|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 18 February 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
नेपाल रिमिटको सेवा विस्तार |
| नेक सम्वाददाता - 18/02/2007 |
|
लिवरल मनि एक्सप्रेसको ईन्टरनेट मार्फत नेपालमा पैसा पठाउने सेवा नेपाल रिमिटले आफ्नो सेवा विस्तार गरेको छ ।
एक प्रेस विज्ञप्तीमा सो कम्पनीले आफ्नो नेपाल रिमिटको अनलाईन सेवा नेपालका ५० स्थानमा थप गरेर १२४ स्थानमा पुर्याएको जनाईएको छ । कतारको नेशनल स्थित युनियन एक्सचेन्जबाट पैसा पठाएको केहि मिनेट भित्रमै नेपालमा भु्क्तानी लिन सकिने सो सेवा मार्फत माछापुच्छ्रे बैंक लि., एभरेष्ट बैंक लि., बैंक अफ काठमाण्डौ, कुमारी बैंक लि., त्रिवेणी विकाश बैंक, डलफिन मनि ट्रान्सर, सयपत्रि ट्राभल्स तथा लिवरल मिन एक्सप्रेसका कुनै पनि कार्यालय वा शाखाका साथै अन्य ७५ स्थानमा रहेका एजेन्टहरु मार्फत भुक्तानी प्राप्त गर्न सकिने कुरा सो विज्ञप्तीमा जनाईएको छ । हाल नेपाल रिमिटले बाँके, बारा, भक्तपुर, चितवन, दाङ, धादिङ्ग, धनुषा, गोरखा, गुल्मी, झापा, कैलाली, कपिलवस्तु, कास्की, काठमाण्डौ, काभ्रे, खोटाङ्ग, ललितपुर, मकवानपुर, मोरङ, मुस्ताङ, नवलपरासि, ओखलढुङ्गा, पाल्पा, पर्वत, पर्सा, रौटहड, रुपन्देही, सप्तरी, सिराहा, सुन्सरी, सुर्खेत, स्याङ्जा, तनहूँ तथा तेह्रथुम गरी ३४ जिल्लाहरुमा नगद भुक्तानीको सेवा पुर्याउदै आएको छ ।
यसको अतिरिक्त नेपालकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटडका ६५ भन्दा बढी शाखाहरुमा दुई दिन भित्र बैंकमा खोलिएको खातामा बैंक दाखिला गर्ने व्यवस्था पनि गरिएको कुरा पनि विज्ञप्तिमा जनाईएको छ । यस सेवाले अब नेपालभित्रका कुनै पनि वाणिज्य बैंकमा खोलिएको खातामा पैसा जम्म गर्न सकिने भएको छ ।
गत तिन वर्षदेखि आफ्नो सेवा प्रदान गर्दै आएको लिवरल मनि एक्सप्रेसले कतारबाट मात्र नेपालमा रेमिटेन्स सेवा पुर्याउदै आएमा हालै ARY Speed Remit संगको सम्झौताबाट मध्यपूर्वका अन्य मुलुकहरुका साथै अमेरिका, यूरोप, अफ्रिका तथा पूर्वी एसियामा पनि आफ्नो सेवा विस्तार गरेको कुरा सो प्रेस विज्ञप्तीमा जनाईएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |