nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 12 February 2007

HOME -> NEWS -> NEWS FROM QATAR


दोहामा अलपत्र परेकाहरुको आक्रोस दुतावास प्रति

कुमार कार्की/रवि भट्ट - 12/02/2007

कतारको राजधानी दोहामा विगत केहि समय देखि अलपत्र परेका नेपालीहरुको आक्रोस नेपाली दुतावास प्रति वढ्न थालेको दोहामा सम्पन्न एशियाली खेलका वेला काम गर्न ल्याईएका नेपालीहरु कम्पनिमा काम नभए पछि अलपत्र परिरहेका वेला ति नेपालीहरुले आफ्नो समस्यालाई संवोधन नगरि समस्यावाट पन्छिन खोजेको भन्दै दोहा स्थित नेपाली दुतावासको चर्को आलोचना गर्न थालेका हुन्

 

करिव तिनसय पचास जनाभन्दा वढि नेपालीहरु अलपत्र परेका मध्ये आफ्नै पैसाले हवाई टिकट गर्दै केहि स्वदेश फर्की सकेका छन् भने वाँकि एकसय सन्तानव्वे जना नेपालीहरु अनिश्चित भविष्यको दोधारमा दिनहरु व्यतित गरिरहेका छन्  

 

मान्छेका आधारभुत समस्याहरुवाट समेत वञ्चित हुन थालेको वताउने उनीहरुका लागि गाँसवास कपासको समस्या पर्दै गईरहेको पछिल्लो समयमा कतारमा कार्यरत समाजसेवीहरुले केहि राहत संकलन गरि खाने व्यवस्था गरे पनि आवास क्षेत्रमा पानी समेत नहुँदा हाल निकै ठुलो संकट भोग्नु परिरहेको वताएका छन् मुलुकका विभिन्न क्षेत्रवाट रोजगारीका लागि कतार आएका ति युवाहरु नेपाली दुतावास प्रति आक्रोशित हुनुको मुख्य कारण चाँहि नेपाली दुतावासले समस्यामा परेका ति नेपालीहरुका लागि कुनै ठोस पाईला नचालेको दुखेसो पोखेका छन्

 

गत शनिवार कतारमा कार्यरत समाजसेवीहरु स्याङ्गजा सेवा समाजका अध्यक्ष पुर्ण के. सी., गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहाका कोषाध्यक्ष के. वि हमाल, मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहाका सदस्य चाणक पोखेरल, राजधानी साप्ताहिकका संवाददाता रवि भट्ट तथा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहाका सचिव कुमार कार्कीले पिडितहरुलाई भेट्दा उक्त दुखेसो पोखेका हुन् पिडितहरुलाई भेट्दा आफुहरुका लागि पिउने पानीको व्यवस्था पनि नभएको दुखेसोपोखे पछि गैरआवासिय नेपाली समाजका कोषाध्यक्ष के. वि हमालले पिउने पानी किनेर वितरण गर्नुभयो गत केहि दिन अगाडी मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज प्रवासी झापाली सम्पर्क मंचले दाल चामल राहत स्वरुप प्रदान गरेको थियो

 

८५ हजार देखि एक लाख तिस हजार सम्मको मोटो रकम तिरेर कतार आएका ति युवाहरु विचल्लिमा परेपछि यसरी दुख पाउनु पर्दा पनि नेपालीको प्रतिनिधित्व गर्ने नेपाली दुतावासले चासो नदेखाएकोमा दुतावास विरुद्ध चर्का नारावाजी गर्न थालेका छन् राष्ट्रको रेमिटेन्सका लागि आफुहरु विदेश आएको तर त्यहि रेमिटेन्सको भरमा तलव खाएर वस्ने दुतावासका कर्मचारीहरुले आफ्ना समस्या प्रति चासो नदेखाए पछि उनीहरुले त्यस्ता नारावजी गर्न थालेको वताएका छन् वास्तविक कमिसन खाने दुतावासका कर्मचारी भएको पनि आरोप तिनीहरुले लगाएका छन्

 

नेपाली दुतावासमा आफ्ना समस्या लिएर जाँदा भोलि भन्दै टार्ने प्रवृत्ति रहेको गुनासो पोख्दै आफुहरुले दुख पाउनुमा दुतावासको पनि हात रहेको आरोप लगाएका छन्

 

दुतावास मात्र नभएर केहि व्यक्तिहरुले पनि आफुहरुलाई झुल्लाउने गरेको आरेप लगाएका छन् अर्को कम्पनिमा काम लगाउने प्रलोभन देखाएर कम्तिमा ५४०० नेपाली रुपैया वरावरको रकम असुल गरी अर्को कम्पनिमा काम गर्न पाईने आस्वासन दिने गोकुल कुँवर भन्ने व्यक्तिले पनि आफुलाई झक्याईरहेको आरोप लगाएका छन्

 

आफु आएका म्यानपावरका मान्छेहरुले आफु नेपाल फर्कनु परे रकम फिर्ता गर्न नसक्ने जानकारी दिएको वताएका छन् । राजधानी म्यानपावरका निर्देशक धन वहादुर खड्काले रकम फिर्ता गर्न नसक्ने जानकारी दिदैं कतारमा नै काम खोजिदिने प्रलोभन देखाएका छन् दुतावासले भिसा प्रमाणिकरण गर्ने वेलामा दुतावासको गल्ति भएको स्वीकारेको पनि पिडितहरुले पत्रकारहरु समक्ष व्यक्त गरेका छन्

 

हाल सम्वन्धित म्यानपावरका मान्छेहरु कतारमा नै रहेका तर आफ्ना कामदारको समस्यामा भन्दा पनि नयाँ भिसाका खोजीमा तल्लिन रहेको वुझिन आएको कम्पनीको आवास क्षेत्रमा खानेपानीको लाईन काटे पछि पत्रकार रवि भट्टले ति व्यक्तिहरुलाई सम्पर्क गरि समस्याको अवगत गराउनु भएको थियो

 

विभिन्न भन्दा वढि म्यानपावर मार्फत दोहामा आएका ति कामदारहरुका लागि अझै पनि ठोस कदम नचाल्ने हो भने झन ठुलो संकट पर्ने कुरा समाजसेवीहरु वताउछन् हाल दोहामा चर्चाको विषय नै वनि सकेको यो समस्याका वारेमा जताततै चर्चा हुने गरे पनि समाधानमा भने कम मात्र चासो दिने गरेको पिडितहरु वताउछन्।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com