nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 07 April 2007

HOME -> NEWS -> NEWS FROM QATAR


अनेसास कतार शाखाको प्रथम अधिवेशन सम्पन्न

नेक सम्वाददाता - 07/04/2007

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको प्रथम अधिवेशन हिजो शुक्रबारका दिन सम्पन्न भएको छ ।

 

दोहाको नेशनल स्थित ढाका रेष्टुरेन्टमा विहान १०:३० बजे शुरु भएको सो अधिवेशन दिनको २ बजे सम्पन्न भएको थियो ।

 

अनेसास कतारका संयोजक तथा नेपालकतार डट कमका संचालक शिखर बैद्यको सभापतित्व तथा दोहा स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा गैह्र आवाशिय नेपाली समाज (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष (खाडी क्षेत्र) सागर नेपाल तथा गैह्र आवाशिय नेपाली समाजका कतार प्रतिनिधि भिम शर्मा पौड्यल विशेष अतिथि रहनुभएको थियो ।

 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले तिनवटा मैनवत्ती वाली गर्नुभएको थियो । राई रमेश गाउलेद्वारा संचालित सो कार्यक्रममा नेपाल कतार पत्रकारसंघका सभापति रवि भट्टले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै किरात याक्थुम एकता समाजका अध्यक्ष दिल किरण खमुख तथा मोरङ्ग सुन्सरी प्रवासी युवा समाजका टि बी कार्कीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

 

कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाको प्रथम अधिवेशनको सफलताका साथै यसले नेपाली भाषा तथा साहित्यको विकाशको लागि पहल गर्न सकोस् भन्ने कामना सहितको मन्तव्य विशेष अतिथिहरु गैह्र आवाशिय नेपाली समाज अन्तरराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष (खाडी क्षेत्र) सागर नेपाल तथा गैह्र आवाशिय नेपाली समाजका कतार प्रतिनिधि भिम शर्मा पौड्यलले गर्नुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले समाजलाई दूतावासको सदैव सहयोग रहने वताउदै यस प्रकारको विशिष्टता बोकेको समाजको स्थापना भएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रमको अन्तमा सभापतिको आसनबाट अनेसास कतारका संयोजक शिखर बैद्यले अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा तथा साहित्यमा पुर्याउदै आएको विशेष योगदानको चर्चा गर्दै यसमा कतारवासी नेपालीहरुबाट पनि सहयोगको अपेक्षा रहेको वताउनुभयो । वहाँले कार्यक्रममा उपस्थित व्यक्तित्वहरुको सामु अनेसास कतार शाखाको विधान पढेर उपस्थित महानुभावहरुबाट अनुमोदनको लागी अनुरोध गर्दा सबैले ताली वजाएर विधान अनुमोदन गरीएको थियो ।

 

विधान अनुमोदन पश्चात विधानमा व्यवस्था भए अनुसार अनेसास कतारको सदस्यता लिन तथा कार्यसमिति गठन गर्नको लागि आ-आफ्नो उम्मेदवारी दिन अनुरोध गर्दै एनआरएनका उपाध्यक्ष सागर नेपालको संयोजकत्वमा भिम शर्मा पौड्यल तथा टि बी कार्की सहितको निर्वाचन समिति गठन गरीएको जानकारी दिनुभयो ।

 

सो अवसरमा बैठकमा उपस्थित ७९ जनाले तत्कार अनेसास कतारको सदस्यता दिएका थिए भने कार्यसमितिका विभिन्न पदको लागि उम्मेदवारी दिने काम पनि सम्पन्न भएको थियो ।

 

धेरै वेरको छलफल तथा सहमति पछि दिपक भेटवालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको गठन भएको निर्वाचन समितिका संयोजक सागर नेपालले घोषणा गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरुको परिचय गराउनुभएको थियो ।

 

नव गठित अनेसास कतारको कार्यसमिति निम्न अनुसार रहेको छः

 

पद

नाम

अध्यक्ष

दिपक भेटवाल

उपाध्यक्ष

उत्तम सेन

 

रवि भट्ट "रोषी"

सचिव

ज्ञानेन्द्र कोईराला

कोषाध्यक्ष

सरोज वास्तोला

सह-सचिव

वासुदेव अन्जान

सदस्य

चन्द्रशेर राई

 

सि एम शर्मा

 

शेर बहादुर परियार

 

कमल दानकुटी

 

निश्चल सुमन

 

 

 

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com