|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 10 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
२५५१ औं बुद्ध जयन्ती मनाउने तयारी |
| नेक सम्वाददाता - 10/04/2007 |
|
कतारमा स्थापित विभिन्न संघ संस्थाहरु मध्ये बौद्ध धर्मसंग प्रत्यक्ष्य सम्बन्ध राख्ने तीन संस्थाहरुको संयुक्त आयोजनामा यही आउदो मे महिनाको ४ तारिख शुक्रवारका दिन पुजा-पाठ लगायत बौद्ध दर्शन र बौद्ध धर्मसंग सम्बन्धित कविता वाचन जस्ता रचनात्मक कार्यक्रमहरु प्रस्तुत गरि २५५१ औं बुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारी भई रहेको छ । तमु बौद्ध सेवा समिति शाखा कतार, आप्रवासी तामाङ्ग समाज कतार र प्रवासी शेर्पा संघ कतारका प्रतिनिधिहरुको यहि अप्रिल ६ तारिखका दिन बसेको संयुक्त भेलाले तमु बौद्ध सेवा समिति शाखा कतारका अध्यक्ष श्री बुधबल गुरुङ्गको संयोजकत्वमा २५५१ औं बुद्ध जयन्ती मुल समारोह समिति कतार गठन गरेको छ । प्रवासी शेर्पा संघ कतारका अध्यक्ष श्री पेमा ग्याल्जेन शेर्पा सह-संयोजक रहनु भएको उक्त समितिमा आप्रवासी तामाङ्ग समाज कतारका सचिव श्री रन बहादुर तामाङ्गलाई मुल समारोह समितिको सचिवको रुपमा चयन गरिएको छ ।
विगत केही वर्ष देखि प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृतिलाई जोगाई राख्न दत्त चित्त भएर लागेको तमु बौद्ध सेवा समिति शाखा कतार र आप्रवासी तामाङ्ग समाज कतारले छुट्टा छुट्टै रुपमा मनाउदै गरेको बुद्ध जयन्ती कार्यक्रमलाई गत वर्ष २५५० औं बुद्ध जयन्ती भने यी दुई संस्थाहरुले संयुक्त रुपमा मनाएका थिए । त्यसै कार्यलाई निरन्तरता दिन र सम्पूर्ण बौद्ध धर्मावलम्वि लगायत समस्त कतारवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई बौद्ध धर्म र दर्शनको जानकारी गराउने उद्देश्यले यो वर्ष देखि प्रवासी शेर्पा संघ कतार पनि यस कार्यमा सहभागी भएको छ । सबै बुद्ध धर्मावलम्विहरु संयुक्त रुपमा अघि बढ्नु पर्छ भन्ने मान्यताका आधारमा प्रवासी मगर संघ शाखा कतारलाई पनि सहभागी बनाउने प्रयास भईरहेको कुरा समितिका संयोजक श्री गुरुङ्ग बताउनु हुन्छ ।
प्रेषकः बिल बहादुर गुरुङ्ग |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |