nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 February 2007

HOME -> NEWS -> NEWS FROM QATAR


दुतावासका प्रथम सचिव फिर्ता जाने

नेक सम्वाददाता - 28/02/2007

दोहा स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तथा प्रथम सचिव राजेन्द्र पाण्डे नेपाल फिर्ता हुने हुनुभएको छ ।

 

नेपालकतार डट कमलाई प्राप्त जानकारी अनुसार परराष्ट्र मन्त्रालयले वहाँलाई फिर्ता बोलाईसकेको र यही मार्च महिनाको १०/१२ तारिखसम्म नेपाल फर्कने सम्भावना रहेको छ ।

 

गत वर्षको जूनमा दोहाका लागि नेपाली राजदूत श्यामानन्द सुमनलाई नेपाल सरकारले फिर्ता बोलाए पछि कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आउनु भएका प्रथम सचिव पाण्डेको कार्यकाल यही जून महिनासम्म बाँकी रहेको थियो । कार्यकाल समाप्त हुनु भन्दा २ महिना मात्र अगाडी र राजदूत पनि नियुक्ति नभएको अवस्थामा किन र के कारणले वहाँलाई फिर्ता वोलाईएको भन्ने बारेमा स्पष्ट हुन सकेको छैन ।

 

कतारमा कार्यरत करिव १ लाख ८० हजार नेपाली कामदारहरुको हक हितको लागि सदैब लागि पर्ने निष्ठावान कर्मचारीका रुपमा चिनिनुहुने पाण्डेले नेपाली कामदारहरुको न्यूनतव पारिश्रमिक ६०० रियाल हुनुपर्छ भनेर वारम्वार नेपाल सरकारसंग आवाज उठाईरहनु भएको थियो । समस्याग्रस्त कामदारहरुको हकमा सिधै नेपाल स्थित म्यानपावर कम्पनीलाई फोन गरेर जिम्मेवारी पुर्वक मात्र कामदारहरु पठाउन सचेत गराउने पाण्डेलाई म्यानपावरका माफियाहरुको आँखाको तारो हुनुपरेको विश्लेषण दोहामा गरिएको छ ।

 

नेपाल सरकारले कतारका लागि राजदूतको नाम सिफरिस गरिसकेको भएतापनि हालसम्म नियुक्ति भने गर्न सकेको छैन । हालैको शान्ति सम्झौता पनि नेकपा माओवादीहरु पनि सरकारमा सामेल भएपछि मात्र कतार लगायत विभिन्न देशमा रिक्त रहेका राजदूतहरुको पदपूर्ति हुने सम्भावन रहेको छ । यसले गर्दा अझ तिन चार महिना कतारमा राजदूत नहुने अवस्था रहेको छ ।

 

परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार दोहास्थित नेपाली दूतावासका लागि द्वितिय सचिवका रुपमा परराष्ट्र मन्त्रालयका अधिकृत रामकाजी खड्काको नियुक्ति भईसकेको छ । खड्का आफ्नो कार्यभार सम्हाल्न चाँडै नै दोहा आउने तयारीमा रहेको पनि परराष्ट्र मन्त्रालयका स्रोतले जनाएको छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com