|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 20 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
एशियाली खेलका स्वयंम सेवकहरु सम्मानीत |
||
| नेक सम्वाददाता - 20/01/2007 | ||
कतारमा गत डिसेम्बर १ देखि १५ सम्म आयोजना भएको १५ औ एशियाली खेल भव्यताका साथ सफल हुनुमा खेलसंग संलग्न स्वयमं सेवकहरुको ठूलो योगदान रहेको १५औ एशियाली खेल आयोजक कमिटिले जनाएको छ । विश्व खेल जगतमा नै अभुतपूर्व तथा भव्यताका साथ १५ औ एशियाली खेल आयोजना गर्न सकेकोले नै २०१६ मा हुने ओलम्पिक खेलको लागि कतारले दावा गरेको हो । स्वयमं सेवकहरुलाई सम्मान गर्न आयोजिक एक समारोहमा सो कुरा जनाईएको हो । १५औ एशियाली खेललाई सफल बनाउन विशेष भूमिका खेल्ने १०० राष्ट्रका १७ हजार स्वयम सेवकहरुलाई आयोजक कतारले कदर पत्र सहित १५ औ एशियाली खेलको प्रतिक अंकित गोलाकार डिजाइन र सूर्य किरणको बुट्टाहरु रहेको सुन को रंग पोतिएको पदक प्रदान गरेको थियो । सम्मानीत स्वयमं सेवकहरुमा करिब १५०० नेपालीहरु रहेको अनुमान गरिएको छ ।
१५ औ एशियाली खेलमा दर्शकलाई व्यवस्थापन गर्ने देखि यातायात व्यवस्थापन, सुरक्षा, समुद्घाटन तथा समापन समारोहमा प्रस्तुत संस्कृतिक कार्यक्रम लगायत विभिन्न क्षेत्रमा नेपाली युवाहरुको टोलीले स्वयमं सेवकको भूमिका निर्वाह गरेको थियो ।
अल-अरवि स्पोर्टस् क्लवमा कार्यरत मोरङ केरावारी ९ का सरोज बास्तोला एशियन गेम को लागी कम्पनि बाट १ महिना छुट्ट लिएको बताउनु हुन्छ । एशियन गेममा निकै चाख रहेको बताउनु हुने बास्तोला केहि पाउछु भन्ने आशा वेगरनै एशियन गेमको स्वयेम सेवक मा समावेश भएको तर आज विश्वलाई नै चुनौती दिदै कतारमा सम्पन्न भएको एशियन गेमको खुशीयालीमा एशियन गेम कमिटीले कदर पत्र सहित स्वर्णपदकले सम्मान गरेकोमा आफु अत्यन्त खुशी रहेको बताउनु भयो ।
त्यस्तै खलिफा स्टेडियममा स्वयेम सेवक का ग्रुप लिडर भई कार्यगरेका रमेश राई गाऊले तथा १५औं एसियाली खेलको उद्घाटन रमारोहमा मेन डान्सरको रुपमा काम गरेका स्वयेम सेवक उत्तम श्रेष्ठ सेन करिब चार महिना जतीको अथक प्रशिक्षण पश्चात सफल भएको बताउदै भाग्यले साथ दिएर मात्र यत्रो ठुलो खेलको आयोजनामा स्वयम सेवक हुन पाएको हो भन्दै "यो एउटा अवसर र अनुभव बटुल्ने बेला थियो, जुन बेलालाई हामीले सही तरीकाले सदुपयोग गर्यौ तर केही फाईदा वा आर्थिक लाभ होलाकी भनेर आश गरेका थिएनौ । आज आयोजक कतारका युवराज तथा यस खेलकुद परिषदका अध्यक्ष सेख तमिमको हस्ताक्षर सहिदको कदर पत्र र स्वर्णपदक पाएकोमा अत्यन्त खुशी लागेको छ ।" |
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |