nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 07 January 2007

HOME -> NEWS -> NEWS FROM QATAR


कतारमा फो लहोछार सम्पन्न

बुधबल गुरुङ्ग - 05/01/2007

कतारका तमूहरुको संगठित संस्था तमू बौद्ध सेवा समिति शाखा कतारको आयोजनामा डिसेम्बर २९, २००६ का दिन दोहा प्यालेस होटलको सभा हलमा करीब ५०० जना तमूहरु जम्मा भई यस बर्षको तमू फो ल्होछार पर्व भब्यताका साथ सम्पन्न भयो

 

तमू बौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष बुधबल गुरुङ्ग को सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई संस्थाका निर्देशक सल्लाहकार श्री बील गुरुङ्गले संचालन गर्नु भएको थियो भने नेपाली दुतावासका कार्यबाहक राजदुत श्री राजेन्द्र पाण्डेको प्रमुख आतिथि हुनुहुन्थ्यो

 

तीन चरणमा विभाजित सो कार्यक्रममा संस्थाका सल्लाहकार तथा तमू फो ल्होछार मिलन समारोह २००६ का संयोजक श्री अमृत गुरुङ्गले स्वागत मन्तब्य श्री शान्ति गुरुङ्ग श्री विजया गुरुङ्गले खाता ओडाई अतिथिहरुलाई स्वागत गरिएको थियो सो कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाति महासंघका सल्लाहकार दिलकिरण खजुम, नेपाल प्रवासी संपर्क मञ्चका बीर बहादुर थापा, प्रवासी मगर संघका दिलिप राना, आप्रवासी तामाङ्ग समाज कतारका प्रेम बहादुर लामा, किरांत र्राई यायोख्खाका जगत किनारा, नेपाल कतार एकता समाजका पुस्कर श्रेष्ठ, राजधानी साप्ताहिकका प्रबन्ध निर्देशक आशिष शेरचन उपसम्पादक दिपक पौडेल, गैर आवासिय नेपाली संघ दोहाका अध्यक्ष कमलमणी गुरागाई, अर्घाखाँची क्षेत्र नं का सांसद श्री डिलराम आचार्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो

 

प्रमुख अतिथिबाट दिप प्रज्वलन गराई उद्घाटन गरिएको सो कार्यक्रममा संचालकबाट तमू संस्कृति पर्व, रितिरिवाज ल्हो को विषयमा बिशेष जानकारी सहित शुरु गरिएको थियो कार्यक्रममा जनजातिहरुको तर्फबाट दिलकिरण खजुम, संघ संस्थाहरुको तर्फबाट बीर बहादुर थापा, पुस्कर श्रेष्ठ गैर आवासिय नेपाली संघ दोहाका अध्यक्ष कमलमणी गुरागाईले पनि शुभकामना मन्तब्य दिनु भएको थियो माननिय सांसद श्री डिलराम आचार्यले जनजातिहरुलाई यस पटकको अन्तरिम संविधानमा पनि माछो माछो भ्यागुतो बनाएको जनजातिहरुले अब सचेत भई एक जुट भई अगाडि बढ्नु पर्ने धारणा राख्दै कतारका नेपालीहरुले संविधान सभामा प्रवासबाट पनि भाग लिन पाउनु पर्ने माग सहित जनजातिको हितको लागि नेपालमा बढीरहेको आन्दोलनलाई थप सहयोग पुग्न हस्ताक्षर संकलन गरि पर्ठाई दिन हुन अनुरोधका साथ तमू साथीहरुको उन्नतिको लागि शुभकामना दिनु भयो त्यस्तै कार्यबाहक राजदुत पाण्डेले कतारमा कार्यरत अन्य संस्थाहरु भन्दा आफ्नो भाषा संस्कृतिको संरक्षण गर्न यस संस्था अगाडि रहेको आगामी दिनहरुमा अझ अगाडि बढ्न सकोस् भनी शुभकामना दिनु भयो

 

कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम राखिएको थियो संस्थाको सांस्कृतिक उप समितिका सह संयोजक श्री बिमल गुरुङ्गको संयोजकत्व तथा नृत्य निर्देशक कुमार गुरुङ्गको निर्देशनमा सन्ध्या ग्रुप अलखोरका कलाकारहरु तमू सांस्कृतिक समूहका कलाकारहरुले तमू सांस्कृति झल्कने खालका गित तथा नृत्यहरुले कार्यक्रममलाई अति नै मनोरन्जनात्मक बनाएको थियो कार्यक्रममा उपस्थित अतिथि तथा कलाकारहरुलाई सहभागि तमू साथीहरुलाई तमू बौद्ध सेवा समिति शाखा कतारका उपाध्यक्ष श्री लक्ष्मी गुरुङ्गले धन्यबाद ज्ञापन गर्नु भएको थियो कार्यक्रमलाई तमू फो ल्होछार मिलन समारोह कार्यक्रमका सभापति तथा तमु बौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष बुधबल गुरुङ्गले कार्यक्रम सम्पन्न गर्न आफ्नो क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट सहयोग गर्नुहुने साथीहरु , अतिथिहरु सबैलाई आभार सहित धन्यवाद दिदै सम्पूर्ण तमुहरुको दिर्घायु शुशान्ति, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रम समापन गरिएको थियो

 

तत् पश्चात कार्यक्रमको अन्तिम चरणमा परम्परा अनुसारको फो ल्होछार स्वरुप भोजको आयोजना गरिएको थियो

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com