nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 28 March 2007

HOME -> NEWS -> NEWS FROM QATAR


अमेरिकी डलरको भाउ दुई वर्षमा सबैभन्दा कम

नेक सम्वाददाता - 28/03/2007

केही दिन यतादेखि अमेरिकी डलरसंगको नेपाली रुपैंयाँको सटही दरमा गिरावट आएको छ । १५ दिन अगाडी सम्म प्रति अमेरिकी डलरको ७१ रुपैंयाँको हाराहारीमा रहेको नेपाली रुपैयाँको सटही दर केही दिन भित्रै घटेर दुई वर्षकै सबैभन्दा कम ६८।८५ पैसा कायम हुन आएको छ । यो घट्ने क्रम अझ कायम हुन सक्ने अनुमान गरिएको छ ।

 

नेपाली रुपैंयाँसंग भारतीय रुपैंयाँको सटही दर स्थीर रहेको अवस्थामा भारतमा भएको उतार चढाबको कारण नेपालमा पनि यसले असर गरेको सम्बन्धित विज्ञहरु वताउदछन् । नेपाल राष्ट्र बैंकले हस्तक्षप गर्नसक्ने अवस्था नरहेकोले नै नेपालमा अमेरिकी डलरको अवमूल्यन भएको दावी विज्ञहरुको छ ।

 

कतार लगायत मध्यपूर्वमा कार्यरत नेपालीहरुलाई यस गिरावटले धेरै असर पर्नजाने देखिन्छ । मध्यपूर्वका मुद्राहरु अमेरिकी डलरसंग स्थीर सटही दरमा रहेको अवस्थामा नेपाली रुपैंयाँसंगको सटही दर घट्न गएको हो ।

 

अमेरिकी डलरको सटही दरमा आएको गिरावटले नेपालको अर्थतन्त्रलाई फाईदै हुने भएता पनि अस्थिर अवस्थामा रहेको दरले उपभोक्ताहरुलाई कुनै प्रत्यक्ष फाईदा भने पुग्न नसक्ने विज्ञहरुको दावी छ ।

 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com