|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 25 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
कतार आएको १० दिनमै मृत्यू |
| नेकका लागि क्रान्ति सिंह - 25/04/2007 |
|
केही पैसा कमाएर घर परिवार जिउने अभिलाषाका साथ गत अप्रिल २, २००७ मा थ्री सी.आई सी. कम्पनीमा आउनु भएका आर्घाखाँची जिल्ला हंशपुर गा.वि.स. स्थाई निवासी (राहादानी नं. ३२९६५४५) दुर्गा बहादुर रोक्का मगरको गत अप्रिल १२ तारिखका दिन असमायिक निधन भएको छ । आफ्नै कम्पनीको कार्यक्षेत्र रयानमा क्रेनबाट सामान अफलोड गर्ने क्रममा दुर्घटनावश क्रेनबाट सामान तल खस्दा घटना स्थलमै निज रोक्काको मृत्यू भएको छ । वैदेशिक रोजगारीको शिलशीलामा जन्मभूमिका साथै आफ्नो सम्पूर्ण परिवारलाई छोडेर केही पैसा कमाई गरिवीबाट मुक्त हुने ठूलो आशा बोकेर आएका रोक्काको निधन प्रति अर्घाखाँची सेवा समाज दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजन प्रति हार्दिक सम्वेदना व्यक्त गर्दछ ।
मृतक रोक्का मगरको पारिवारिक स्थिती अत्यन्तै दयनिय हुनुका साथै उहाँको परिवार साहारा विहीन भएको जानकारी प्राप्त भएको हुनाले ती वेसाहारा परिवारहरु प्रति सहानुभुती प्रकट गर्दै कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई यस दुखद घटना प्रति सहानुभुती प्रकट गर्दै आ-आफ्नो ठाउँबाटा सक्दो आर्थिक सहयोग गर्न अनुरोध गर्दै अर्घाखाँची सेवा समाजले एक अपिल जारी गरेको छ । साथै सम्वन्धित व्यक्तिहरु सहयोगकोलागि आएमा यहाँहरुको दया र सहानुभुतीले सिङ्गो परिवार तथा मृतककी श्रीमती तथा साना दुइ नानीहरुको भविश्य उज्जवल रहन ठूलो भुमिका रहने पनि विज्ञप्तीमा भनिएको छ । सहयोगको अपिल विभिन्न आधिकारिक व्यक्ति, सम्वन्धित नेपाली व्यापारिक स्थान तथा संघ संस्थाहरुलाई पठाईसकिएको सो सेवा समाजका सचिव क्रान्ति सिंहले जानकारी गराउनु भयो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |