nepalqatar.com

Home  |  About Us  |  Sent Us News Advertise with Us  Contact Info  |  Feed Back   

Gateway to Nepalese Diaspora in Qatar

This website usage Nepali Unicode Font Mangal, to download click here

Refresh your browser for the latest updates

Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts   

News updated on: 14 April 2007

HOME -> NEWS -> NEWS FROM QATAR


दुर्घटनामा परेका नेपालीलाई २ करोडको क्षतिपुर्ति

नेक सम्वाददाता - 14/04/2007

सडक दुर्घटनामा परी गम्भिर घाईते भएका धनुषा जिल्ला कजरा जमोल वार्ड नम्बर १० का रामचन्द्र यादवलाई यहाँको एक अदालतले १० लाख २० हजार कतारी रियाल (करीव २ करोड नेपाली रुपैयाँ) क्षतिपुर्ति दिने आदेश दिएको छ ।

 

गत फेब्रुअरी २६ २००६ मा पिकअप भ्यानबाट खस्न गई गम्भिर घाईते भएका यादव तिन महिना सम्म वेहोस अवस्थामा दोहा स्थित हमद अस्पतालको आईसियूमा उपचार गराए पछि हाल दोहाकै रुमैला अस्पतालमा उपचार गराईरहेका छन् । घाईते यादव अहिले पनि चलहल गर्न नसक्ने तथा ट्युवबाट खाना खुवाउनु पर्ने अवस्थामा छन् जुन अवस्था उनको जिन्दगीभर रहने अस्पताल सुत्रले वताएका छन् । निजको उपचारमा संलग्न डाक्टरले यादव ६८० प्रतिशत अपाङ्ग भएको र नीजको स्वास्थ्य स्थिति सामान्य हुने सम्भावना नरहेको वयानको आधारमा अदालतले दुर्घटनामा संलग्न गाडीको ईन्स्योरेन्स कम्पनीलाई क्षतिपुर्ति तिर्न आदेश दिएको हो ।

 

दुर्घटनामा परी घाईते हुने नेपालीलाई यहाँको अदालतले दिएको यो सबैभन्दा ठूलो क्षतिपूर्ति हो ।

 

यसैगरी सडक दुर्घटनामा परी गत १ वर्षदेखि हमद अस्पतालमा उपचार गराईरहेका दशरथपुर ५ सुर्खेतका बल वहादुर पुनलाई ४ लाख ८० हजार (करीब ९५ लाख नेपाली रुपैयाँ) क्षतिपुर्ति दिन यहाँको अदालतले आदेश दिएको छ । निज पुनको एक वर्ष अगाडी सडक दुर्घटना हुँदा पुर्ण रुपमा आपाङ्ग भएको तथा जिन्दगिभर उपचार गराउनु पर्ने भएकोले अदालतले सो क्षतिपूर्तिको आदेश दिएको हो ।

 

यसै बिच दोहा स्थित नेपाली दूतावासले क्षतिपुर्ति पाउने दुबैजनाको परीवारबाट अख्तियारीनामा झिकाउन पहल गरीसकेको जनाएको छ । दूतावासको नाममा अख्तियारी आएपछि दूतावासले नीजहरुले पाउनुपर्ने क्षतिपूर्तिको रकम बुझि सम्बन्धीत परिवारलाई पठाउने व्यवस्था मिलाउने छ ।

 

 

news from nepal   nepalnews   information from nepal   nepal    nepali   nepallinks   news nepal  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Nedstat Basic - Free web site statistics Personal homepage website counter

©nepalqatar.com