|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 21 February 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
राजाको सन्देश प्रति घोर आपत्ति |
| नेक सम्वाददाता - 21/02/2007 |
|
नेपाली जन प्रगतिशित मञ्च कतारले एक विज्ञप्ति प्रकाशित गरी प्रजातन्त्र दिवसको उपलक्ष्य पारी राजा ज्ञानेन्द्रद्वारा दिईएको सन्देश प्रति घोर भत्सना गर्दै खेद प्रकट गरेको छ ।
नाम उल्लेख नगरि नेपाली जन प्रगतिशित मञ्च कतारका संयोजनद्वारा जारी गरिएको सो प्रेस विज्ञप्तिमा "कथित राजा" ज्ञानेन्द्रद्वारा प्रजातन्त्र दिवसको उपलक्षमा दिएको बक्तब्य प्रति यस जन प्रगतिशिल मञ्च, कतारको गम्भिर ध्यान आकर्षण भएको छ भनिएको छ । उक्त वक्तब्यबाट माघ १९ को जन बिरोधी र प्रतिगामी कदमलाई जन चाहनाको संज्ञा दिदै वास्तबमा १० बर्षको शशस्त्र जन विद्रोह र १९ दिने संयूक्त शान्तिपूर्ण जन आन्दोलन मार्फत अभिब्यक्त जन चाहनाको उपहास गर्ने काम भएको भन्दै विज्ञप्तिमा बिद्यमान अन्तरिम संबिधान २०६३ मा अधिकार बिहीन बनाइएका ब्यक्तिबाट संबिधानको भावना बिपरित बक्तब्य दिनु सर्बथा गैर कानुनी, गैर जिम्मेवार र अनुचित कार्य हो भनिएको छ । त्यसैले जन प्रगतिशिल मञ्च, कतार उक्त भ्रम पूर्ण बक्तब्य प्रति घोर भत्सना गर्दै खेद प्रकट गर्न चाहन्छ ।
ईमेल मार्फत यस नेपाल कतार डट कमलाई प्राप्त भएको सो विज्ञप्तिमा भनिएको छः "उक्त बक्तब्यले एकातिर प्रतिगामी तत्वहरु भित्र भित्रै षडयन्त्रमा लागिरहेको र कुनै पनि बेला लोकतन्त्रका बिरुद्धमा "कू" हुनसक्ने सकेत गरेको छ भने अर्का तिर "कथित राजा" को निरंकुश र जन बिरोधि भावनालाई जन सामू उदाङ्गो पार्दै हजारौं शहिदको रगतबाट पुनर्स्थापित लोकतन्त्रको रक्षा गर्ने र सविधान सभाको माध्यमद्वारा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने आवश्यकतालाई थप अनिवार्य साबित गरेको छ । त्यसैले आगामी दिनहरुमा यथास्थितीवादी र प्रतिगामी तत्वहरुका हरेक षडयन्त्रका विरुद्ध र लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा मन, वचन र कर्मले एक हुन सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, मधेशी, जनजाती, महिला, दलित र प्रवासी नेपालीहरुलाई जन प्रगतिशिल मञ्च, कतार हार्दिक अपिल गर्दछ ।" |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |