|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 22 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
खोटाङ्ग जागृतिको कार्य समितिलाई पूर्णता |
| नेकका लागि राई रमेश गाईले - 22/01/2007 |
|
खोटाङ्ग जागृति सेवा समाज शाखा दोहा कतारले आफ्नो कार्य समितिलाई पूर्णता दिएको छ । नयाँ कार्य समितिको पहिलो र संस्थाको नियमित ३४ औ बैठकको निर्णय मुताविक र संस्थाको विधानको परिच्छेद ७ को दफा ११ वमोजिम छ सदस्यीय सल्लाहकार समिति र मनोनयन गर्नु पर्ने दुइ सदस्यलाई पनि मनोनयन गरेको छ भने संस्थाको कामलाई सुचारु र पारदर्शी वनाउनलाई पाँच विभिन्न विभागहरु पनि गठन गरेको छ ।
मनोनित सल्लाहकारहरुमा सल्लाहकार संयोजक सुरेश राई, सदस्यहरुमा नारायण प्र. पराजुली, ललित निरौला, दीनेश चाम्लिङ्ग राई, प्रितीराज राई र लक्ष्मि प्र. ढकाल रहनु भएको छ । त्यसै गरी मनोनित हुने सदस्यहरुमा उदय चाम्लिङ्ग राई र आचार्य हुनुहुन्छ ।
गठित नयाँ विभागहरुमा जीवन राईको संयोजकत्वमा खेलकुद, साहित्य तथा संस्कृति विभाग, हरिकुमार वस्नेतको संयोजकत्वमा प्रचार तथा प्रकाशन विभाग, टंक खत्रिको संयोजकत्वमा संघ संस्था समन्वय विभाग, दुर्वासा गेलालको संयोजकत्वमा आर्थिक विभाग र उदय खातिको संयोजकत्वमा अनुसाशन अनुगमन विभाग गठन गरी संयोजकलाई सात देखि एघार सदस्यिय विभागीय सदस्यहरुको नामावलि कार्य समितिलाई फेव्रअरी तेस्रो हप्तासम्म उपलव्ध गराउनलाई निर्देशन दिईएको छ भने आवस्यकता हेरी विभागको संख्या विस्तार गर्न पनि सकिने कुराको जानकारी संस्थाका सचिव हरिकुमार वस्नेतले वताउनु भयो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |