|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 02 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
सुपरस्टार नाईट कला साझ २००७ संपन्न |
| राई रमेश/सरोज/उत्तम - 02/01/2007 |
|
सद्धाम हुसेनको फासीसँगै अन्योल पूर्ण परिस्थितीमा एका एक संचालन हुँदै गरेको डिसेम्वर ३० बकर इदको पहिलो दिनको कार्यक्रम विचमा रोक्न वाध्य पारीए पनि अन्तत डिसेम्वर ३१ र जनवरी १ का दिन भव्यताका साथ "सुपर स्टार नाईट कला साँझ (२००७) दोहा कतारको अमिर सिनेमा हलमा संपन्न भयो । कार्यक्रमको संचालन चर्चित गायीका तथा समाचार वाचिका कोमल ओलीले गर्नु भएको थियो भने साथमा सुपर स्टार नायक राजेश हमाल, सुपरस्टार नायीका विपना थापा, रेजीना उप्रेती, पुजना प्रधान, गीता शाही, गायक यश कुमार, लोक गायक गायीकाहरु राजु परीयार, पार्वती जि.सि., चर्चित हास्य जोडी केदार घिमीरे, सीताराम कट्टेल (केसी) चर्चित कोरीयोग्राफर गोविन्द प्रधान लगायतका कलाकारहरुको जमघट रहेको उक्त कार्यक्रमको आयोजना कमल लामीछाने र ब्यावस्थापन भूमीराज कार्की, आशिस कार्की ,दीपक लोहनी प्रेमीले गर्नुभएको थियो ।
कार्यक्रममा कोमल ओलीले विहे भा छैन वोलको गीतमा गाउँदा सवभन्दा राम्रो नाच्ने दर्शकलाई एक/एक ओटा विहे भा छैन र पोईल जान पाम भि.सि.डि. राजेस हमालको हात वाट हस्तान्तरण गर्नु भएको थियो भने हास्य अभिनेताहरुले देशको समसामयिक विषयका साथ हास्य रसमा कोमल ओली र राजेस हमालको विवाहको कुरालाई पनि रोचक ढंगले प्रस्तुत गरेका थिए । गायक यश कुमार केही रिलिज हुन वाँकी गीत र केही पुराना गीतका साथ स्टेजमा उपस्थित हुनुहुन्थ्यो भने सदा झैं उहाँले आफ्नो माईलस्टोन गीत मैले छोएको पानी चल्दैनलाई पनि गाउन भुल्नु भएन । त्यस्तै लोक दोहारी गायक राजु परीयारले पनि जातीए असमानता संवन्धि कुन पापीले छोड्दियो जात जाती.......... वोलको गीत गाई रहँदा लोकतान्त्रिक गणतन्त्रमा अझै धेरै कुरा अपुरो भए झै लाग्दथ्यो । एक भोजपुरी केही रिमिक्स र केही लोक गीतहरुमा नायीकाहरुको गर्मा गर्मी नृत्यले दर्शकलाई कावु वाहीर पु-याएको थियो नै लोक दोहोरी गायीका कोमल ओलीको गीत पोईला जान पाम गाउँदा होस या उद्घोषणको विच विचमा ठट्टा गर्दा होस दर्शकहरुको हाँसो, ताली र सिठीले हल गुन्जाएमान भएको थियो । प्रत्यक्ष रुपमा वाजा गाजा सहितको लोक दोहोरी गीत दर्शकको अनुरोध अनुसार गाउदा दर्शक दीर्घा मात्र हैन आयोजक माहानुभावहरु पनि कम्मर मर्काई मर्काई नाचीरहनु भएको थियो । अघिल्लो दिनको अन्योल पुर्ण परिस्थितीमा भएको कार्यक्रमको रोकावटले गर्दा चिन्तित आयोजक एवं सम्पुर्ण नेपाली जनसमुदायहरु कार्यक्रमको फुकुवावाट हर्षित हुँदै कार्यक्रमा मग्न देखिन्थे भने आयोजक तथा अनिल गौतम लगाएतका स्वयं सेवकहरु टिकट चेकिङ र सिट व्यावस्थापन मात्र हैन पत्रकार र पाहुनाहरुको संमान गर्न पनि उतिकै तदारुकताका साथ लागी परीरहेका हुन्थे ।
संभवत दोहामा यती उच्च ब्यावस्थापनका साथ यती भव्य एवं रोचक कार्यक्रम पहिलो भएको दावी गर्नुहुने एक दर्शकले नाम नवाताउने सर्तमा भन्नु भयो हरेक सो मा फरक फरक प्रस्तुतीले गर्दा कार्यक्रम रोचक त छदैं थियो अझ स्वयं सेवककोहरुको उच्च सेवाले गर्दा कार्यक्रममा सुगन्ध नै थपिदियो तसर्थ यो कार्यक्रमवाट आगामी दिनमा अरुहरुले धेरै पाठ सिक्नु पर्छ । कार्यक्रम जनवरी ४ तारीख साँझ ५ वजे र ५ तारीख दिनको २ वजे अल्खोरमा प्रस्तुत गरीने हुँदा दर्शकहरुलाई पुनः एक पटक अल्खोरमा आईदिन हुन आयोजक कमल लामीछानेले अनुरोध गर्नुभएको छ ।
|
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |