|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 25 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
के कतारका नेपालीलाई लोकतन्त्र लागेन ? |
| नेक सम्वाददाता - 25/04/2007 |
|
नेपाल सरकारले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने निर्णय गरेता पनि जानकारीको अभावमा कतारमा रहेका नेपालीहरुले लोकतन्त्र दिवस मनाउन पाएनन् ।
नेपालमा सरकारी स्तरबाट नै प्रधानमन्त्री सैनिक मन्चमा पुगेर मनाईको पहिलो लोकतन्त्र दिवस विश्वका विभिन्न मुलुकहरुमा रेहका नेपाली दूतावासहरुले पनि मनाएको समाचारहरु प्राप्त भईरहेको सिलसिलामा कतारमा किन लोकतन्त्र दिवस मनाईएन भन्ने जिज्ञासा राख्दा एनआरएन कतार शाखाका अध्यक्ष कमलमणि गुरागाईले "ला लोकतन्त्र दिवस भन्ने त यादै भएन त" भन्ने सरल जवाफ दिनुभयो ।
त्यस्त नेपाल कतार पत्रकार संघका अध्यक्ष रवि भट्टले मंगलबारको दिन सधै व्यस्त रहने साथै साथीहरुको पनि डिय्युटी रहेको अवस्थामा कार्यक्रम गर्न नसकिएको भन्नुभयो ।
यसै सिलसिलामा कतार स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्कालाई यो जिज्ञासा राख्दा नेपालबाट कुनै निर्देशन नआएको वताउनुभयो । लोकतन्त्र दिवस कहिले र कसरी मनाउने भन्ने बारेमा परराष्ट्रबाट कुनै जानकारी प्राप्त नभएको साथै कतारमा कार्यरत संघ संस्था तथा नागरीक समाजबाट पनि कुनै जानकारी नआएको बताउनु भयो । लोकतन्त्र दिवसको अवसरमा सार्वजनीक विदा समेत घोषणा भइसकेको अवस्थामा कतार स्थित नेपाली दूतावासले जानकारीको अभावमा सार्वजनीक विदा समेत मनाउन पाएन ।
स्मरणिय छ गत फाल्गुन ७ गते पनि परराष्ट्र मन्त्रालयबाट कुनै जानकारी नआएको भन्दै प्रजातन्त्र दिवसको अवसरमा दूतावासले कुनै कार्यक्रमको आयोजना गरेको थिएन । यस भन्दा अधि हरेक साल फाल्गुन ७ गते दूतावासले आफ्नो सभाकक्षमा प्रजातन्त्र दिवस मनाउने गर्दै आएको थियो । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |