|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 22 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
मोरङ्ग सुनसरीद्वारा सहयोग हस्तान्तरण तथा अलपत्र परेकालाई सहयोग |
| नेकका लागि कुमार कार्की - 22/01/2007 |
|
मोरङ्ग शनिश्चरे घर भइ कतारमा कार्यरत मृगौला रोगी राजेन्द्र कुमार कार्कीलाई उपचार सहयोगका लागि संकलन गरेको सहयोग रकम निजलाई हस्तान्तरण गरिएको छ ।
कतारमा कार्यरत रहेको अवस्थामा नै दुवै मृगौला खराब भइ उपचार गराउन नसके पछि सहयोगका लागि मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतार लाई दिएको निवेदनको आधारमा गरेको सहयोग संकलन वाट जम्मा भएको सहयोग रकम निजको नाममा हिमालय वैंक विराटनगरमा रहेको वैंक खातामा पठाईएको कुरा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारका प्रतिनिधीले जानकारी दिएका छन् । कतारमा कार्यरत विभिन्न क्षेत्रका महानुभावहरु मार्फत संकलन गरिएको उक्त सहयोग रकम निजको अनुरोधमा नै वैंक खातामा पठाईएको हो । सहयोगका लागि नेपाल पठाईएको रकम मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजको सकृयतामा संकलन गरिएको थियो भने कुल रकम कतारी रियाल ३७२५ कतारी रियाल रहेको थियो ।
यसैबिज निजका आफन्त तथा साथीभाईहरुको सकृयतामा संकलन गरिएको करिब २३ हजार रियाल भने अझै निज कार्कीलाई नपठाईएको कुरा पनि मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजका प्रतिनिधीले वताएका छन् । निजका आफन्त मोरङ्ग शनिश्चरे वडा नं ५ घर भएका कृष्ण सिटौलासंग संकलित रकम रहेको र मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजले पठाउन अनुरोध गर्दा समेत अझै नपठाएको उक्त प्रतिनिधिले वताएका छन् । हाल पिडित कार्की काठमांडौ मा उपचार गराई रहेका छन् ।
यसै बिच मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजले रोजगारीको शिलसिलामा कतारमा काम गर्न आएका मोरङ्ग अमरदह - २ का हरिन्द्र शाह, वडा नं ३ का खेम निरौला, तथा हसन्दह ५ का खेम तिम्सिना कम्पनीमा काम नपाएका कारण घर फर्कनु पर्ने भएको साथै घर फर्कनलाई काठमाडौंबाट घर सम्म पुग्ने खर्च समेत नभएको अवस्थामा काठमाडौंवाट घर सम्म पुग्ने खर्च प्रदान गरेको छ । निजहरु कार्यरत कम्पनीमा कम नपाएर अलपत्र पर्ने नेपालीहरुको संख्या धेरै रहेका कुरा निजहरुले जानकारी दिएका छन् । कम्पनी टुटे पछि काम नपाएका नेपालीहरु दाताहरुको पर्खाईमा वसिरहेका छन् ति मध्ये प्रायजसोको घर सम्म पुग्ने खर्च नभएको कुरा पिडित समुहका हरेन्द्र शाह वताउछन् । घरको आर्थिक अवस्था कमजोर भएका पिडितहरु घर फर्के पछि साहुको ऋण कसरी तिर्ने भनेर अलमल्ल परेका छन् ।
मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजको सम्ंपर्कमा रहेका ति पिडितहरुले संस्थासँग सहयेगको याचना गरेपछि सहयोग गरिएको कुरा संस्थाका प्रतिनिधीहरु वताउछन् । यसरी पिडित भएका नेपालीहरुलाइ वेलावेलामा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजले हवाईजहाज खर्च समेत उपलव्ध गराएर सहयोग गर्दै आएको कुरा संस्थाका पदाधिकारीले वताएका छन् । हाल मोरङ्ग डाँगिहाट घर भई कतारमा कार्य गर्न एक महिना अगाडि कतार आएका रेवन जोगी जण्डिस रोगवाट ग्रस्त भई उपचारका लागि घर फर्कनु पर्ने भएकाले निजको हवाईजहाज खर्चका लागि सहयोग संकलन गरिरहेको पनि जानकारी दिएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |