|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 08 February 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
अलपत्र परेका नेपालीलाई राहत हस्तान्तरण |
| नेकका लागि कुमार कार्की - 08/02/2007 |
|
कतारको दोहामा संपन्न एशियाली खेलकुदका वेला काम गर्न ल्याईएका करिव २०५ जना नेपालीहरु दोहामा अलपत्र परिरहेको अवस्थामा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहा तथा प्रवासी झापाली सम्पर्क मंच दोहाको सकृयतामा राहत हस्तान्तरण गरिएको छ ।
नेपालका करिव एक दर्जन भन्दा वढि म्यानपावरवाट काम गर्न ल्याईएका ति कामदारहरु एशियाली खेल सकिए पछि कम्पनिमा काम नपाएपछि अलपत्र परेका हुन् । गत आईतवार साँझ गैरआवासिय नेपाली संघ दोहा कतारका अध्यक्ष तथा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज र प्रवासी झपाली सम्पर्क मंचका पदाधिकारीहरुको उपस्थितीमा सो राहत वितरण गरिएको थियो । दुइसय पाँच जना भन्दा वढि नेपालीहरु रहेको उक्त आवास क्षेत्रमा पुगेका मोरङ्ग सुनसरी तथा प्रवासी झपाली सम्पर्क मंचका पदाधिकारीहरु द्धारा वितरण गरिएको उक्त राहतवाट खुशि भएको कुरा पिडितहरुले व्यक्त गरेका छन् ।
नेपालका विभिन्न आठ भन्दा वढि म्यानपावरवाट काम गर्न ल्याईएका उनिहरुलाई दोहाको औधौगिक क्षेत्र स्थित एक आवास गृहमा राखिएको छ । आवास गृहमा वसेका नेपालीहरुलाई खान वस्नको समस्या पर्न थाले पछि मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज र प्रवासी झापाली समाजद्धारा जम्मा पाँचसय चालिस किलो चामल र वहत्तर किलो दाल राहत स्वरुप हस्तान्तरण गरिएको हो ।
दोहामा सम्पन्न एशियाली खेलकुदको समापन सँगै कामदारहरुलाई काम दिन नसके पछि कम्पनी व्यवस्थापनका जिम्मेवार व्यक्तिहरु पनि कम्पनी छोडेर भागेको कुरा पिडितहरु वताउछन् । नेपालका पुर्व मेचि देखि पश्चिम महाकाली सम्म गरि सवै क्षेत्रका नेपालीहरु रहेकोमा झापा र मोरङ्ग स्थायी घर भएका पिडितहरुको संख्या वढिरहेको कुरा पनि पिडितहरुले जनाएका छन् । कम्पनीमा काम नभए पछि अर्को कम्पनिमा काम गर्न जानलाई पनि भिसा आफै लगाउनु पर्ने भएको कुरा पिडितहरुले जनाएका छन्। उनिहरुको दुखेसो छ नेपालमा ८० हजार भन्दा वढि रकम तिरेर आईयो यहाँ पनि आफै भिसा लगाउदै काम गर्नु पर्दा त हामी निकै ठुलो मारमा पर्र्छौ । नेपालमा म्यानपावरलाई ८० देखि १ लाख १० हजार सम्म तिरेको वताउने पिडितहरु पनि भेटिए । उक्त कम्पनिमा काम गर्न आएका केहि कामदारहरुलाई सुरक्षा गार्डको कामका लागि भनेर ल्याईएको पनि जनाएका छन् तर कतारमा आए पछि क्लिनरको काम लगाईएको र अहिले आएर काम नै नदिईएको दुखेसो पोख्छन् । अधिकांश कामदारहरु नेपाल फर्कन चाहेको पनि वताउछन् साथै केहि भने घर फर्किई सकेको र केहि फर्कने तयारीमा रहेको वताईएको छ ।
नेपालका राजधानी, इष्ट वेष्ट, नमस्ते नेपाल, क्यापिटल, रेपिड, मेरिडियन, व्लु डाईमण्ड, निट, इ. सिं एस नाम गरेका लगायत अन्य म्यान पावर मार्फत कतार आएको वताउने उनिहरु नेपाल फर्कन सके म्यानपावर सँग लडेर पैसा फिर्ता लिन सक्ने कुरा वताउछन् । त्यसका लागि दोहा स्थित नेपाली दुतावासको सहयोग अपरिहार्य रहने भनाई व्यक्त गदैछन् । नक्कली संझौता गराएर ल्याउने म्यानपावरहरुलाई नेपाल सरकार का तर्फवाट कारवाहि हुनु पर्ने धारणा समाजसेवीहरु वताउछन् ।
पिडितहरु कै कथनमा नेपाली दुतावासले उक्त केशलाई हेर्ने आश्वासन दिएको पनि जनाएका छन् । कम्पनिले काम नलगाएको तलव व्यवस्था गरे समस्या सुल्झेर जाने तलव नदिए कम्पनि विरुद्ध मुद्धा लड्नका लागि सजिलो हुने कुरा राजदुतावासले जानकारी दिएको कुरा वताउछन् ।
आवास गृहमा नेपाली लगायत श्रीलंकाली, पाकिस्तानी, भारतिय मुलका नागरिक पनि रहेका छन् । अन्य देशका नागरिक भन्दा वढि संकट नेपाली नागरिकहरुलाई परेको कुरा पनि पिडितहरुले समाजसेवीहरु माझ व्यक्त गरेका छन् । विभिन्न समयमा नेपालीले दुख पाउने गरेका भए पनि यति ठुलो संख्यामा नेपालीहरु ठगिईएको यो पहिलो घटना भएको कुरा गैर आवासिय नेपाली संघ दोहा कतारका अध्यक्ष कमलमणि गुरागाँइ वताउनुहुन्छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |