|
nepalqatar.com |
Home | About Us | Sent Us News | Advertise with Us | Contact Info | Feed Back |
|
Gateway to Nepalese Diaspora in Qatar |
This website usage Nepali Unicode Font Mangal, to download click here |
|
Refresh your browser for the latest updates |
Some parts of this site requires Kantipur/Preeti Fonts. Download Fonts |
News updated on: 28 April 2007
HOME -> NEWS -> NEWS FROM QATAR
|
एक नेपालीको ब्रेन ह्युमरेजबाट निधन |
| नेक सम्वाददाता - 28/04/2007 |
|
कतारमा गत दुई वर्ष देखि कार्यरत गुल्मी वस्तु-८ घर भएका राम प्रसाद भण्डारी (पासपोर्ट नम्बर २४५७३४८) को गत मंगलबार अप्रिल २६ तारिखका दिन निधन भएको छ ।
दोहा स्थित नेपाली दूतावासले जनाए अनुसार स्टार प्लस क्लिनिङ्ग कम्पनीमा काम गर्न मे २७ २००५ मा कतार आएका भण्डारीले एक वर्षसम्म उक्त कम्पनीमा काम गरेको र त्यस उप्रान्त भागेर वाहिक काम गरिरहेको जनाएको छ । आफ्नै कोठामा रिङ्गटा लागि ढल्न पुगेका भण्डारीलाई साथीहरुको सहयोगमा अस्पताल पुर्याईएको थियो । निजको सोही दिन अस्पतालमा ब्रेक ह्युमरेजबाट मृत्यु भएको अस्पतालको रिपोर्टमा जनाईएको छ ।
निजको शवलाई नेपाल पठाउन आवश्यक प्रकृया थालिएको दूतावासले जनाएको छ ।
यसै बिच यस वर्षको अप्रिल २० तरिख सम्म कतारमा मृत्यु हुने नेपालीको संख्या ४२ पुगेको दूतावासले जनाएको छ । जेनेवरीमा १०, फेब्रुअरीमा ९, मार्चमा ११ तथा अप्रिल २० सम्म १२ जना नेपालीको मृत्यु भएको जानकारी दूतावासलाई प्राप्त भएको छ । मृत्युका कारणहरु मध्ये हृदयघातबाट २८, सडक दुर्घटनाबाट ६, कार्यस्थल दुर्घटनाबाट ५, आत्महत्याबाट २ तथा मेनिन्जाईटिसबाट १ जना रहेको दूतावासले जनाएको छ । |
|
news from nepal nepalnews information from nepal nepal nepali nepallinks news nepal |
|
|
|
|
|
|
|
|
©nepalqatar.com |