nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 02 April 2007

HOME -> NEWS -> NEWS FROM QATAR


सिन्धुली एकता समाज पुनर्गठन

नेक सम्वाददाता - 02/04/2007

सिन्धुली जिल्लावासी भई कतारमा कार्यरत नैपालीहरुको भलाईको निम्ति सन् २००३ अप्रिलमा महिनामा स्थापित 'सिन्धुली एकता समाज' दोहा, कतारको कार्य-समितिको पुनर्गठन भएको दोहाको नेशनलस्थित कतार इन्टरनेशनल होटलमा गत मार्च तारिकका दिन भएको भेलाले परम्परागत निर्वाचन पद्धतिलाई चुनौति दिंदै उपस्थित सबैलाई सबै पदको दाबेदार हुन सक्ने लोकतान्त्रिक वातावरणमा नयाँ ढंगले संचालन हुने आपसी प्रणका साथ विजय लामाको अध्यक्षतामा एघार सदस्यीय कार्य-समितिको चयन गरेको

 

नवगठित कार्यसमितिको उपाध्यक्षमा बुद्धि बहादुर बस्याल, सचिवमा श्रीकृष्ण राजवंशी, सह-सचिवमा वसन्त थिङ्ग, कोषाध्यक्षमा वासुदेव ढकाल तथा सदस्यहरुमा केशव सुन्दास, डम्बर प्रसाद चौलागाईं, भौला नेपाली, चेत बहादुर मगर, दुतमान तामाङ्ग तेज बहादुर सुनुवार रहनुभएको छ । यसै गरी सल्लाहकारहरुमा डिक बहादुर परियार, हरि बहादुर श्रेष्ठ, गणेश कुमार कार्की, सौम योञ्जन कूल प्रसाद गौतम रहनुभएको सिन्धुली एकता समाजले जनाएको छ

 

लाल प्रसाद परियारले संचालन गर्नु भएको कार्यक्रममा सोही भेलाले पूर्ववत प्रत्येक अंग्रेजी महिनाको दोश्रो शुक्रबार दिउँसो शुक नज्दा स्थित सिटी एक्सचेन्जसँगैको पार्कमा नियमित भेटघाट कार्यक्रम जारी राख्ने निर्णय पनि गरेको छ सिन्धुली एकता समाजको स्थापना भएर चार वर्ष पार गरिसक्दा पनि सक्रिय हुन नसकेकोमा समाजलाई नयाँ उचाई परिचय दिलाउन तमाम शुभेच्छुकहरुबाट सल्लाह, सुझाब तथा सहयोगको अपेक्षा गरिएको । सिन्धुली एकता समाजका सचिव श्रीकृष्ण राजवंशीलाई shreekrish2002@yahoo.com मा सम्पर्क गर्न सकिने छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com