|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 09 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
खुल्ला कविता प्रतियोगिता सम्पन्न |
||||
| नेक सम्वाददाता - 09/04/2007 | ||||
|
नेपाल कतार पत्रकार संघको आयोजनामा गत शुक्रबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।
नेशनल स्थित ढाका रेष्टूरेन्टमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन दोहा स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले गर्नुभएको थियो । नेपाल कतार पत्रकार संघका अध्यक्ष रवी भट्टको सभापतित्वमा सम्पन्न तथा कुमार कार्की द्वारा संचालित सो कविता प्रतियोगितामा नेपाल कतार पत्रकार संघका उप सभापति नेत्र खनालले स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रतियोगिताको लागि जम्मा २४५ वटा कविताहरु प्राप्त हुन आएकोमा ८३ वटालाई छनौट गरी प्रतियोगितामा सामेल गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा श्रीमति कामना लम्साल सुवेदी, श्री बद्रि प्रसाद पराजुली तथा श्री दिपक पौड्यल रहनुभएको थियो ।
निर्णायक मण्डलले सम्पूर्ण ८३ वटा कविता वाचन सुनेपछि आफ्नो निर्णय प्रस्तुत गर्दै रविन्द्र नादनको कविता म र मेरो यथार्थ प्रथम, शिवराज गौतमको कविता जसरी केही मान्छेहरु द्वितिय, शिवराज पन्थीको कविता वाँसुरी र जीवन तृतिय, अर्पण तामाङ्गको कविता गणतन्त्र जिन्दावाद चौथो तथा ज्ञानेन्द्र वेखर्चीको कविता सपनाको खरानी पाँचौ भएको घोषणा गरेको थियो ।
प्रतियोगिताका पाँचै विजयीहरुलाई कार्यक्रमका सभापति तथा नेपाल कतार पत्रकार संघका सभापति रवि भट्ट तथा एनआरएनए आई.सि.सि. का कतार प्रतिनिधि भिम शर्मा पौडेलले संयुक्त रुपमा पुरस्कार तथा प्रशंसा पत्र वितरण गर्नुभएको थियो । त्यस्तै प्रतियोगितामा छनौट भएकाहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको शुरुमा प्रमुख अतिथि तथा नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले उत्तम बाबु सेनद्वारा रचित "डोरी लाउरेको कथा" नामक व्याङ्ग संग्रहको विमोचन गर्नुभएको थियो । सेनबाबुको नामबाट कतारमा प्रकाशित हुने नेपाली भाषाको साप्ताहिक पत्रिका राजधानी साप्ताहिकमा व्याङ्गकारका रुपमा चर्चित उत्तम सेनका लेखहरुको संग्रह डोरी लाउरेको कथा लेखकको प्रथम प्रकाशन हो । |
||||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |