सकृयतामा ३०० कतारी रियाल, ज्योती के सि को सकृयतामा ४५० कतारी रियाल, भिम वस्नेतको सकृयतामा ३०० कतारी रियाल २६०, पृथ्वि कार्की र साथिहरुको सकृयतामा २२५ कतारी रियाल, गोपाल खड्काको सकृयतामा २७२ कतारी रियाल, दिलिप लावतीको सकृयतामा कतारी रियाल १३९, आङ्गपुर्ण शेर्पाको सकृयतामा कतारी रियाल ११६, केदार खड्काको सकृयतामा २०० कतारी रियाल सहयोग संकलन भएको छ ।
त्यस्तै मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा निजका आफन्त तथा मृगौला पिडित राजेन्द्रकुमार कार्कीका तर्फबाट सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ भने आगामी दिनमा पनि नेपाली समाजवाट एक नेपालीको सहयोगका लागि अर्को नेपाली सदैव सहयोग गरिरहने आशा गरिएको छ । अझै पनि निजलाई सहयोग गर्न चाहनेले निजको नाममा हिमालय वैंक विराटनगरमा रहेको वैंक खाता नं ००९७५० (जे) मा सिधै पैसा पठाउन सकिने जानकारी गराईएको छ ।
मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारले मृगौला रोगिका लागि सहयोग संकलन गरेको यो दाश्रो पटक भएको जानकारी दिदै यस भन्दा अगाडि मोरङ्ग राजघाट भई कतारमा कार्यरत टिका श्रेष्ठको दुवै मृगौला खरावि भई उपचार गराउनु पर्ने भएकोले त्यस वखत सहयोग संकलन गरि निजको उपचारका लागि सहयोग गरेको कुरा संस्थाका अध्यक्ष वद्रि प्रसाद विमलीले जानकारी दिएका छन् । निज टिका श्रेष्ठ स्वास्थ्य लाभ भई हाल मोरङ्गको उर्लावारीमा रहेको कुरा निजका भाई कतारमा कार्यरत जिवन श्रेष्ठले जानकारी दिएका छन् ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |