|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 03 February 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
मोरङ्ग सुनसरीको सक्रियतामा दुई नेपाली स्वदेश फिर्ता |
| नेकका लागि कुमार कार्की - 03/02/2007 |
|
मोरङ्गको डाँगिहाट वडा नं ४ घर भएका रेवन जोगी एक महिना अगाडि कामको शिलशिलामा कतार आए पनि आएकै दिनवाट जण्डिस रोगको लक्षण देखे पछि गत शुक्रवार घर फर्कीएका छन् । कतार आएको एक महिना मात्र भएको साथै काम गर्न नसकेको भन्दै कम्पनिका तर्फबाट हवाई टिकट उपलव्ध नगराए पछि निज जोगीले मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारलाई सहयोगका लागि आग्रह गरेका थिए । मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजले विभिन्न क्षेत्रमा कार्यरत नेपाली महानुभावहरुवाट सहयोग संकलन गरि हवाई टिकट उपलव्ध गराएको थियो ।
त्यस्तै सोहि कम्पनिमा काम गर्न आएका गुल्मी घर भएका टोम वहादुर रोकायालाई वाथ रोगको समस्याबाट ग्रस्त भए पनि हवाई टिकटका कारण घर फर्कन नसकेका निजका लागि मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजको प्रतिनिधी मण्डलले उक्त कम्पनिको व्यस्थापन सँग आग्रह गरि हवाई टिकट उपलव्ध गराएको छ । करिव ४८ वर्ष उमेर पार गरिसकेका निज रोकायाले आफु विरामी परि काम गर्न नसकेको साथै घर फर्कने चाहना भएको तर हवाई टिकट उपलव्ध नभएका कारण घर फर्कन नसकेको दुखेसो पोखे पछि उक्त प्रतिनिधी मण्डलले कम्पनि व्यवस्थापन सँग निजको हवाई टिकट उपलब्ध गराउन आग्रह गरेको थियो । सोही कम्पनिमा कार्यरत जोगीलाई हवाई टिकट हस्ताण्तरण गर्न गएका वेला संस्थाका प्रतिनिधिहरु सचिव कुमार कार्की, कोषाध्यक्ष उत्तम श्रेष्ठ तथा टेकवहादुर कार्कीले कम्पनिका व्यवस्थापकसँग भेटि उक्त आग्रह गरेको थियो ।
कतारमा काम गर्न आउने नेपालीहरुमा देखा पर्ने विभिन्न रोग तथा नेपालीले भोग्नुपर्ने विभिन्न समस्याहरु दिनानुदिन वढ्ने गरेका छन् । कतारको एक कन्स्ट्रक्सन कम्पनिमा काम गर्न आएका जोगी नेपालवाट मेरिडियन म्यानपावर एजेन्सी मार्फत आएका थिए । मेरीडियन म्यानपावरका कार्यकारी प्रवन्धक नारायण सुवेदी मार्फत कतार आईपुगेका जोगी लगायत अन्य १८ भन्दा वढि नेपालीहरु दयनिय अवस्थामा दिनहरु विताईरहेका छन् । कतारमा काम गर्न आउने नेपालीहरुमा आईपर्ने समस्याहरु दिनानु दिन वढिरहेका वेला उक्त कम्पनिमा काम गर्न आउने नेपालीहरुको समस्या पनि विकराल रुपमा देखा परेको छ ।
विभिन्न पेशाका लागि काम गर्न भनि सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेरिडियन ओभरसिजले पठाएका ति कामदारहरुका लागि वस्ने व्यवस्था पनि अत्यन्तै नाजुक रहेको छ । एउटा सानो कोठामा १० जना भन्दा वढि राखिनुका साथै कोठामा भौतिक साधनहरु पनि केहि नराखिदिएको र एयरकण्डिसन तथा भेण्टिलेसन नभएको कोठामा राखेको कुरा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारका सदस्य श्री टेकवहादुर कार्की वताउछन् । कम्पनिमा कार्यरत अन्य सिरियन नागरिक पनि भएको तर तिनिहरुको पनि अवस्था उस्तै रहेको छ । मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजको आग्रह पछि उक्त कम्पनि व्यस्थापनले कामदारहरुका लागि आवासको राम्रो वन्दोवस्त गर्ने कुराको प्रतिवद्धता गरेको छ ।
प्रचलित कानुन अनुसार कुनै पनि कामदार कतारमा वैदेशिक रोजगारीका लागि आउनु पुर्व प्राथमिक स्वास्थ्य परिक्षण पश्चात उक्त स्वास्थ्य परिक्षण सफल भएमा मात्र आउन सक्ने प्रावधान भए पनि म्यानपावर व्यवसायीहरुको लापरवाहिका कारण निजहरुको स्वास्थ्य परिक्षण गराए पनि स्वास्थ्य परिक्षणको रिपोर्ट उक्त म्यानपावर कम्पनिले उपलव्ध नगराएको कुरा ति पिडितहरुले जनाएका छन् । विमानस्थल प्रवेश गर्नुपुर्व स्वास्थ्य परिक्षणको रिपोर्टको वारेमा उक्त म्यानपावरका संचालकसँग कुरा गर्दा मेडिकल रिपोर्टको आवस्यकता नभएको कुरा व्यक्त गरेको पिडितहरुले उक्त समाजका प्रतिनिधीहरुलाई जनाएका थिए । ति पिडितहरुले म्यानपावरले आफुहरुलाई झुक्याएको कुरा पनि व्यक्त गरेका छन् । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |