nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 09 April 2007

HOME -> NEWS -> NEWS FROM QATAR


ठगिएका नेपाली दूतावासको शरणमा

नेक सम्वाददाता - 09/04/2007

अलपत्र परेका ढुण्डीराज चौलागाई

नेपालका एजेन्टले राम्रो काम तथा आकर्षक तलबको प्रलोभन देखाई गत मार्च २६ तारिख दोहा आईपुगेका सिन्धुली जिल्ला जलकन्या गाविस वार्ड २ निवासी २९ वर्षिय ढुण्डीराज चौलागाई आएका दिन देखिनै विचल्लीमा परेका छन् ।

 

दोहा अन्तरराष्ट्रिय विमानस्थलमा कम्पनीको मान्छेले लिन आउने आशामा ६ दिन विताएपछि एक नेपाली सामाजिक कार्यकर्ताले नेपाली दूतावासमा पुर्याएका थिए । दूतावासले निजलाई दूतावास भवनमै वस्ने तथा खाने व्यवस्था मिलाएर नीजको कम्पनी खोल्ने जमर्को गरेता पनि हालसम्म कुनै कम्पनी फेला पार्न सकिएको छैन ।

 

दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काका अनुसार नीजको भिषामा उल्लेखित कम्पनीमा फोन गर्दा यो भिषा नक्कली हो हामीले यस व्यक्तको नाममा कुनै भिषा पठाएको छैन भन्ने जवाफ पाएको बताउनुहुन्छ ।

 

नेपालमा Ocean International Pvt. Ltd. संग सम्बद्ध रमेश पाहाडी नामका व्यक्ति (फोन ९८४१४४३७२०) मार्फत आएको दावी चौलागाईले गरेता पनि निज संग भएको श्रम स्वीकृति भने Mahalaxmi Consultant Pvt. Ltd. को नाममा जारी गरीएको छ । मिति १७/१२/२००६ मा श्रम विभागबाट जारी श्रम स्वीकृतिमा दोहाको Al Amwag Trading & Contracting Co. बाट माग भई आएको तथा च.नं. P1508 मिति ०६३/७/१६ बाट ४९८ जनाको पूर्व स्वीकृति लिएको जनाईएको हो । नीजले साथमा ल्याएको भिषाको नम्बर १८२००६०२०८२९ रहेको छ भने कतार सरकारको अध्यागमनमा भने सो नम्बरको भिषाको म्याद सकिसकेको छ ।  

 

"हामीले रमेश पाहाडी भन्ने व्यक्तिलाई दिईएको फोन नम्बरका सम्पर्क गर्न खोज्दा नीजले हरेक पटक लाईन काट्ने गरेका छन् । अब विचल्लीमा परेका चौलागाईको केस परराष्ट्र मन्त्रालय मार्फत श्रममा पठाउने र कसरी हुन्छ निज चौलागाईलाई सक्दो चाँडो नेपाल फर्काउने तर्फ हामी लागेका छौ" - दोहा स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले बताउनु भयो । यदाकदा कम्पनी नभेटिने केसहरु आउने गरेता पनि चौलागाईको हकमा भने नक्कली भिषा बनाई पठाईएको र ठूलै गिरोह यस्मा संलग्न हुन सक्ने आशंका दूतावासले जनाएको छ ।

 

७५० रियाल तलब तथा खान बस्न कम्पनीले दिन्छ अनि ओभरटाईम पनि दिन्छ भन्ने प्रलोभन देखाएर पठाईदियो । नेपालमा एक लाख रुपैयाँ तिरेको थिए । अब के गर्ने आफू त वर्वाद भएको गुनासो पिडित चौलागाईले सुनाए ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com