|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 19 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
दोहामा नयाँ नेपाल मासिक प्रकाशित |
|||
| नेक सम्वाददाता - 19/04/2007 | |||
कतारको दोहामा नयाँ नेपाल प्रकाशन समुहले नयाँ नेपाल मासिक को प्रकाशन थालनी गरेको छ । नयाँ वर्ष २०६४ को पुर्वसन्ध्यामा प्रवासीको चाहना नयाँ नेपाल निर्माणको कामना भन्दै विमोचन गरिएको नयाँ नेपाल अहिले वजारमा पाउन थालिएको छ ।
प्रवासीका समस्याहरुलाई विषेश प्राथमिकता दिएर प्रकाशन थालनी गरिएको उक्त मासिक पत्रिका म्यागाजिनको रुपमा रहेको छ । फेमीली साँगितिक समुह तथा संघर्ष व्याण्डद्धारा नया वर्षको अवसरमा आयोजित साँगितिक तथा शुभकामना कार्यक्रमका विच विमोचन गरिएको उक्त म्यागाजिनको विमोचन नेपाली दुतावासका कार्यवाहक राजदुत रामकाजी खड्का, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती मध्यपुर्वका उपाध्यक्ष सागर नेपाल, दोहा च्याप्टरका अध्यक्ष कमलमणि गुरागाँइ, दोहा च्याप्टरका प्रमखु सल्लाहकार वद्रि प्रसाद पाण्डे तथा नेपाल कतार पत्रकार संघका अध्यक्ष रवि भट्ट द्धारा संयुक्त रुपमा गरिएको थियो ।
सरकारी कार्यलयहरु समक्ष जनताको पहुँच पुर्याउने हेतुले जनताका प्रश्न लाई सरकारी निकायका जिम्मेवार व्यक्तिहरु वाट जवाफ दिलाउने उद्धेश्यले प्रश्नोत्तर स्तम्भ पनि राखिएको जनाईएको छ । प्रवासी नेपालीहरुलाई चेतना वाड्ने उद्धेश्य पत्रिकाको रहेको र हजारौंको संख्यामा नेपालीले दुख पाईरहेको अवस्थामा के कारणले दुख पाईरहेका छन् भन्ने कुराहरुलाई विम्वित गरेर आउने पिडिहरुले दुख नपाउन भन्ने हेतुले समाचार सामाग्रिहरु सम्प्रेषण गर्ने कुरा प्रधान सम्पादक राई रमेश गाँउले ले वताउनु भएको छ । त्यस्तै प्रवासमा रहेर श्रृजना गर्न चाहनेहरुका लागि साहित्यिक तथा मनोरंजनका स्तम्भहरु पनि राखिएका छन् । प्रवासीहरुलाई नै विशेष मध्य नजर गरेर प्रकाशन गरिने पत्रिका भएकाले केहि पछि मध्यपुर्वका अन्यदेशहरु यु.ए.इ. साउदि अरव, वहराईन लगायतका देशहरुमा पनि वितरण गरिने जनाईएको छ ।
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका उपाध्यक्ष सागर नेपालले विमोचन पश्चात वोल्दै नयाँ नेपालले प्रवासी का समस्याहरुलाई सम्वोधन गर्न सकोस् साथै भविष्यमा निरन्तर प्रकाशन भईरहोस् भन्ने कामना व्यक्त गर्नु भएको थियो । गैर आवासिय नेपालीहरुले देशका लागि पुर्याईरहेको सहयोगलाई पनि पत्रिकाका माध्यमवाट छर्लङ्ग पार्न सकिने कुरा नेपालले वाराम्वार गर्दै आउनु भएको छ ।
नेपाल कतार पत्रकार संघले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरेका छ भने अन्य संघ संस्थाहरुले पनि पत्रिकाका सम्वन्धमा सकारात्मक प्रतिकृया व्यक्त गरेका छन् । पत्रिकाको प्रधान सम्पादक राई रमेश गाँउले, सम्पादक कुमार कार्की, सह सम्पादक द्धय उत्तम श्रेष्ठ र सरोज वास्तोला हुनुहुन्छ भने वजार व्यवस्थापन अमृत थापाले गर्नु भएको छ । |
|||
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |