nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 22 January 2007

HOME -> NEWS -> NEWS FROM QATAR


तामाङ्गहरुको फाक ल्होछार २८४३ भव्य रुपमा संपन्न

नेकका लागि राई रमेश गाईले तथा स्वयम्बर सिंह लामा - 22/01/2007

आप्रावासी तामाङ्ग समाज दोहा कतारले २८४३ औं फाक ल्होछार दोहाको दोहा प्यालेस होटलमा १९ जनवरी २००७ का दिन भव्य रुपमा संपन्न -यो

 

कार्यक्रम स्थल दोहा प्यालेस होटलको हल खचाखच भरिएको थियो भने होटलले हल उपलब्ध गराउन ढिलाई गरेकोले आयोजकहरु हल सजावटमा नै व्यस्त देखिन्थे । विदेशी पाहुन लगाएत अतिथिहरु आईसक्दा पनि सजावटको काम सकिएको थिएन जस्ले गर्दा २ बजे शुरु हुने भनिएको कार्यक्रम साढे चार बजे मात्र शुरु हुन सक्यो ।

 

कार्यक्रमको संचलान लक्ष्मण तामाङ्ग विनेस तामाङ्गले सयुक्त रुपमा गर्नु भएको थियो भने सभापतित्व आप्रावासी तामाङ्ग समाज दोहाका अध्यक्ष शुक्र . तामाङ्ग तथा स्वागत मन्तव्य जि.वि. तामाङ्गले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावासका कार्यवाहक राजदुत राजेन्द्र पाण्डे रहनुभएको थियो भने विषेश अतिथिमा नेपाल प्रवासी जनजाती माहासंघका अध्यक्ष अमृत गुरुङ्ग तथा अतिथिहरुमा एन.आर.एन.. आई.सि.सि.का उपाध्यक्ष सागर नेपाल, एन.आर.एन..एन.सि.सि. दोहाका अध्यक्ष कमलमणि गुरागाई, खोटाङ्ग जागृति सेवा समाज शाखा दोहा कतारका अध्यक्ष राई रमेश "गाउँले", राजधानी साप्ताहिकका उप संपादक दीपक पौडेल, नेपाल कतार पत्रकार संघका सभापति रवि भट्ट, प्रवासी नेपाली सम्पर्क मञ्चका उपाध्यक्ष वीर . थापा, प्रवासी मगर संघका महासचिव छत्र घले, किरात याक्थुङ्ग एकता समाजका उपाध्यक्ष धनराज नेम्वाङ्ग, तमुवौद्ध सेवा समितिका लक्ष्मि गुरुङ्ग, एन.आर.एन. दोहाका सल्लाहकार बद्री प्र पाण्डे, श्रीमति पाण्डे, सानीमा वैंकका कुमार लम्साल, डिलक्स ट्राभल्सका निर्मल सुन्दास, संन्ध्या ग्रुपका वीरेन्द्र याक्थुङ्गवा आदि उपस्थित रहेको उक्त कार्यक्रममा वौद्ध धार्मिक विधी अनुसार लामा गुरुहरु गरफ लामा शुक लामा द्धारा मन्त्रोउच्चारण सहित प्रमुख अतिथि विषेश अतिथिद्वारा ध्वाजा गाडे पछि शान्तिको नाममा दुइ मिनेट सम्म " माने पेमे" मन्त्रोचारण गरीएको थियो

 

कार्यक्रम स्थललाई काठमाण्डौ वौद्धको झल्को आउने गरी साज सज्जा गरीएको उक्त कार्यक्रममा अतिथिहरुलाई खादा ओडाएर स्वागत जि.वि. तामाङ्गले गर्नु भएको थियो । कार्यक्रममा स्वागत गीत लगाएतका अधिकांस गीत तामाङ्ग सेलोहरु तामाङ्ग भाषामा नै प्रस्तुत गरीएको थियो कार्यक्रममा दल . लामाको गीती एल्वम "झिल्के दाइ" को पनि विमोचन गरीएको थियो भने कार्यक्रलाई रौनकता सन्ध्या ग्रुपका कर्म योञ्जन, फुवा योञ्जन, हरिचन्द्र श्रेष्ठ, पाण्डव राइ, चिन्तामणि साथीहरुको नृत्य तथा फेमीली म्यूजिक समुहका कलाकारहरु अम्विका क्षेत्री, अस्मिता वि., प्रभा राई, मिना गुरुङ्ग कमल गाउँले, लाल . सुनुवार, राजजकुमार गर्न्धर्व, जनक भट्टराई लगाएतका कलाकारहरुको "छिनको छिनैमा" वोलको लोक दोहोरी गीतले दर्शहकहरुलाई नचाउन सफल भएको थियो । ठाउँ स्यानो भएको तथा दर्शकहरु धेरै भएका कारण ढोकामै उभेर हेर्नेहरुको कमी थिएन भने धेरै दर्शकहरु निराश भएक फर्कनुपरेको थियो । कार्यक्रमको व्यवस्थापन उचित भएतापनि पछाडीबाट दर्शकहरुले सांस्कृतिक कार्यक्रम हेर्न नसकेपछि कुर्सिहरु खप्ठाएर उठेका थिए ।  

