nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 March 2007

HOME -> NEWS -> NEWS FROM QATAR


प्रवासी नेपाली सम्पर्क मञ्चको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

नेक सम्वाददाता - 28/03/2007

सभालाई सम्बोधन गर्दै संसद अमृत बोहरा

दोहा- अन्तरिम ब्यबस्थापिकाका सांसद तथा नेकपा एमाले स्थायी समितिका सदस्य अमृत बोहोराले लोकतन्त्रले मुलुकको प्रतिष्ठा बढेको तर्क राख्दै मुलुकका बारेमा सकारात्मक धारणा बनाउन आग्रह गर्नुभएको

प्रवासी नेपाली सम्पर्क मञ्चको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कतारवासी नेपालीहरूलाई सो आग्रह गर्नुभएको हो आर्थिक, सामाजिक, राजनीतिक कारणले प्रवासिन बाध्य नेपालीका समस्या नेतृत्व पंक्तिलाई ज्ञान भएको उल्लेख गर्दै उहाँले मुलुकमा यदाकदा भएका नकारात्मक घटनाक्रमकावारेमा लहैलहैमा नलाग्न आग्रह गर्नुभयो 'मुलुकमा धेरै सकारात्मक कुराहरू भएका छन् शिर ठाडो पार्नसक्ने स्थिति सिर्जना भएको ' उहाँले भन्नुभयो- 'लोकतान्त्रिक आन्दोलनपछि आज नेपालीहरू विश्वभर शिर ठाडो पारेर हिँड्न सक्ने भएका छन् नेपालीलाई अहिले विश्वले पत्याउँछ, सम्मान गर्छ लोकतन्त्रले मुलुकको प्रतिष्ठा बढेको '

 

केहि पनि भएन मुलकमा भनेर निराशाको विउ नर्छन पटक-पटक आग्रहृ गर्दै उहाँले भन्नुभयो- 'लोकतन्त्र भएको कारणले नै हरेक समुह/बर्गले आफ्ना अधिकार मागेका हुन् यो सचेतना पनि लोकतन्त्रले नै दिएको हुनाले यसलाई सकारात्मकरुपले ग्रहण गर्नुहोला विवाद, समस्या छन् तर बाटाहरू पनि छन् ' सय ३७ बर्षपुरानो तानाशाही राज्यसत्ताबिरुद्व आवाज उठ्नुलाई उहाँले लोकतन्त्रले ल्याएको मिठो सचेतनाकारुपमा चर्चा गर्नुभयो 'केहि पनि भएन भनेर अरुलाई भ्रममा नपारौं लोकतन्त्रमा धेरै काम शुरु भएको तर काम सम्पन्न हुन समय लाग्छ विश्वास गर्नुहोस्, लोकतन्त्र, समावेशीकरणले सवै कुरा क्रमशः ल्याउनेछ, नेपालको भविश्य उज्वल बनाउनेछ' उहाँको अनुभवी कथन थियो- 'समस्याहरू छन् भनेर आत्तिएर वा भागेर हुँदैन, धैर्य राखेर समाधानमा जुट्नुपर्छ '

 

सरकार बलियो भयो भने जहाँ गए पनि सम्मानित हुन सकिने उहाँको ठहर 'अहिले हामी अलि कमजोर देखिएका छौं, धैर्य गर्नुहोला भोलि पक्कै हामी बलिया हुनेछौं किनकी अव मुलुकमा लोकतन्त्र आइसकेको लोकतन्त्रमा छिट्टै सरकार बलियो हुनेछ '

आठ राजनीतिक पार्टीका विविध सहमतिहरू, मुलुकको राजनीतिक पृष्ठभुमिको, संविधानसभाको निर्वाचन, राजसंस्थाको भविश्य, मुलुकको संघिय संरचना, हाल जारी आन्दोलनमा भए गरेका हिंसात्मक पक्षहरू लगायतका बिषयमा विस्तृत चर्चा गर्दै घण्टा लामो रसिक संयम सम्बोधनमा उहाँले उपस्थित सम्पुर्णलाई निकै मन्त्रमुग्ध पार्नुभएको थियो राज्यको नयाँ संरचनाको कुरा उठ्नुलाई उहाँले निकै ठुलो उपलब्धिकारुपमा चर्चा गर्नुभयो लोकतन्त्रमा सवैको समान योगदान रहेको उहाँले विश्वास दिलाउनुभयो

 

'हामी एक युगान्तकारी परिवर्तनको संघारमा छौं अव संविधानसभाको निर्वाचन हुँदैछ, यसका लागि तपाइँहरू -आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुनेमा विश्वस्त छौं' उहाँले अगाडि थप्नुभयो- 'दिगो शान्तिका लागि पहल भइरहेको अहिलेको अवस्थामा पुराना प्रतिगामी शक्तिहरूले दाउ खोजिरहेका छन् तर हामी एकजुट भइरहृयौं भने उनीहरू कहिल्यै सफल हुन सक्दैनन् '

 

मुलुकमा लोकतन्त्र आएको प्रभाव विश्वभर छरिएर रहेका नेपालीमा प्रतिविम्बित भएको उल्लेख गर्दै कतारवासीलाई उहाँले भन्नुभयो- 'मुलुकमा लोकतन्त्र आएको प्रभाव तपाईँहरूमा देखें किनकि तपाइँहरूमा आफ्ना समस्या निर्धक्कसंग राख्नसक्ने प्रबृत्ति बढेर आएको ' श्रमको सम्मान गर्ने दृष्टिकोण राख्नुपर्नेमा उहाँले जोड दिनुभएको 'श्रमका लागि जुनसुकै राष्ट्रका मान्छेपनि विदेशिन्छन् यसमा हामीमात्रै हो कि भन्ने हिनताबोध नराख्नुहोला' उहाँको सुझाव थियो- 'पेशागत अधिकारको लागि संगठित, सचेत हुनसके आज अपमानित हुनुपरे पनि भोलि सम्मानित बन्न सकिन्छ '

 

प्रवासी नेपाली सम्पर्क मञ्चलाई सवैको साझा संस्थाकारुपमा उल्लेख गर्दै राजनीतिक आँखाबाट मात्रै नहेर्न एवं सकारात्मक सिर्जनात्मक सहयोग उपलब्ध गराउन उहाँले आग्रह पनि गर्नुभयो प्रवासिन बाध्य भएका दाजुभाई/दिदीबहिनीसंग दुखसुख साट्ने आवसर प्रदान गरेकोमा मञ्चप्रति आभार पनि ब्यक्त गर्नुभयो

 

'अहिले हामी संक्रमणकालमा छौं, संक्रमणकालमा अन्यौल अनिश्चितता, अस्तब्यस्तता रहन्छन् तर क्रमशः यो सुधार भएर जानेछ' प्रायः सम्पुर्ण सवाल मागहरूको जवाफसंगै सम्बोधनको अन्तमा उहाँको निष्कर्ष थियो- 'अहिलेको आवश्यकता लोकतन्त्रबादीविच सद्भाव एकताको हो नकारात्मक भावना बढ्न नदिउँ, सकारात्मक सोचले हातेमालो गरौं '

 

प्रवासीका माग उठे सम्पर्क मञ्चको सम्मेलनमा

सम्मेलनको उद्‌घाटन गर्दै सांसद अमृत बोहरा

अन्तरिम ब्यबस्थापिकाका सांसद तथा नेकपा एमाले स्थायी समितिका सदस्य अमृत बोहोराको प्रमुख आतिथ्यमा प्रवासी नेपाली सम्पर्क मञ्चको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको

 

'प्रवासी नेपाली सम्पर्क मञ्चमा आबद्व होऔं, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सम्पुर्ण प्रवासीहरू एक होऔं' भन्ने नाराका साथ सम्पन्न सो सम्मेलनमा बक्ताहरूले प्रवासीएका नेपालीहरूका समस्याहरू उल्लेख गर्दै विभिन्न मागहरू प्रस्तुत गरे

बोहोराको प्रमुख आतिथ्य, कार्यबाहक राजदुत रामकाजी खड्काको बिशेष आतिथ्य मञ्चका अध्यक्ष कमलमणी गुरागाईँको सभापतित्व महासचिव नरेश श्रेष्ठको संचालनमा ज्ञात-अज्ञात शहिदहरूप्रति मिनेट मौनधारणबाट शुरु भएको सो सम्मेलनमा मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सदस्य मोहमद सिद्दिक लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो प्रमुख अतिथीले दिप प्रज्वलन गर्दै सम्मेलनको उद्घाटन गर्नुभएको थियो

 

कतारवासीका समस्या समाधानका उपायहरू तथा यहाँबाट राखिएका मागहरूका वारेमा सांसद बोहोराले विशेष सम्बोधन गर्नुभयो भने उद्घाटनसत्रलाई सम्बोधन गर्दै कार्यबाहक राजदुत खड्काले दुतावासका तर्फबाट यहाँस्थित नेपाली समुदाय मुलुकको राष्ट्रिय स्वार्थको हितमा यथासक्य काम गर्ने प्रतिबद्वता ब्यक्त गर्नुभयो मञ्चका अध्यक्ष गुरागाईँले संस्थाको स्थापना गतिविधिहरूकाबारेमा जानकारी गराउनुभयो संस्था स्थापनामा खेप्नुपरेका समस्याहरू उल्लेख गर्दै उहाँले संस्थाको बिधान पनि तत्कालिन राजदुतले अन्य संघसंस्थाहरू सरह नबुझेको खुलासा गर्नुभयो 'तर आज हामी यहि दुतावासको सभाकक्षमा दोश्रो राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछौं यो हाम्रो सफलताको प्रमाण हो' उहाँले भन्नुभयो- 'यो संस्था भविश्यमा अझै सशक्त बन्दै जानेमा दुइमत छैन ' निकै संक्षिप्त स्वागत मन्तब्यमार्फत मञ्चका उपाध्यक्ष विर बहादुर थापाले पनि ऐक्यबद्वताका लागि आग्रह गर्नुभयो भने संगठन सचिव शमशेर दिन मियाँले संविधानसभाको निर्वाचनमा प्रवासीएका नेपालीहरूको मताधिकारको मागमा जोड दिनुभयो

 

गैरआवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए-आइसीसी) का उपाध्यक्ष सागर नेपालले प्रवासीहरूमा देशप्रतिको चिन्तन बृद्वि हुँदै गएको तर्क राख्दै देशले कोल्टे फेरेको सुन्न पाइएता पनि यो लुकाछिपीको खेल भएको गुनासो गर्नुभयो मु&