nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 08 January 2007

HOME -> NEWS -> NEWS FROM QATAR


कतारमा २००६ मा १३७ जना नेपालीको मृत्यु

नेक सम्वाददाता - 08/01/2007

कतारमा कार्यरत नेपालीहरुको मृत्युहुनेको संख्यामा वृद्धि भएको छ । सन् २००६ मा विभिन्न कारणबाट मृत्युहुने नेपालीको संख्या १३७ रहेको नेपाली दूतावासबाट प्राप्त तथ्याङ्गमा जनाइएको छ । सो संख्या गत वर्ष ११८ रहेको थियो भने सन् २००४ मा १०४ मात्र थियो ।  

 

सन् २००५ को तुलनामा २००६ मा नेपालीहरुको मृत्युहुनेको संख्या बढ्नुमा नेपाली कामदारको संख्या बढ्नु नै मुख्य रहेको छ । नेपाली कामदारहरुको आधिकारीक संख्या एकिन नभए पनि हाल १ लाख ० हजार भन्दा बढी नेपालीहरु कतारमा कार्यरत रहेको अनुमान गरिएको छ ।

 

मृत्यु हुनेहरुको संख्या अक्टुबरमा सबैभन्दा बढी १७ रहेको छ भने जूनमा सबैभन्दा कम ६ जना रहेको छ । जनवरी देखि डिसेम्बरसम्म क्रमश: १०, १०, १०, १३,,,, १५, १०, १७, १५ तथा १४ जना नेपालीको मृत्यु भएको पनि तथ्याङ्गकमा जनाईएको छ ।

 

मृत्यु हुनेहरुमा अधिकतम कार्डियो-रेस्पिरेटोरी फेलियरबाट भएको देखिन्छ । यसलाई प्राकृतिक मृत्यु (नेचुरल देथ) को रुपमा लिइन्छ । गत वर्ष कार्डियो-रेस्पिरेटोरी फेलियरबाट मृत्यु हुने नेपालीको संख्या ५८ रहेकोमा यस वर्ष यो संख्या ६१ मा पुगेकोभने सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या यस वर्ष ३४ (गत वर्ष ३५) रहेको छ ।

 

त्यस्तै मृत्यु हुनुका अन्य कारणहरु मध्य कार्यस्थल दुर्घटनाबाट २६ जना (गत वर्ष १ जना); आत्महत्याबाट जना (गत वर्ष जना); तथा विभिन्न रोगका कारण १० जना (गत वर्ष नभएको) प्राप्त तथ्याङ्कमा जनाईएको छ ।

 

यस वर्ष मृत्यु हुने नेपालीहरुमध्ये अधिकांशको शव नेपाल पठाईएको छ भने केहीलाई आफन्तको सहमतिमा कतारमै अन्तिक संस्कार गरिएको जनाईएको छ । हरेक महिना १२ जनाको हाराहारी नेपालीको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउदछ भने नेपाली दूतावास मृतक नेपालीको शव नेपाल सक्दो चाँडो पठाउन हरदम प्रयत्नरत रहेको देखिन्छ । आवश्यक कानूनी प्रकृया पुरा गरि सरदरमा ५/७ दिन भित्र मृतकको शव नेपाल पठाईने गरिएको छ । दुर्घटनामा मृत्यु हुने नेपालीहरुको क्षतिपूर्तिको लागि दूतावास कै तर्फबाट यहाँका अदालतहरुमा मुद्दा चनाईने पनि गरिएको छ । 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com