 

कार्यक्रममा ल्होछारको वारेमा प्रस्ट पार्दै जि.वि मोक्तानले ल्होछार खास गरी तोला ल्होछार, गेल्वो ल्होछार सोनाम ल्होछार गरी तीन किसिमको हुने तोला ल्होछार गुरुङ्गहरुले ,गेल्वो ल्होछार शेपाहरुले सोनाम ल्होछार तामाङ्गहरुले मनाउने गरेको कुरा वताउनु भयो सोनाम ल्होछार माघ महिनाको शुल्क पक्षको प्रतिपदाको दिन मनाईने यो ल्होछार पर्व शुभकामना आदान प्रदान रमाईलो गरी मनाईने गरेको कुरा प्रष्टाउनु भएको थियो कार्यक्रम तामाङ्ग वाजा डम्फु, तामाङ्ग संस्कृति, रिति रिवाजको वारेमा पनि तामाङ्ग भाषा, नेपाली भाषा अंग्रेजी भाषामा प्रष्र्टाईएको थियो कार्यक्रममा शेर्पाहरुको नृत्य पेम्वा शेर्पा, पासाङ्ग शेर्पा, नीमा शेर्पाले प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा गीत तथा नृत्यहरु औतार सिंह लामा, माईला लामा, दल . लामा, बुद्धिमान तामाङ्ग, कुमार तामाङ्ग, राम लामा, चन्द्र वाईवा, सुमन तामाङ्ग, पासाङ्ग लामा लगाएतका तामाङ्ग समाजका कलाकारहरुले उत्कृष्ठ गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने उद्घाटनमा तामाङ्ग चेलीहरु हेमारानी तामाङ्ग लिलिमाया तामाङ्गले सहयोगीको भुमिका खेल्नु भएको थियो

 

कार्यक्रममा शुभकामना मन्तव्य दिदैं एन.आर.एन.. दोहाका सल्लाहकार बद्री प्र. पाण्डेले दोहामा तामङ्गहरु आफ्नो संस्कृति जोगाउन यसरी लागी परेकोमा खुसी ब्यक्त गर्दै आगामी वर्षमा अझ भव्य कार्यक्रमको आयोजना गर्न सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्नु भयो एनआरएन दोहाका अध्यक्ष कमलमणि गुरागाईले अव देशमा जनआन्दोलन भाग - ले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको पूर्वाधार खडा गरीसकेको हुनाले कसैले पनि जातियता कै आधारमा उच निच हुनु पर्दैन केही अवशेषहरु वाँकी भएमा पनि यो फोक ल्हाछारको अवसरमा ती सवै कुराको अन्त्य होस भन्ने शुभकामना ब्यक्त गर्नु भयो त्यसरी नै अर्का वक्ता सागर नेपालले कार्यक्रम आयोजकको प्रशंसा गर्दै आफ्नो जीवन स्तर जातियता उकास्न आफै लाग्नु पर्ने त्यो जोस जाँगर यस फोक ल्होछारले दिओस भन्ने शुभकामना ब्यक्त गर्दछु भन्नु भयो त्यस्तै अर्का वक्ता विषेश अतिथि अमृत गुरुङ्गले हामी जनजातीहरु सास्कृतिक मात्र हैन राजनितिक परीवर्तनमा पनि एक भएर लाग्नु पर्ने कुरा औल्याउनु भएको थियो त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक राजदुत राजेन्द्र पाण्डेज्यूले कार्यक्रम भव्य भएकोमा प्रसंसा गर्दै यसरी नै सम्पूर्ण संघ संस्थाहरुले आफ्नो रिती रिवाज संस्कृति जोगाउने कार्यमा लागे वास्तवमै देश भरी कै कला संस्कृतिको पहिचाहन सवैलाई हुने कुरा वताउनु हुँदै फाक ल्होछारको सवैलाई शुभकामना ब्यक्त गर्नु भएको थियो कार्यक्रमको अन्त्यमा आप्रवासी तामाङ्ग समाजका अध्यक्ष तथा सभाका सभा नायकले प्रमुख अतिथि, विषेश अतिथि, अतिथिगण, प्रायोजक, कालाकारहरुलाई धन्यवाद ज्ञापनका साथ शभकामना दिदैं सभाको विर्सजन गर्नुभएको थियो कार्यक्रमको अन्तमा कार्यक्रममा प्रायोजकहरु, कलाकारहरु सवैलाई प्रमुख अतिथि विषेश अतिथिको हातवाट प्रमाण पत्र तथा पुष्प गुच्छा दिईएको थियो भने संस्थागत रुपमा सहयोग गर्ने सन्ध्या ग्रुपलाई बौद्धको आकृति आकारको प्रमाण पत्र प्रदान गरीएको थियो स्मरण रहोस कार्यक्रममा विदेशी पाहुनाहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो अन्तमा ल्होछारको प्रसाद स्वरुप विभिन्न नेपाली परीकारका साथ खाम्चा सेल पनि कार्यक्रम वितरण गरीएको थियो

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com