nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 10 March 2007

HOME -> NEWS -> NEWS FROM QATAR


चितवन यूवा समूहबाट बृहत सहयोग प्रदान

नेक सम्वाददाता - 10/03/2007

सन् २००१ मा गठित संस्था चितवन यूवा समूह दोहा कतारले पछिल्ला महिनामा विभिन्न विषयमा आर्थिक सहयोग प्रदान गरी अन्य संस्थाको तुलनामा आफूलाई पूनःअग्रस्थानमा उभ्याउन सफल भएको विगतको बर्षहरुमा पनि सामाजिक तथा मानवीय सहयोग गर्ने क्रममा दोहा महानगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित "बीचक्लीनीङ्ग" कार्यक्रममा सरिक भई उत्कृष्ट योगदान दिए वापत कतार सरकार बाट प्रशंशापत्र पनि पाएको थियो भने दोहा स्थित सरकारी अस्पताल (हमाद मेडिकल कर्पोरेशन) मा रगतको अभाव भएको जानकारीमा आएपछि चि.यु.स. ले पटक पटक रक्तदान कार्यक्रमको आयोजना गरी मानवीय सहयोग पुर्याएको थियो

 

पछिल्लो महिनामा चि.यू..ले चितवन जिल्ला पिप्ले गा.वि..वडा नं का मुटुरोगी आत्माराम रिजालको मुटुको उपचारार्थ सहयोग स्वरुप ने.रु. ७८,०००।- प्रदान गरेको, कतारमा कार्यरत अवस्थामा मृत्युवरण गर्न पुगेका चितवन जिल्ला गुन्जनगर-५ शशिनगर का ऋषिराम परियारको आश्रति परिवारलाई सहयोग स्वरुप ने.रु. ३२,९६०।- , कतारमा मृत्यु भएका चितवनकै राजेश नेपालीको आश्रति परिवारलाई ने.रु. ४३,१८०।- लोकतान्त्रिक जनआन्दोलनको घाइतेहरुको उपचार्रार्थ ने.रु.६०००।-, बाढीपिडितको सहयोगार्थ ने.रु.,२२०।-, मोरङ्ग निवासी मृतक इवारामको सहयोगार्थ ने.रु. १०२०।-, चितवन , चन्द्रनगरका दुध बहादुर तामाङ्गको कतारमा सडक दुर्घटनामा परी मृत्यु हुन गएकोमा निजको आश्रति परिवारलाई चितवन यूवा समूहको विशेष पहलमा राहत स्वरुप ने.रु.,४७,०००।- संकलन गरिएको दुर्घटना वीमा स्वरुप पाउने रकमको लागि निज मृतक कार्यरत रहेको सम्वन्धित कम्पनीसंग पहल गरिदै आएको पनि चितवन यूवा समूहका अध्यक्ष रामहरी गैरेले जानकारी गराउनु भयो

 

यसको साथै चितवन जिल्लाको विकटगाउँलाई विशेष रुपले मध्यनजर गरी विरामीहरुको सुलभता को लागि पूर्वघोषित योजना अनुरुप निकट भविष्यमा नै एम्वुलेन्स प्रदान गरिने कुरा पनि अध्यक्ष गैरेले बताउनु भयो सो एम्वुलेन्स खरिदको लागि चितवन यूवा समुहका संरक्षक तथा गैर-आवासीय नेपाली समाजका उपाध्यक्ष (मध्यपूर्व) सागर नेपालले चितवनवासीको मानवीय सहयोगको लागि चितवन यूवा समूहले चालेको उक्त पहलकदमीको स्वागत गर्दै आफ्नो व्यक्तिगत तर्फबाट सहयोग स्वरुप ने.रु. एक लाख प्रदान गर्ने बचनबद्धता जाहेर गर्नु भएको चियूस को सो अभियानलाई प्रशंशा गर्दै समाजसेवी भूपति भट्टराईले ने.रु. ५०,०००।- तथा गैर-आवासीय नेपाली समाज का कतार प्रतिनिधि भीम प्रसाद शर्मा पौडेलले ने.रु.,०००।- दिने वचनवद्धता जाहेर गर्नु भएको भने गैरआवासीय नेपाली समाजका पूर्व अध्यक्ष वद्रि प्रसाद पाण्डेले ने.रु. ३४,०००।- सहयोग स्वरुप उपलब्ध गराईसक्नु भएको एम्वुलेन्स कुन क्षेत्रलाई प्रदान गरीने भन्ने सम्बन्धमा हाल निर्णय भईनसकेको कुरा पनि अध्यक्ष गैरेले बताउनु भयो

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com