nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 21 February 2007

HOME -> NEWS -> NEWS FROM QATAR


किरात याक्थुङ् एकता समाजको चौथो महाधिबेशन सम्पन्न

नेक सम्वाददाता - 21/02/2007

किरात याक्थुङ् एकता समाज दोहा कतारको चौथो महाधिबेशन कतार स्थित न्यू माउन्टेन रेष्टुरेन्टमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दोहा कतारका अध्यक्ष कमलमणि गुराँगाईको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष बिष्णु आङ्गदेम्बेको सभापतित्वमा गत शुक्रबार सम्पन्न भएको छ । सो महाधिवेशनमा विशेष अतिथिमा नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष अमृत गुरुङ्ग तथा अतिथिहरुमा किरात राई यायोख्खा शाखा दोहा कतारका अध्यक्ष जगत किनारा, तमु बौद्ध सेवा समिती शाखा दोहाका अध्यक्ष बुधबल गुरुङ्ग, नेपाल प्रवासी मगर संघ दोहा कतारका महासचिव छत्र बहादुर घले किरात साम्योक नालीफुङ्ग सङ्गजुम्भो दोहा कतारका अध्यक्ष बिजय लाउतीको उपस्थित रहेको थियो ।

 

सो अवसरमा प्रमुख अतिथि कमलमणि गुराँगाईले पर्दा खोलेर औपचारिक रुपमा कार्यक्रम उद्‌घाटन गर्नु भएको थियो बिशेष अतिथी श्री अमृत गुरुङ्गले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको थालनी गर्नु भएको थियो सो अवसरमा किरात याक्थुङ् साक्थिम लक्चुमका लिम्बु कलाकारहरुले बिच बिचमा लिम्बु भाषाका गीतहरु गाएर कार्यक्रमलाई रोमान्चित बनाएका थिए प्रमुख अतिथी अतिथीहरुद्वारा महाधिबेशनको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रम संस्थाका सदस्य चन्द्र कुमार सिगुको स्वागत मन्तब्यबाट शुरु भएको थियो भने संस्थाका महासचिव देबेन्द्र तुम्रोकले कार्यक्रम संचालन गर्नु भएको थियो उक्त महाधिवेशनको बन्द शत्रले दिल किरण खजुमको अध्यक्षतामा दुई वर्षको लागि २१ सदस्य नयाँ कार्य समिति सर्वसम्मतको आधारमा छानेको छ । नयाँ कार्यसमितिका उपाध्यक्षमा चन्द्र कुमार सिंगू, महासचिवमा देवेन्द्र कुमार तुम्रोक, सचिवमा लोकेन्द कुमार तुम्रोक तथा कोषाध्यक्षमा ज्ञानेन्द्र सुब्बा रहनुभएको छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com