|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 29 January 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
किरात राई यायोक्खाको दोस्रो अधिवेसन संपन्न |
| नेकका लागि राई रमेश गाउले - 29/01/2007 |
|
दोहा, किरात राई यायोक्खा शाखा दोहा कतारले आफ्नो दोस्रो अधिवेसन भव्यताको साथ नेशलन स्थित ढाका रेष्टुरेण्ट गत शुक्रबार संपन्न ग-यो । नेपाली दुतावासका कार्यवाहक राजदुत राजेन्द्र पाण्डेको प्रमुख आतिथ्य र नेपाल प्रवासी आदिवासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष अमृत गुरुङ्गको विषेश आतिथ्यमा संपन्न उक्त कार्यक्रममा गैर आवासिय नेपाली समाज अन्तराष्ट्रिय समन्वय परीषदका उपाध्यक्ष सागर नेपाल, सदस्य भीम शर्मा पौडेल, गैर आवासिय नेपाली समाज राष्ट्रिय समन्वय परीषदका अध्यक्ष कमलमणी गुरागाई, राजधानी साप्ताहिकका उप संपादक दीपक पौडेल, नेपालकतार पत्रकार संघका सभापति रवि भट्ट, नेपाली टि.भि.का दोहा संवाददाता ज्योती रानाभाट, अन्नपूर्ण पोष्टका दोहा सम्वाददाता नेत्र खनाल, खोटाङ्ग जागृति सेवा समाजका सचिव हरिकुमार वस्नेत, मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजका सचिव कुमार कार्की, तमुवौद्ध सेवा समिति शाखा दोहा कतारका अध्यक्ष बुधवल गुरुङ्ग, चितवन युवा सेवा समाजकका अध्यक्ष रामहरी गैह्रे, प्रवासी मगर संघका महासचिव छत्र घले, किरात याक्थुङ्ग एकता समाजका सल्लाहकार पूर्ण चेम्जोङ्ग, प्रवासी नेपाली सम्पर्क मञ्चका उपाध्यक्ष वीर व.थापा, स्याङ्जा मुस्लिम सेवा समितिका अध्यक्ष मो.अजिज अलि, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका सदस्य उत्तम सेन, सेमि फक्तालुङ्गका संपादक ऐराज तुम्रोक, प्रवासको किरणका सरोज वास्तोला, समाजसेवी भुपति भट्टराई, नायक तथा गायक अमृत थापा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
वन्द सत्र र खुल्ला सत्र गरी दुइ सत्रमा संचालित उक्त कार्यक्रमको खुल्ला सत्रको संचालन जगत किनाराले गर्नु भएको थियो भने वन्द सत्रको संचालन राई रमेश "गाउँले" ले गर्नुभएको थियो । त्यस्तै खुल्ला सत्र शेर व. राईको सभापतित्वमा सम्पन्न भएको थियो भने वन्द सत्रको सभापतित्व निर्वाचन अधिकृत टंक थुलुङ राईले गर्नुभएको थियो ।
वन्द सत्रले जगत किनाराको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ जस्मा उपाध्यक्षद्वय शेर व. राई र प्रितीराज राई, सचिव राई रमेश "गाउँले", सह सचिव चेसकुमार राई, कोषाध्यक्ष दीनेश चाम्लिङ्ग राई, सहकोषाध्यक्ष नारायण राई, सदस्यहरुमा जीवन राई, नृपशेर राई, उदय राई, मौलधन राई, छक्कराज राई, ओमीराज राई, पवित्रमान राई, राम व. राई, चन्द्रशेर राई रहनु भएको छ । नव निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत टंक थुलुङ्गले सपथ गराउनु भएको थियो । कार्यक्रममा विशाल लामीछाने, जीवन राई, राज राई, दीनेश चाम्लिङ्ग, मौलधन राई, उदय राईले गीत प्रस्तुत गर्नु भएको थियो भने नारायण राई तथा वेखर्ची ज्ञान लगायतले कविता प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाको कार्य प्रगति विवरण संस्थाका सचिव जगत किनाराले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राई रमेशले प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रमको खुल्ला सत्रमा वोल्दै प्रवासी मगर संघका महासचिव छत्र घलेले कार्यप्रगति विवरणमा टिप्पणी गर्दै एक या दुइ पटक लिपी प्रशिक्षण गर्दैमा या ब्यानरको टुप्पोमा आफ्ननो लिपी द्धारा नाम लेख्दैमा सवै भाषा संस्कृति जोगिने हैन यसको लागी निरन्तरता हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा वोल्दै प्रवासी नेपाली सम्पर्क मञ्चका वीर व. थापाले जानजातीको सवालमा प्रवासी सम्पर्क मञ्च जहिले पनि सकारात्मक रहेको र जनजातीको हितको लागी हदैसम्म सहयोग गर्न तयार रहेको कुराको उद्घोष गर्नु भयो । त्यस्तै अर्का वक्ता एन.आर.एन.ए. दोहा शाखाका अध्यक्ष कमलमणि गुरागाईले एन.आर.एन.ए. दोहा कहिले पनि जातिएतको सवाललाई लिएर उच निचको भाव गरेको छैन किनभने हाम्रो राष्ट्रिय समन्वय परिषदका मेजर फाईभमा ५० प्रतिसत भन्दा बढी जनजातीको साथीहरु हुनुहुन्छ र हामी सदा जनजातीको हितको लागी अगाडी बढिरहने छौ भन्नुभयो । त्यसरी नै एन.आर.एन.ए.आई.सि.सि.का सदस्य भीम शर्मा पौडेलले नयाँ वन्ने कार्य समितिलाई शुभकामना व्यक्त गर्दै आगामी संविधानसभाको चुनावमा कसरी बढी भन्दा बढी जनजातीलाई समावेस गराउन सकिन्छ भन्ने विषयमा पनि सोच्नु पर्ने वेला आएको कुराको स्मरण गराउनु भयो । त्यस्तै आई.सि.सि.का उपाध्यक्ष सागर नेपालले जनजातीहरुको समस्या भाषणले हैन काम वाट मात्र समाधान हुने हुदा भाषण हैन काम तर्फ लाग्न सल्लाह दिनु भयो । त्यस्तै उहाले यो अन्तरिम संसदमा प्रसस्त जनजातीको नेत्तृत्व रहेको हुनाले उहाँहरुवाट पनि आशा गर्ने ठाउँ रहेको वताउनु भयो । त्यसैगरी वक्ता कै क्रममा मञ्चमा पुग्नु भएका नेपाल कतार पत्रकार संघका सभापति रवि भट्ट ले खुलेर संघसंस्थाको आलोचना गर्नु भयो । उहाँले भर्खरै मात्र ३५० जना नेपालीहरु अलपत्र परेको विषयलाई लिएर किन विभिन्न संघ संस्थाहरुको ध्यान जान नसकेको भनेर प्रश्न गर्नुभयो । त्यसै गरी ३५० जना अलपत्र पर्ने गरी भिषामा कस्ले एटेस्ट ग-यो र त्यसको जिम्वेवारी लिने को भनेर मासमा प्रश्न राख्नु भयो ।
कार्यक्रममा वोल्दै कार्यक्रमका विषेश अतिथि अमृत गुरुङ्गले सरकारले र पार्टीले जनजातीहरुलाई केवल हतियार मात्र वनाउने गरेको र अधिकारवाट सधैं विमुख पारेकोमा रोष प्रकट गर्नु भयो । यस्तै यस्तै मानसिक यातनाले गर्दा नै हाल मधेसमा आतंक फैलिएको र सरकार समयमा संवोधन गर्न नसके परीणाम दुखद हुनसक्ने तिर सचेत गराउनु भयो । आफ्नो अधिकारको लागी लड्दा विखण्डन वादी भनेर वेवास्ता नगर्न सरकार तथा पार्टीलाई सल्लाह पनि दिनुभयो । उहाले अगाडी प्रष्ट पार्दै भन्नुभयो हामी विखण्डन वादी हैनौ हामीलाई पनि आफ्नो देशको माया छ । हाम्रो माग भनेको हाम्रो समस्यालाई राष्ट्रले सुनोस भन्ने हो र हामीले निश्चित समयको लागी आरक्षणको माग गरेको हो भन्नु भयो ।
कार्यक्रमको अन्तमा वोल्दै प्रमुख अतिथि राजेन्द्र पाण्डेले विभिन्न देशको उदाहरण दिदैं नेपालमा जनजातीले विखण्डनको स्थीतीमा नपु-याउने कुरामा आफु ढुक्क भएको र उहाँहरुको माग पनि नाजायज नभएको भन्नुभयो । २५० वर्षदेखी राज्यसत्तामा वसेको जाती र हाल केही सिकिरहेको जातीविच तुलना गर्न नमिल्ने र केही समय आरक्षणको व्यवस्था सरकारले गर्नुपर्ने कुरामा जोड दिनु भयो । उहाले यी सवै काम संविधान सभापछिको सरकारले गर्ने कुरामा आशावादी रहन सकिने वताउदै यस शाखाको नयाँ समिति राम्रो वनोस् भनी शुभकामना दिनुभयो । कार्यक्रममा खोटाङ्ग जागृति सेवा समाजका सचिव हरिकुमार वस्नेत, तमुवौद्ध सेवा समिति शाखा दोहा कतारका अध्यक्ष बुधवल गुरुङ्ग, चितवन युवा सेवा समाजकका अध्यक्ष रामहरी गैह्रे, याक्थुङ्ग एकता समाजका सल्लाहकार पूर्ण चेम्जोङ्ग, स्याङ्जा मुस्लिम सेवा समितिका अध्यक्ष मो.अजिज अलि लगायतका महानुभावहरुले शुभकामना मन्तव्य दिदै नयाँ वन्ने कार्यसमिति राम्रो |