|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 22 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
दोहामा पश्चिमाञ्चल साहित्यिक मञ्चको गठन |
| नेकका लागि राई रमेश गाईले - 22/01/2007 |
|
दोहामा संघ संस्था खोल्ने वन्द हुने र टुक्रिने क्रम सँगै एउटा नौलो संगठनको स्थापना भएको छ । "पश्चिमाञ्चल साहित्यिक मञ्च दोहा कतार" नाम दिएर गत जनवरी ९, २००७ मा विधिवत तदर्थ समितिको रुपमा स्थापित यस संस्थाको संयोजकमा अर्जुन निर्जन पौडेल हुनुहुन्छ भने सदस्यहरुमा रामेश्वर शर्मा, रामकृष्ण सुवेदी, चक्रपाणी पौडेल, एम. रेग्मी, होम व. गुरुङ्ग, शंकर सुवेदी रहनु भएको छ । "स्रस्टालाई संमान, फूललाई सलाम, हिमाल लाई प्रणाम" भन्ने नाराका साथ विसुद्ध साहित्यिक संस्थाको रुपमा स्थापित यस संस्थाको उद्देश्य पनि दोहाको लागी केही नौलो छ । महिनाको एउटा शुक्रवारलाई अक्षर यात्राको रुपमा मनाउने तयारी गरीरहेको यस संस्थाले, अर्धवार्षिक मुख पत्र प्रकाशन, नेपालमा ओझेलमा परेका साहित्यकारहरुको पुस्तक प्रकाशन गरीदिने कार्य गर्ने लक्ष्य लिएको छ । जस्को लागी जातिय, क्षेत्रिय रुपमा तीन सदस्यिय सिफारिस समिति पनि चाडै नै गठन गर्ने भएको छ भने हालै मात्र नेपालको हाम्रो मझेरी साहित्यिक प्रतिष्ठान चितवनलाई रु. ३०००/ तीनहजार र नविनतम् साहित्यिक संसार पोखरालाई रु. २०००/ दुइहजार आफु आफु विच रकम संकलन गरेर आर्थिक सहयोग पनि गरिसकेको छ ।
के हो त अक्षर यात्रा भन्ने हाम्रो प्रश्नलाई प्रस्टाउदै अर्जुन निर्जन पौडेलले भन्नु भयो, अक्षर यात्रा भनेको स्रष्टाहरु कुनै नयाँ स्थानमा गएर त्यस स्थानको वारेमा तत्कालै साहित्य सृजना गर्नु अर्थात प्रकृतिसँग शब्दको समान्जस्यता नै अक्षर यात्रा हो । जुन नेपालमा निकै अगाडी देखी प्रचलनमा आए पनि दोहाको लागी नौलो वन्न सक्छ । हाल पश्चिमाञ्चलका १६ जिल्ला मध्ये ९ वटा जिल्लाको स्रष्टाहरुको सहभागिता संस्थामा रहे पनि निकट भविष्यमा सम्पूर्ण पश्चिमाञ्चल वासीलाई समेट्ने लक्ष्य लिएको यस संस्थाले हाल प्रति सदस्य मासिक २० रियाल कार्यालय संचालनार्थ संकलन गरीरहेको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |