nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 15 January 2007

HOME -> NEWS -> NEWS FROM QATAR


मृत्युदण्ड विरुद्धको अपिलमा सुनुवाई शुरु

नेक सम्वाददाता - 15/01/2007

दोहा, गत डिसेम्बरमा यहाँको एक अदालतले एक नेपाली सहित तिन जनालाई मृत्युदण्डको सजाय सुनाएकोमा सो सजायको विरुद्धमा गरिएको अपिल माथि माथिल्लो अदालतमा सुनुवाई शुरु भएकोछ ।

 

एक ईण्डोनेसियन महिलालाई वेश्यावृत्तिमा लगाएको तथा हत्या गरेको आरोपमा सो सजाय सुनाईएको थियो

 

सिराहा जिल्ला वेलाहा-७ घर भई दोहामा घरायसि कामदारका रुपमा कार्यरत ४२ वर्षिय चन्द्र शेखर यादवलाई कतारको तल्लो अदालतले मृत्यदण्डको सजाय सुनाए पछि निज यादवले दोहा स्थित नेपाली दूतावासलाई सहयोगको लागि अपिल गरेका थिए ।

 

आफ्नो नागरिकको सुरक्षको लागि दूतावासले गत डिसेम्बर १५ तारिखका दिन कतारमा कार्यरत नेपाली सामाजिक संघ तथा सामाजिक कार्यकर्ताहरुको एक भेला गराई कार्यवाहक राजदूत राजेन्द्र पाण्डेको संयोजकत्वमा चन्द्र शेखर सहयोग समितिको गठन गरेको थियो । सोही समितिले "एक नेपाली एक रियाल" को नारा सहित निज यादवलाई दिईएको सजायको विरुद्धमा अपिल गर्न चन्दा संकलन कार्य तिव्र पारेको छ भने स्थानिय कानूनविद्‌ मोना अब्देल रहिम हुसेन एहिदलाई चन्द्र शेखरको तर्फबाट वचाउ पक्षको वकिलमा राखेको छ ।

 

दोहा स्थित ईण्डोनेसियन दूतावासले आफ्नो कुनै नागरिक हराएको वा मृत्यु भएको पुष्टि हुन नसकेको भनि दिएको वयानको आधारमा निज चन्द्र शेखरलाई रिहा गराउन सकिने तर्क वकिल मोना अब्देल रहिमको रहेको छ ।

 

सोही अभियोगमा ग्यारेज गार्डका रुपमा कार्यरत लम्जुङ्ग मुंगेबजार ६ का बुद्धिमान गुरुङ्गलाई २ वर्ष जेल तथा २००० कतारि रियाल जरिवानको फैसला तल्लो अदालतले दिएको थियो भने अन्य अन्य दुई जना भारतिय नागरिकलाई पनि मृत्युदण्डको सजाए सुनाएको थियो ।

 

थप समाचार: नेपालीलाई मृत्युदण्ड

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com