|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 22 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
खोटाङ्ग जागृतिको सहयोग संकलन कार्य जारी |
| नेकका लागि राई रमेश गाउँले - 22/04/2007 |
|
खोटाङ्ग जागृति सेवा समाज शाखा कतारले आफ्नो संस्थाको लागी कानुनी सल्लाहकार सदस्यको मनोनयन गरेको छ । संस्थाको नियमित ३७ औं वैठकको निर्णय मुताविक वकिल श्री नरेन्द्र खनाललाई उक्त पदमा मनोनयन गरीएको कुरा संस्थाद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । श्री खनालसँग पाँच वर्षभन्दा वढि समय वकालत पेशामा काम गरेको अनुभव छ । हाल उहाँ कतारको एक स्थानिय कंपनिमा कार्यरत हुनुहुन्छ ।
त्यसैगरी संस्थाले गत महिना एक दुर्घटनामा परी मृत्यूवरण गर्नुहुने खोटाङ्ग जिल्ला मात्तिम विर्ता घर भएका श्री खड्ग व. खत्रिको परीवारको राहतको लागी पनि राहत संकलन कार्य तिब्र रुपमा अगाडी वढाईरहेको छ । हालसम्म विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरु सँग गरीएको रकम संकलन मात्र पनि करिव क.रि. तीनहजार संस्थामा जम्मा भईसकेको छ भने रकम संकलन कार्य अझ पनि जारी नै छ । यसैबिच कतारका सम्पूर्ण नेपाली संघ संस्थालाई सहयोगको लागी पत्राचार गर्ने काम सम्पन्न भईसकेको संस्थाका सचिव हरीकुमार वस्नेतले वताउनु भयो । साथै संस्थाले नयाँ वर्षको पावन अवसरमा संस्थाको सहयोगार्थ अप्रिल १३ मा खोलिने भनेको भाग्यशाली उपहार कार्यक्रम विभिन्न कारणवस उक्त समयमा संपन्न गर्न नसकेको तथा आगामी मे ११ को दिन सन्हैयाको न्यू माउन्टेन एभरेष्ट होटलमा खोलिने कुराको जानकारी पनि संस्थाको सचिव हरिकुमार वस्नेतले दिनुभयो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |