|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 17 March 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
पुरानोको विदाई नयाँलाई स्वागत |
||
| कुमार कार्की - 17/03/2007 | ||
दोहा स्थित नेपाली दुतावासका कार्यवाहक राजदुत तथा प्रथम सचिव राजेन्द्र पाण्डेलाई कार्यावधि सकिनु भन्दा ३ महिना अघि नै नेपाल सरकारले फिर्ता वोलाए पछि उहा स्वदेश फर्कनु हुने भएको छ । नेपालकतार पत्रकार संघ दोहाले गत विहिवार साँझ नेपाली दुतावासको सभाकक्षमा आयोजित एक कार्यक्रमका विच पाण्डेको विदाई तथा तथा वहाँको स्थानमा कार्यभार सम्हाल्न आउनुभएका द्वितीय सचिव रामकाजी खड्काको स्वागत गरेको छ ।
नेपाल कतार पत्रकार संघका अध्यक्ष रवि भट्ट को सभापतित्व तथा नेपाली दुतावासमा कार्यभार सम्हाल्न आउनुभएका द्धितिय सचिव रामकाजी पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको आयोजना नेपाल कतार पत्रकार संघ कतारले गरेको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका लागि मध्यपूर्वका उपाध्यक्ष सागर नेपाल, गैर आवासिय नेपाली संघ दोहा च्याप्टर का अध्यक्ष कमलमणि गुरागाँइ, च्याप्टरका सल्लाहकार वद्रि प्रसाद पाण्डे, मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहाका सदस्य टि. वि. कार्की, लिम्वु एकता समाज शाखा कतारका दिलकिरण खजुम, जनजाती महासंघ शाखा कतारका अमृत गुरुङ्ग, म्यानपावर व्यवसायि डि. वि. कार्की, आदिको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिदै नेपाल कतार पत्रकार संघका महासचिव ऐतराज तुम्रोकले छोटो समयममा नै सफल कर्मचारीको रुपमा उभिन सफल भएर स्वदेश फर्कन लाग्नु भएका पाण्डे ज्यादै मृदुभाषि हुनु हुन्थ्यो भन्ने तर्क राख्दै अव उहाको कार्यभार सम्हाल्न आउनु भएका रामकाजी खड्काले पनि नेपाली समाजलाई त्यस्तै गुण लगाउनु पर्ने तर्क सार्नु भएको थियो ।
कार्यक्रममा नवआगन्तुक द्धितिय सचिव रामकाजी खड्कालाई नेपाल कतार पत्रकार संघका सभापति रवि भट्टले फुलको गुच्छाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा वोल्दै वैदेशिक रोगगार व्यवसायी डि. वि कार्कीले अस्वस्थ प्रतिस्पर्धालाई रोक्नु पर्ने तर्क राख्नु भएको थियो । नेपाली दुतावासले यस्ता कामका लागि पहल गर्न सके नेपाली कामदारहरुले दुख नपाउने तर्क राख्दै आफ्नो म्यानपावरवाट आउने कसैलाई पनि सुकुम्वासी वन्न नदिने प्रतिवद्धता गर्नु भएको थियो । कार्यक्रममा दिलकिरण खजुमले नेपाली दुतावासले नेपाली समुदायका लागि काम गनुपर्ने तर्क राख्दै राजेन्द्र पाण्डेका पालामा भएको सुधारलाई द्धितिय सचिव खड्काले निरन्तरता दिनुपर्ने धारणा राखेको थिए । मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाजका सदस्य टि वि कार्कीले नेपाली दुतावास सदैव सेवाग्रहिहरुका लागि सकारात्मक भएर अघि जानु पर्ने तर्क राख्नु भएको थियो । गैर आवासिय नेपाली संघ दोहाका अध्यक्ष कमलमणि गुरागाईले नेपाली दुतावासलाई समाज वाट गर्नु पर्ने जुन सुकै सहयोग गर्न कुनै कसर वाँकि नराख्ने धारणा राख्नु भएको थियो । जनजाती महासंघ शाखा कतारका अध्यक्ष अमृत गुरुङ्गले कार्यक्रममा वोल्दै जनजातीहरुले नेपाली दुतावासलाई गर्नु पर्ने काम का लागि सदैव तत्पर रहेको धारणा राख्नु भएको थियो । गैर आवासिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद दोहाका सल्लाहकार वद्रि प्रसाद पाण्डेले सरकारी प्रकृयालाई सवैले स्विकार्नु पर्ने धारणा राख्दै राम्रो काम गर्ने जो कोहिले पनि उपयुक्त ठाँउमा अवसर पाउने धारणा राख्नु भएको थियो । एन.आर.एन.ए. का मध्यपूर्व उपाध्यक्ष सागर नेपालले राम्रो काम गर्दा नै नेपाल सरकारले राजेन्द्र पाण्डेलाई फिर्ता वोलाएको हो भने त्यसलाई स्वागत गर्नु पर्ने धारणा राखेका थिए । कार्यवाहक राजदुत पाण्डेको पालामा दुतावास र समाजको दुरी अत्यन्त नजिक भएको कुरा व्यक्त गर्दै अन्य देशका दुतावासहरुको तुलनामा कतारमा रहेको नेपाली दुतावासले सकारात्मक कार्य गरेको धारणा राख्नु भएको थियो । कार्यक्रममा वोल्दै प्रथम सचिव तथा कार्यवाहक राजदुत राजेन्द्र पाण्डेले आफ्नो पालामा धेरै राम्रा र उपलव्धिमुलक कामहरु गर्न नसके पनि समाज र सरकारी कार्यलय विचको दुरीलाई कम गराउन सफल भएको धारणा राख्दै आगामी दिनमा पनि यसको निरन्तरता आफ्ना सहकर्मीहरुले दिने आशा व्यक्त गर्नु भएको थियो । पाण्डेले नेपालीहरुका समस्याहरु समाजवाट नै उत्पन्न हुने भएकाले गर्दा समाजलाईलाई नै वाठो वनाउन सके समस्याहरु समाजवाट नै सुल्झिने हुनाले समाजसँग सहकार्य गरेको धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा वोल्दै नवआगन्तुक द्वितिय सचिव रामकाजी खड्काले कतारको नेपाली समाज देखेर आफु आफ्नै परिवार भित्र रहेको महशुस गरेको धारणा राख्नु भएको थियो । साथै कतारमा रहेका नेपालीहरुका समस्याहरुलाई साधन र स्रोतले भ्याए सम्म समाधान गर्दै जाने धारणा राख्नु भएको थियो । |
||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |