nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 17 March 2007

HOME -> NEWS -> NEWS FROM QATAR


कार्यभार सम्हाल्न रामकाजी खड्का दोहामा

नेक सम्वाददाता - 13/03/2007

नवनियुक्त द्वितिय सचिव रामकाजी खड्का

कतारस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हाल्न नेपाल सरकार परराष्ट्र मन्त्रालयका अधिकृत रामकाजी खड्का गत शुक्रबार आफ्ना धर्मपत्नी सहित दोहा आईपुग्नुभएको छ ।

 

कतारमा कार्यरत करिव १ लाख ८० हजार नेपालीहरुलाई सेवा पुर्याउदै आएको यहाँको दूतावासमा राजदूतको पद भने गत जुन महिना देखिनै खाली रहेको छ भने प्रथम सचिव राजेन्द्र पाण्डेले कार्यवाहक राजदूतको पनि कार्यभार सम्हाल्दै आउनुभएको थियो । पाण्डेको कार्यकाल समाप्त हुनु भन्दा तिन महिना अगाडी वहाँलाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको हो ।

 

भौतिक योजना मन्त्रालयबाट २०५७ सालमा आफ्नो सरकारी सेवा शुरु गर्नुभएका रामकाजी खड्काले खुल्ला प्रतियोगिताबाट छनौट भएर २०६१ साल देखि परराष्ट्र सेवामा प्रवेश गर्नुभएको हो । जन्मथलो खोटाङ्ग जिल्लाको हौंचुर गाविसमा रहेपनि मोरङ्ग जिल्लाको भौडाहा गाविस वार्ड १ मा स्थाई घर भएका खड्का परराष्ट्र मन्त्रालयको कन्सुलर शाहामा केही समय कार्यरत रहनुभएको तथा दोहा स्थित दूतावासमा द्वितिय सचिवको कार्यभार सम्हाल्न आउनुभन्दा अधि परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी, दक्षिण पूर्वी एसिया तथा प्रशान्त महासारग क्षेत्र हेर्ने महाशाहामा कार्यरत हुनुहुन्थ्यो । वहाँको दोहामा कार्यकाल चार वर्षको रहने छ भने राजदूत नभएको अवस्थामा कार्यवाहक राजदूतको कार्यभार पनि सम्हाल्नुहुने छ ।

 

हाम्रा प्रतिनिधिसंग छोटो कुराकानीमा कतार आएको केही दिन मात्र भएको र रमाईलो लागिरहेको वताउदै खड्काले कतारमा शान्ति सुरक्षाको राम्रो व्यवस्था हुनुको साथै सरकार सफल रहेको आफुले पाएको वताउनुभयो । राजदूत नियुक्तिको प्रसंगमा नेपाल सरकारले १४ मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरिसकेको भएता पनि संसदिय सुनुवाई समिति गठन हुन नसकेकोले नियुक्ति प्रकृयामा केहि ढिलाई भएको भन्दै नेकपा माओवादी सम्मिलित सरकारको गठन प्रक्रिया अगाडी बढिसकेको हुँदा चाँडै नै राजदूत नियुक्तिको टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com