|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 22 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
ऐतिहासिक निर्णयहरु गर्दै अनेसास कतारको बैठक सम्पन्न |
| नेक सम्वाददाता - 22/04/2007 |
|
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ,कतार च्याप्टरको बैठक समाजको बार्षिक कार्यक्रम लगायत बिभिन्न ऐतिहासिक निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकमा समाजको अध्यक्ष दिपक भेटवालद्वारा पेश गरीएको बिभिन्न १० वटा प्रस्ताव माथि कार्य समितिको सम्पुर्ण सदस्यहरुले व्यापक छलफल गरी सर्बसम्मत ले पारीत गरेको छ ।
बैठकको प्रारम्भमा अध्यक्षद्वारा पेश गरीएको संसोधित बिधान सामान्य हेरफेर सहित पारीत गरीएको थियो भने बिधान बमोजीम गठन गर्नु पर्ने सल्लाहकार समिति तथा कार्यसमितिमा मनोनित गर्नु पर्ने सदस्यहरु मनोनित गरेको छ ।
बैठकले शिखर बैद्यको संयोजकत्वमा एनआरएनए कतार शाखाका अध्यक्ष कमलमणि गुरागाइ, नेपाल कतार पत्रकार संघका अध्यक्ष रवि भट्ट, एनआरएनए आइसिसि का उपाध्यक्ष सागर नेपाल तथा साहित्यकार बद्री प्रसाद पराजुली सम्मिलित एक सल्लाहकार समितिको मनोनयन गरेको छ । त्यसै गरी मनोनित कार्य समिति सदस्यहरुमा नवराज श्रेष्ठ, कुमार कार्की, रमेश ईखालु तथा श्रीराम श्रेष्ठ रहेका छन ।
समुहले आफनो बार्षिक कार्यक्रम अन्तरगत लक्ष्मी जयन्ति तथा मोति जयन्ति मनाउने, बार्षिक एउटा निबन्ध प्रतियोगिताको आयोजन गर्ने, अर्ध बार्षिक साहित्यिक बुलेटिन प्रकाशन गर्ने, कतारमा रहेर नेपाली भाषा साहित्यको सेवामा योगदान गर्ने साहित्यकारहरु मध्ये एक जनालाई बार्षिक रुपमा पुरस्कार तथा कदर पत्रले सम्मान गर्ने तथा कतारमा रहेका लेखकहरुले लेखेका साहित्यिक पुस्तकहरु मध्ये सर्वोकृष्ट पुस्तक समाजले प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
अर्धबार्षिक साहित्यिक बुलेटिन प्रकाशनको लागि समाजको उपाध्यक्ष रबि भट्ट रोषिको संयोजकत्वमा एक समिति गठन गरीएको छ भने कतारबाट लेखिएका पुस्तकहरुको पाण्डुलिपि अध्ययन गरी छनौट गर्नको लागी समाजका अर्का उपाध्यक्ष उत्तम सेनको संयोजकत्वमा अर्को समिति गठन गरीएको छ ।
ठिक पाँच बजे शुरु भई आठ बजे समाप्त भएको उक्त बैठक समाजका अध्यक्ष दिपक भेटवालको अध्यक्षतामा बसेको थियो भने बैठको अन्त्यमा सबै सहभागिहरुले आ-आफ्ना रचना वाचन गरी बैठकलाई रोचक बनाएका थिए । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |