|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 20 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
नयाँ नेपालको निर्माणमा सहयोगको अपिल |
| नेक सम्वाददाता - 20/01/2007 |
|
दोहामा स्थापित नेपाली जनप्रगतिशिल मञ्चले एक विज्ञप्ति प्रकाशित गरि प्रतिक्रियावादी तथा यथास्थितीवादीहरुका तमाम भ्रमहरुलाई चिर्दै आगामी सविधानसभाको चुनावका निम्ती एक दशक भन्दा लामो वलिदानीपूर्ण सशस्त्र संघर्षबाट खारिएको, विचार र ब्यवाहरमा राष्ट्रका कर्णधार यूवा शक्तिको प्रतिनिधित्व गर्ने मूलुकको उदिएमान पार्टी नेकपा माओवादीको लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी मूलुकको पुन सरचना गर्दै समावेशि, सम्पन्न, नयाँ नेपालको निर्माण गर्ने महान अभियान प्रति नैतिक, भौतिक र हरेक प्रकारको सहयोग पुर्याउनु हुन समस्त प्रवासी तथा स्वदेशवासी नेपालीहरुलाई हार्दिक अपिल गरेको छ ।
मञ्चका संयोजकद्वारा वितरित विज्ञप्तिमा २३८ वर्ष देखि बिद्यमान सामान्ती र्सबसत्ताावादी शोषण र उत्पिडनको अन्त्य गर्दै देशमा स्थायी शान्ति, समुन्नती र आमूल परिवर्तनका निम्ती नेकपा माओवादी द्वारा ११ बर्ष देखि सशस्त्र जन विद्रोह संचालित गर्दै आएको कुरा सर्वबिदितै छ भन्दै नेकपा माओवादीले विगतका शाही सरकारहरुसँग भएका विभिन्न चरणका वार्ताहरुमा समेत गोलमेच सम्मेलन, अन्तरिम सरकार र सविधानसभाको चुनावका माध्यमद्वारा लोकतान्त्रिक गणतन्त्रको स्थापना, राष्ट्रको समावेशि पुन संरचना गर्दै नयाँ नेपालको स्थापना गर्ने जस्ता एजेण्डाहरुलाई शसक्तरुपमा राख्दै आएको थियो भनिएको छ । विज्ञप्तिमा ति एजेण्डाहरुमा निरंकुश शाही सत्ता सहमत हुने कुरै थिएन । निरंकुश शाही साशनको तिब्र दमनका बावजूद पनि सशस्त्र जन विद्रोहको थप सफलता, जनताको स्थायी शान्ति र परिवर्तनको चाहनाका कारण सात राजनैतिक दल र नेकपा माओवादी बिच भएका १२ बुदे समझदारी र यसै समझदारीका आधारमा भएको सफल संयुक्त जन आन्दोलन २०६२-६३, ८ बुँदे समझदारी, नेपाल सरकार र नेकपा माओवादी बिच भएको बिस्तृत शान्ति सम्झोता हुदै हाल अन्तरिम सविधान जारी भइ राजालाई अधिकार विहिन बनाएको छ तथा आम नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएको छ भनिएको छ । नेपालको इतिहासमा नै पहिलो पटक जन अनुमोदित राजनैतिक दल तथा उनिहरुका प्रतिनिधीहरुले अन्तरिम संविधानको निर्माण तथा जारी गरेको अवस्था छ । अब नेपाली जनतालाई संविधानसभाको चुनावका माध्यमद्वारा नयाँ नेपालको नक्शाङ्कन गर्ने नयाँ संविधानको निर्माण गर्ने गहन अभिभारा आएको छ भनिएको छ ।
विज्ञप्तिमा मूलुक अहिले सविधानसभा मयः भएको छ । नेपाली जनतालाई वास्तविक परिवर्तनको पक्षपातीको र यथास्थितीवादीको भन्ने छुट्याउने गहन चुनौती आएको छ । हिजोका संविधानसभाका बिरोधिहरु, गणतन्त्रको ग उच्चारण गर्न नसक्ने या नचाहनेहरु र मूलुकको संघिय पुन संरचनाका विरोधीहरु आज संविधानसभा आफ्नो एजेण्डा भएको, नेकपा माओवादी पार्टी राजावादी र विखण्डनवादी भएको आरोप लगाइरहेको छन् । यो घडीमा पनि सहि र गलत को भन्ने छुट्याउन नसकेर या वहकाउमा लागेर गलत निर्णय गर्न पुगेमा मूलुक फेरी यथास्थितीको शिकार हुने छ र नयाँ नेपालको सपना आकाशको फल आँखा तरी मर हुने छ भनिएको छ ।
विज्ञप्तिको अन्तमा, अर्को तिर लोकतान्त्रिक, समावेशि र आर्थिक, सामाजिक, साँस्कृतिक आदी हरेक क्षेत्रमा सुसम्पन्न नेपाल भए मात्र हामी प्रवासी नेपाली मात्र होइन स्वदेशमा रहेका हरेक वर्ग, समुदाय, धर्म, भाषा, क्षेत्र आदीका विविध समस्याहरु समाधान हुन सक्छन् । त्यसैले प्रतिक्रियावादी तथा यथास्थितीवादीहरुका तमाम भ्रमहरुलाई चिर्दै आगामी सविधानसभाको चुनावका निम्ती एक दशक भन्दा लामो वलिदानीपूर्ण सशस्त्र संघर्षबाट खारिएको, विचार र ब्यवाहरमा राष्ट्रका कर्णधार यूवा शक्तिको प्रतिनिधित्व गर्ने मूलुकको उदिएमान पार्टी नेकपा माओवादीको लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी मूलुकको पुन सरचना गर्दै समावेशि, सम्पन्न, नयाँ नेपालको निर्माण गर्ने महान अभियान प्रति नैतिक, भौतिक र हरेक प्रकारको सहयोग पुर्याउनु हुन हामी समस्त प्रवासी तथा स्वदेशवासी नेपालीहरुलाई हार्दिक अपिल गर्दछौं भनिएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |