|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 29 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
किड्नी फेल भएर कतारमा नेपालीको मृत्यू |
|
स्वयंम्वर सिंह लामा र धन कुमार लामा - 29/01/2007 |
|
कतार - जिन्दगी एउटा यात्रा हो, यो जति बेला पनि रोकिन सक्छ । मानिस केहि न केहि गर्ने सपना देखेर अगाडी बढी रहन्छ तर उक्त सपना पूरा नहुदै दुनियालाई छोडेर जानु पर्दो रहेछ । त्यस्तै उन्नाईस महिना अघि देखि कतारमा काम गर्दै आएको सिंगा बहादुर तामाङ्ग यहि माघ १० गते आफ्नो क्याम्पको कोठामै निधन भयो ।
पाँचथर जिल्ला, लिम्बा गा.वि.स. घर भै हाल कतार स्थित एप्कोन कन्स्ट्रक्शन कम्पनीमा काम गर्दै आएको सिंगा बहादुर तामङ्गको दुइटै किड्नी फेल भए पछि उपचार गर र उपचार पछि पनि नआउनु भनि कम्पनीले टिकट दिएर पठाएको तामाङ्ग दुइ छोराको विहे गरि दिएर केहि समयको छुट्टी विताए पछि निको भएको जस्तो अनुभव भएको कारण सोही कम्पनीमा फर्केर आएको थियो । घर बाट आएको लगतै देखि विमारी भएका तामाङ्गलाई चौबीस दिन सम्म हमाद अस्पतालमा भर्ना गरे पछि अस्पतालले उपचार हुन नसक्ने बताएको र सोही अनुरुप कम्पनिले माघ ११ गते राती नौ बजेको घर फिर्ती टिकट दिएको कारण माघ १० गते अर्थात चौबीस जनवरीको दिन अस्पताल बाट डिस्चार्ज गरि ल्याएको दिनमै बेखर्ची हालतमा उनको निधन भयो ।
मृतकको लासलाई कतारी प्रहरी प्रशासनले लगेर हमाद अस्पतालमा नै राखेको छ भने कतारी कानुन अनुसारको प्रकृया पुरा गरि सके पछि मात्रै लासलाई नेपालमा पठाउने छ । हाल बेखर्ची मृतकको घरमा एक श्रीमति, तीन छोरा र दुइ छोरीहरु छन् । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |