|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 08 February 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
दुई महिला फिर्तिकेन्द्र हुँदै नेपाल फर्के |
| नेक सम्वाददाता - 08/02/2007 |
|
दोहा, कतारमा पुरुष कामदारहरु त ठगिए नै पछिल्लो पटक महिला कामदारलाई समेत ठगिएको छ । घरेलु सहायकको रुपमा काम गर्न स्विकृति नदिएता पनि कतारमा प्राय महिलाहरु क्लिनिङमा कार्यरत छन् । त्यसो त सुपरमार्केट, हवाई परिचारिका र उच्च स्थानमा समेत नेपाली महिलाहरु काम गर्दै आएका छन् । थोरै तलब भए पनि नेपाली महिलाहरु इज्जतका साथ काम गरिरहेका छन् । हाल त्यति समस्या परेको देखिदैन । केहि नेपाली महिलाहरुलाई केहि नेपालीहरुले नै गलत काममा प्रयोग गरिएको भनिएता पनि यसको हाल कुनै शंका छैन । पछिल्लो समयमा बढ्दो रुपमा महिलाहरु कतारमा भित्रन थाले पछि समस्या केहि आएको हो ।
म्यानपावरका एजेण्टहरुले कसैसंग कामको बारेमा बोल्ने, बढि कुरा गर्ने होईन नत्र नेपाल फर्काउने धम्कि सहित दिएको बताएका छन् । तर कतारमा कुनै पनि क्षेत्रमा काम गर्ने महिलाहरुले आफ्नो नाम नबताई दिने शर्तमा पत्रकारलाई जानकारी दिदै आएका छन् भने हकको लागि लड्ने हो भनि कति पय महिलाहरुले हामीलाई यस्तो भयो भन्ने गरेका छन् । टिकट सहित फ्रि भिसा भएको अबस्थामा ८० हजार लिएर महिलाहरुलाई ठग्नु आफैमा यो अन्यायपूर्ण हुन्छ ।
करीब २ महिना पछि दुइ नेपाली महिला कामदार एक हप्ता फिर्तिकेन्द्र बसि नेपाल फर्केका छन् । बुटवल बरघाटका लक्ष्मी पौडेल र गीता गुरुङ साकुरा म्यानपावरबाट करीब २ महिना पहिले ५५ हजार भनेता पनि पछि एजेण्टलाई दिनु पर्ने भनि ८० हजार तिरेर कतार आएका थिए । शुरुमा जति तलब तोकिएको थियो त्यति नपाएको, बस्ने ठाउँको समस्या भएकोले उनिहरुले कम्पनिलाई अनुरोध गर्दै आएका थिए । तर कुनै समाधान नभए पछि उनिहरु कार्यालयमा नै गई अनुरोध गरेका तर नेपाली एजेण्टले कुरा नसुने पछि केहि गाली गरेको आधारमा पुलीस बोलाई फिर्तिकेन्द्र लगिएको पिडितद्धयले बताएका थिए ।
ती दुइ महिलाहरुको अनुरोधमा नेपाल कतार पत्रकार संघका सभापति रवि भट्ट समक्ष एक महिलाले छुटाउन अनुरोध गरे पछि दूतावासमा सम्पर्क गर्दा केहि थाह नभएको बताईएको थियो । निजलाई पठाउने प्रकाश कार्की कतारमा रहेका र उनलाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेता पनि छिटै नेपाल फर्काईने तेस्रो ब्यक्ति मार्फत जानाकारी पाईएको थियो । यद्धेपी एक हप्ता पछि पिडित द्धय नेपाल फर्केको जानाकारी दूतावासबाट प्राप्त भएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |