|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 15 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
दोहामा ३५० नेपाली कामदार अलपत्र |
| नेक सम्वाददाता - 15/01/2007 |
|
गत जूलाई महिनामा कतार पुगेका करिव ३५० जना नेपाली कामदारहरु आफू कामगर्ने कम्पनीका सम्बन्धित अधिकारीहरु वेपत्ता भएपछि अलपत्र परेका छन् ।
दोहामा हालै सम्पन्न १५औ एसियाली खेलको तयारीको काम जिम्मा लिएको नेशनल प्रोजेक्ट एण्ड जेनेरल कम्पनीले आफ्नो काम पुरा गरेता पनि कामदारहरुलाई नयाँ काम दिलाउन सकेको थिएन । गत डिसेम्बर मध्य देखि काम नपाएका यि कामदारहरुले दुई महिना देखिको तलब पनि लिन बाँकी रहेको वताउदछन् ।
सोही कम्पनीमा कार्यरत ५० जना महिला कामदारको हकमा अर्को क्लिनिङ्ग कम्पनीमा करारमा काम दिईएको अवस्था रहेकोले तिनीहरुभने लगातार काममा गईरहेका छन् ।
केहि समय देखि काम नभएको तथा तलब नपाएको गुनासो सहित दोहा स्थित नेपाली दूतावासमा सहयोगको लागि पुग्ने गरेका कामदारहरु आफूहरुलाई अलपत्र पारेर कम्पनीका अधिकारीहरु वेपत्ता भएपछि पुन दूतावासको शरणमा पुगेका थिए ।
कामदारहरु मगाउनु अधि दूतावासका कर्मचारीद्वारा कम्पनी तथा कामदारको आवासभवनको निरिक्षण गरिएको थियो ।
सनैया स्थित औद्योगिक क्षेत्रमा कामदारहरुको आवास तथा कार्यालय राख्दै आएको सो कम्पनीले केही हप्ता अगाडी भेजिटेवल मार्केटमा आफ्नो कार्यालय स्थानान्तरण गरेको थियो । दूतावासले कम्पनीको नयाँ कार्यालयमा गई सम्पर्क गर्दा त्यहाँ केही तल्लो स्तरका कामदार बाहेक कोही नभएको पाएपछि कतारको श्रम विभागमा उजूरी दर्ता गराएको छ ।
श्रम विभागले पनि यो समाचार सम्प्रेषण गर्दा सम्म कम्पनीका अधिकारी तथा स्पन्सरसंग सम्पर्क कायम गर्न सकेको छैन ।
नेपालमा स्थानिय म्यानपावर कम्पनीलाई ७० हजार देखि १ लाख ३० सम्म तिरेर दुई वर्षको करारमा कतार आएका कामदारहरु यसरी अलपत्र परेपछि नेपाल फर्काइने हो की भन्ने डरमा वसिरहेका छन् । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |