|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 26 March 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
अनौपचारीक भेटघाट कार्यक्रम सम्पन्न |
| बिल बहादुर गुरुङ्ग - 26/03/2007 |
|
मार्च २४ । कतार भ्रमणमा रहनु भएका नेपाल कम्युनिष्ट पार्टी(एमाले) का बरिष्ठ पोलिट व्युरो सदस्य तथा अन्तरिम संसदका सदस्य श्री अमृत कुमार बोहरासँग नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले यहि २४ मार्चका दिन कतारको नेश्नल स्थित हिमालयन रेष्टुरेण्टमा एक अनौपचारीक भेटघाट कार्यक्रमको आयोजना गर्यो । उक्त भेटघाटमा तमु बौद्ध सेवा समिति शाखा कतार, प्रवासी मगर संघ शाखा कतार, आप्रवासी तामाङ्ग समाज कतार, किराँत राई यायोख्खा शाखा कतार र किराँत याक्थुङ एकता समाज कतारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । महासंघसँग आबद्ध ५ संघ संस्थाहरुका तर्फबाट संस्थागत प्रतिनिधिहरुले बरिष्ठ नेतालाई खाता ओर्ढाई स्वागत गरिनुका साथै उपस्थित सबैको व्यक्तिगत परिचयबाट सुरु भएको भेलामा महासंघका अध्यक्ष श्री अमृत गरुङ्गले नेपालका आदिवासी जनजातिहरुले उठाउँदै आएको अहम सवालहरुका वारेमा जानकारी गराउनुका साथै संविधान सभाको निर्वाचन जस्तो महत्वपुर्ण कार्यमा प्रवासमा रहेका नेपालीहरुलाई मतदानको अधिकारबाट बन्चित गरिनु, राज्यको पुनसंरचनाका लागि संघिय राज्य प्रणली, सबै तह र तप्कामा समानुपातिक प्रतिनिधित्व, जातिय, भाषिक र भौगोलिक स्वयत्तता, पुर्ण धर्म निरपेक्षता, मुलुकलाई राष्ट्रगान विहिनताको अवस्थामा राखिनु, वर्तमान गठबन्धनमा गणतन्त्रबादीहरुको स्पष्ट बहुमत रहेको अवस्थामा पनि नेपालको राजनितिक माहौलले गणतन्त्रलाई आत्मसाथ गर्न नसकिरहेको एक खाले अन्यौलको अवस्था लगायत यावत विषयमा जिज्ञासा राख्नु भएको थियो ।
अध्यक्ष श्री गुरुङ्गको जिज्ञासा पछि बरिष्ठ नेता श्री बोहराले नेपालको वर्तमान राजनितिक घटनाक्रमहरु बारे आफ्ना भनाईहरुलाई संक्षिप्त रुपमा राख्नु भएको थियो । आफ्ना भनाईहरु राख्ने क्रममा नेपालको वर्तमान अवस्था अत्यन्त तरल रहेको, विभिन्न आन्दोलन र क्रान्तिहरुबाट प्राप्त उपलब्धिहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने क्रममा विविध खाले आरोह अवरोह पार गर्दै हाल प्राप्त भएको उपलब्धिलाई तमाम नेपालीको हितमा प्रयोग गर्ने बाटोमा नेपाल अघि बढेको जानकारी गराउनु भएको थियो । प्रवासी नेपाली समाजले नेपालको हरेक आन्दोलनमा पुर्याएको आर्थिक, नैतिक लगायत तमाम सहयोग प्रति आभार ब्यक्त गर्नु हुँदै कतार स्थित नेपाली समाज पनि एउटा महत्वपुर्ण पाटो भएको कुरा समस्त न्यायप्रेमी नेपालीले उच्च मुल्याङ्कनका साथ स्वीकारेको जानकारी पनि दिनु भयो । वर्तमान सरकार काम चलाउ मात्र भएकोले पनि नेपाली जनताले अपेक्षा गरे अनुरुपको कार्य हुन नसकि रहेको स्वीकार गर्नु हुँदै अब छिट्टै बन्न गईरहेको प्रमुख आठ राजनितिक दल सम्मिलित अन्तरिम सरकारको निर्माण पछि आदिवासी जनजाति लगायत तमाम नेपाली जनताको अपेक्षाकृत कार्य अघि बढ्ने कुरामा आफु आसाबादी रहेको कुरा ब्यक्त गर्नु भयो । नेपाली जनताको चाहना र जनआन्दोलन-२ को भावना भनेको राज्यको पुनसंरचनाद्वारा संघिय राज्य प्रणाली र पुर्ण लोकतन्त्रका लागि संबिधान सभाको निर्वाचन नै भएकोले अब मुलुक त्यस विषयमा केन्द्रित हुनु पर्ने र अत्यन्त सचेतताका साथ अघि बढ्नु पर्ने कुरा ब्यक्त गर्नु भयो । प्रवासमा विभिन्न पेशा र ब्यवसायमा संलग्न नेपालीहरुले प्राविधिक कारणले संबिधान सभाको निर्वाचन जस्तो महा यज्ञमा भाग लिन नपाउने स्थिति श्रृजना भएकोमा दुःख लागेको तर उक्त निर्वाचनको तिथि मिति तय भए पछि सम्पुर्ण प्रवासी नेपालीहरुलाई मतदानमा भाग लिनको लागि आव्हान गर्ने कुरा सबै राजनितिक दलहरुसंग सहमति भईसकेको कुराको जानकारी गराउन हुँदै नेपालमा भएका आफ्ना परिवारलाई संबिधान सभाको निर्वाचनमा सकृय रुपमा भाग लिन प्रेरीत गर्राई दिन आग्रह समेत गर्नु भयो ।
प्रवासी सर्म्पर्क मञ्च कतारका नव निर्वाचित अध्यक्ष नरेश श्रेष्ठ र स्याङ्गजा सेवा समाजका अध्यक्ष पूर्ण केसी लगायत कतारमा कार्यरत अन्य महानुभावहरुको पनि उपस्थिति रहेको उक्त भेटघाट कार्यक्रमको अन्तमा चियापान गरि वर्तमान अवस्थामा मुलुकमा भड्कीएको हिंसा र प्रतिहिंसाको अन्त्य छिटो होस भन्ने कामनाका साथै आदिवासी जनजातिहरुले उठाँउदै आएका राजनितिक, धार्मिक, सामाजिक, सांस्कृतिक लगायत तमाम विषयहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र ब्यक्तिगत रुपमा बरिष्ठ नेता बोहराज्यूको सकारात्मक सहयोग पाउने कुरामा पुर्ण आसावादी रहेको धारणा ब्यक्त गर्नु हुदै महासंघका अध्यक्ष अमृत गुरुङ्गले संसद बोहराले नेपाल प्रवासी आदिवासी जनजाति महासंघलाई दिनुभएको अमुल्य समय र वहाँका सल्लाह सुझावहरु प्रति हार्दिक आभार व्यक्त गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |