|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 10 March 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
कतारका कावा राजदूतलाई विदाई |
| नेक सम्वाददाता - 10/03/2007 |
|
दोहा स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तथा प्रथम सचिव राजेन्द्र पाण्डेलाई हिजो शुक्रबारका दिन एक विशेष कार्यक्रमका साथ अभिनन्दन तथा विदाई गरियो ।
गैह्र आवासिय नेपाली समाज कतार शाखाको आयोजनामा दूतावासको सभाकक्षमा सम्पन्न सो कार्यक्रमको सभापतित्व गैह्र आवासिय नेपाली समाज कतारका अध्यक्ष कमलमणि गुरागाईले गर्नुभएको थियो भने प्रमुख अतिथि गैह्र आवासिय नेपाली समाजका उपाध्यक्ष (मध्यपूर्व) सागर नेपाल तथा विशेष अतिथि कार्यवाहक राजदूत राजेन्द्र पाण्डे रहनुभएको थियो । गैह्र आवासिय नेपाली समाज कतारका कार्यसमिति सदस्य बिल गुरुङ्गद्वारा संचालित कार्यक्रमका अन्य अतिथिहरुमा गैह्र आवासिय नेपाली समाजका सल्लाहाकार डा. देवकाजी डंगोल, गैह्र आवासिय नेपाली समाज कतारका सल्लाहाकार संयोजक बद्रि प्रसाद पाण्डे, गैह्र आवासिय नेपाली समाजका कतार प्रतिनिधि भिम प्रसाद शर्मा पौड्यल तथा दूतावासका सहचारी अनिल लम्साल रहनुभएको थियो ।
कतारमा स्थापित विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत पाण्डेले आफ्नो ३ वर्ष ९ महिनाको कार्यकालमा धेरै तितामिठा अनुभवहरु वटुलेको वताउदै आफू आउदा दूतावास तथा नेपाली समाज बिच नकारात्मक भावना रहेको अनुभूति गरि सबै बिच भावनात्मक एकता बढाउन आफू लागि परेको र केही हदसम्म सफल भएको अनुभव वताउनु भयो । आफ्नो कार्यकालमा सबैबाट प्राप्त सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि दूतावास तथा त्यसका कर्मचारीहरुलाई समाजबाट यस्तै सहयोग प्राप्त भईरहने विश्वास व्यक्त गर्नुभयो । आफ्नो कार्यकालको दौरानमा भिजिट भिषामा नेपालीहरु बोलाई अलपत्र पार्ने २/४ जना नेपालीहरु विरुद्ध आफू लागेको तथा नेपालबाट ज्यादै नै अलपत्र पर्ने गरी वोलाउने केहि म्यानपावर कम्पनीहरुसंग सिधा भिड्नु परेको अनुभव वताउनुदै आफू सदैव नेपाली कामदारहरुको हितमा लागि परेको वताउनुभयो । वहाँले आफू आत्मविश्वसका साथ कुनै काम गर्दा त्यसको परिणाम के होला भनेर नसोच्ने तथा कुनै पनि परिणाम भोग्न तयार रहेको पनि वताउनुभयो ।
कार्यक्रमको शुरुमा उपस्थित अतिथि तथा आमन्त्रित व्यक्तिहरुले विदा भएर जान लाग्नुभएका कार्यवाहक राजदूतलाई अविर तथा फूलमाला पहिराई विदाई गरेका थिए ।
सोहि अवसरमा आप्रवासी तामाङ्ग सेवा समाजले कावा राजदूत पाण्डेलाई स्वयम्भूको प्रतिक तथा प्रशंसा पत्र प्रदान गरेको थियो भने खादा खोडाई विदाई रहेको थियो । त्यस्तै गैह्र आवासिय नेपाली समाज कतार शाखाको तर्फबाट कावा राजदूत पाण्डेलाई कदर पत्र प्रदान गरी नेपाली ढाकाको टोपी पहिराई सम्मान गरिएको थियो ।
कार्यक्रमा गैह्र आवासिय नेपाली समाज कतार शाखाको तर्फबाट गोपू श्रेष्ठ, जिल्ला स्तरीय संस्थाहरुको तर्फबाट चितवन युवा समुहका अध्यक्ष रामहरी गैरे, सिराहा सेवा समाजका अध्यक्ष साकिर अलि, जनजातीहरुको तर्फबाट अमृत गुरुङ्ग तथा पत्रकारहरुको तर्फबाट नेपालकतार डट कमका संचालक शिखर बैद्यले कावा राजदूत पाण्डेको उज्जवल भविष्य तथा प्रगति र उन्नतिको कामना सहित आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी मन्तव्य राख्नुहुनेहरुमा पाकिस्थानी नागरिक महम्मद अयाज, नेपाल कतार एकता समाजका राजेन्द्र श्रेष्ठ, प्रवासि सम्पर्क मञ्चका नरेश श्रेष्ठ, गैह्र आवासिय नेपाली समाज कतारका सदस्य माधव प्रसाद भूषाल, गैह्र आवासिय नेपाली समाज कतारका सल्लाहाकार युवराज पाठक तथा नेपालबाट आउनुभएका डि.वि. कार्की हुनुहुन्थ्यो ।
त्यसैगरी अतिथि दिर्घाका डा. देवकाजी डंगोल, वद्रि पाण्डे, भिम शर्मा पौड्यल तथा सागर नेपालले आ-आफ्नो मन्तव्य राख्दै कावा राजदूत पाण्डेको उज्जवल भविष्य तथा प्रगति र उन्नतिको कामना गर्नुभएको थियो ।
सभाका सभापतित्व गर्नुभएका गैह्र आवासिय नेपाली समाज कतारका अध्यक्ष कमलमणि गुरागाईले कावा राजदूत पाण्डेसंग आफूले विताउन पाएका दिनहरुको स्मरण गर्दै वहाँ एक कुशल प्रशासक तथा कामदारहरुको साथीभएको वताउनुभयो ।
समस्त वक्ताहरुले कावा राजदूत पाण्डेको कार्यकाल तिन महिनामात्र बाँकी रहदा नेपाल सरकारले वहाँलाई फिर्ता बोलाएकोमा आश्चर्य प्रकट गर्दै सो कार्यको निन्दा तथा खेद प्रकट गरेका थिए । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |